Posts

Showing posts with the label ओमान

नेपाल ओमानसँग ६ विकेटले पराजित

काठमाडौं,२७,माघ – विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य ओमानले ३५ दशमलव एक ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो। ओमानका लागि अक्युब इयासले ४६ रन जोड्दै जितको आधार खडा गरेका थिए। ५३ बलको सामना गरेका उनले ५ चौका प्रहार गरेका थिए। यस्तै बैभव वाटगयनकर ३७ तथा सुल्तान अहमद १६ रनमा नटआउट रहे। पहिलो खेलमा बिहीबार नामिबियासँग उत्कृष्ट प्रदर्शन गरेका नेपाली बलरहरुको प्रदर्शन शुक्रबार भने औषत रह्यो। बलिङ तर्फ सन्दीप लामिछानले २ विकेट लिए। १० ओभर बलिङ गरेका उनले २९ रन खर्चिएका थिए। यस्तै सोमपाल कामी र बसन्त रेग्मीले समान १–१ विकेट लिए।