Posts

Showing posts with the label प्रधानमन्त्री

प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता

काठमाडौँ, चैत ११ गते । नेकपा (माओवादी केन्द्र)ले एमालेसँग जारी पार्टी एकीकरण प्रक्रिया छिट्टै टुङ्गयाउन प्रस्ताव गरेको छ । माओवादीको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै पार्टी एकता टुङ्गयाउन प्रस्ताव गरेको माओवादी नेता विश्वनाथ साहले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले चैत २३ देखि भारत भ्रमण गर्ने तयारी गर्नुभएकाले त्यसअघि नै पार्टी एकता घोषणा गर्न प्रस्ताव गरेको नेता साहले बताउनुभयो। यस अघि नेकपा (एमाले) र माओवादी केन्द्रबीच वैशाख १० गते पार्टी एकीकरणको घोषणा गर्ने सहमति भएको थियो । यही सहमतिका आधारमा अहिले दुवै पार्टीले एकीकरणका लागि गृहकार्य अन्तिम चरणमा समेत पुऱ्याएका छन् । एकता प्रक्रियालाई अघि बढाउन गठन गरिएका दुई कार्यदलले आ–आफ्नो प्रतिवेदन तयार गरिरहेका छन् । दुवै कार्यदलले १० दिनभित्र प्रतिवेदन दिने बताइएको छ । प्रतिवेदन आएपछि त्यसलाई अन्तिम रूप दिएर पार्टी घोषणा हुने साहले बताउनुभयो । जिम्मेवारी हेरफेर माओवादी केन्द्रले पार्टीभित्र जिम्मेवारी पनि हेरफेर पनि गरेको छ । विभिन्न प्रदेशका इन्चार्ज रहनुभएका नेताहरू मन्त्री भएपछि उहाँको ठाउँमा अर्कालाई ...

महिलाले आरक्षण माग्ने होइन प्रतिस्पर्धा गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिस्पर्धामा विश्वास गर्न आग्रह गरेका छन्। महिला उद्यमी महासंघद्वारा विहीबार ललितपुरको सानेपामा आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आरक्षण होइन प्रतिस्पर्धा गर्न आह्वान गरेका हुन्। ‘आरक्षण केही समयलाई हो। पछिलाई काम लाग्दैन’, उनले भने। दशकअघि सुरु भएको ३३ प्रतिशत आरक्षणको उपलब्धी अहिले ४१ प्रतिशतमा पुगेको स्मरण गर्दै ओलीले थपे– ‘महिलाहरुले सुरुमा ३३ प्रतिशत आरक्षण माग्नु भएको थियो। स्थानी तहदेखि संघीय संसदसम्म हेर्ने हो भने अहिले महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको छ। यसलाई हामी छिट्टै ५० प्रतिशत पु-याउँदैछौं।’ महिलाहरुको आर्थिक सवलीकरण नभएसम्म प्रतिस्पर्धी क्षमता बिस्तारमा केही कठिनाइ हुने भएकोले त्यसतर्फ पनि ध्यान दिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए। ‘घरेलु उद्यममार्फत महिलालाई आर्थिक रुपमा सशक्त बनाउन सकिन्छ’, उनले भने– ‘महिला उद्यमीहरुले निर्यातजन्य वस्तुको उत्पादन गर्नसके आर्थिक स्तर उकासिन धेरै समय लाग्दैन।’ वर्तमान सरकारको गठन ए...

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, ४ बजे सपथ

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७३ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी छिन् । निर्वाचन आयोगले बुधबार साँझ राष्ट्रपति समक्ष निर्वाचनको परिणाम बुझाए पछि आज एमाले र माओवादी केन्द्रका शीर्ष नेताका साथ राष्ट्रपति कार्यालय पुगेका ओलीले भावी प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ ग्रहण बिहीबार दिउँसो ४ बजे हुने भएको छ। उनले ४१‌औं प्रधानमन्त्रीका रुपमा सपथ लिने छन् । यसअघि उनले ३८‍औं प्रधानमन्त्रीका रुपमा ९ महिना काम गरेका थिए ।

प्रधानमन्त्री देउवाद्वारा राजीनामा - के पी ओली प्रधानमन्त्री बन्ने निश्चीत

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । उनले सम्बोधनको क्रममा आफ्नो सरकारलाई सफल बनाउन सहयोग गर्ने सरकारी कर्मचारी, मन्त्रीहरु, आफ्ना पार्टीका नेता लगायत सबैलाई धन्यवाद दिएका छन् । करिव १५ मिनेट लामो सम्बोधनको क्रममा उनले आफ्नो सरकारले गरेका कामहरुबारे जानकारी गराएका थिए। उनले तीन तहको निर्वाचन गराउनु नै आफ्नो सरकारको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पुरा गर्न दिएको जिम्मेवारी आफूले सफलतापूर्वक पुरा गरेको बताए। उनले सरकारमा रहँदा विकासमा काम धिमे गतिमा भएको स्विकारेका छन्। उनले आफू प्रधानमन्त्री हुँदा निर्वाचन आचार संहिता लागू भएकोले द्रुत गतिमा विकास गर्न नसकेको बताए। उनले आफ्नो कार्याकलमा बुढी गण्डकी, माथिल्लो तामाकोशी, पोखरा विमानस्थल लगाएका राष्टंरिय गौरवका आयोजनाका काम अघि बढेको दाबी गरे। यसैगरी प्रधानमन्त्री देउवाले तीन तहको निर्वाचन सम्पन्न गराएर संघीय लोकतन्त्रलाई अझै मजबुत बनाएको ब...

ओलीद्वारा प्रधानमन्त्रीको लागि दाबी पेस

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् । माओवादी केन्द्रका शीर्ष नेतासमेतलाई लिएर राष्ट्रपति कार्यालय पुगेका ओलीले भावी प्रधानमन्त्रीमा दाबी पेस गरेका राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । संविधानको धारा ७६ बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। सम्भवत: राष्ट्रपतिले बिहीबार नै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ। दुई बाम गठबन्धन मिलेर चुनावमा गएका एमाले र माओवादी केन्द्रको प्रतिनिधिसभामा स्पष्ट बहुमत छ। एमाले र माओवादी केन्द्रले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने पत्र बुझाएपछि ओली दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुँदैछन्। प्रधानमन्त्रीमा दाबी पेस गर्न एमाले अध्यक्ष ओलीसहित वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, अग्नि खरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पक...

मजदूरको मासिक ज्याला रु १५ हजार तोक्न पहल गरिने - प्रधानमत्री शेरबहादुर देउवा

Image
प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला रु १५ हजार तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आज यहाँ ‘चौथो राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिले सरकारले तोकेको मजदूरको न्यूनतम ज्याला नौ हजार ७०० धेरै कम भएको टिप्पणी गर्दै भन्नुभयो, “मजदूरले पाउने मासिक रकमबाट कम्तीमा पनि उसको सानो परिवार पाल्नसक्ने हुनुपर्छ।” प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा जान चाहनेलाई स्वदेशमै राम्रो ज्याला दिएर काममा लगाउन सक्नुपर्ने पनि बताउनुभयो । उहाँले दलहरुले निर्वाचनअघि मजदूरका सम्बन्धमा घोषणपत्रमा उल्लेख गरेका विषय कार्यान्वयनमा ल्याउने बेला आएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्रीले तीन तहकै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर सरकारले संक्रमणकालको अन्त्य गरेको बताउँदै अब रोजगारीका अवसर सिर्जनालाई प्राथमिकतामा राखिने बताउनुभयो । कार्यक्रममा बिभिन्न मजदूर संगठनका नेताले श्रम आयोगको गठन हुनुपर्ने, न्यूनतम ज्याला बढाइनुपर्ने लगायत माग अझै पूरा नभएकाले दबाबमूलक कार्यक्रम अगाडि बढाइने बताएका थिए...

प्रधानमन्त्री देउवाद्वारा मतदान

Image
असार १४, २०७४- प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले  स्थानीय तह दोस्रो चरणको निर्वाचनमा बिहान करिव साढे ८ बजे  मतदान गरेका छन् । उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ को असिग्राम मावि रुवाखोलास्थित मतदान केन्द्रमा मतदान गरेका छन् । उनका साथमा डा आरुजु देउवा राणाले पनि मतदान गरेकी छिन् । प्रधानमन्त्री देउवा र पत्नी डा. आरुजु देउवा राणा चारदिन अघि नै आफ्नो गृह जिल्लामा आइसकेका थिए । देउवा दम्पती डडेल्धुरा सदरमुकामस्थित स्याउवारी भ्यु टावरमा बसेका थिए ।  प्रधानमन्त्री देउवा मतदान गरि धनगढी फर्कने कार्यक्रम छ । मुख्य निर्वाचन अधिकृत देव कुमार गिरीले जिल्लाका ७७ मतदान केन्द्रमा बिहान ७ बजे देखी डडेल्धुरा जिल्लामा शान्तिपुर्ण ढंगबाट मतदान भइरहेको  जनाएका छन् ।  मतदानका लागि मतदाताहरु उत्साही छन् । मतदाताहरु मतदान गर्न मतदानस्थलमा बिहान ६ बजे नै आइपुगेका थिए । टाढाबाट पैदल हिँडेर आउने मतदाताहरु घरबाट ४ बजे नै निस्केको बताउँछन् । डडेल्धुरा जिल्लामा अमरगढी र परशुराम दुई नगरपालिका छन् भने पाँच गाउँपालिकाहरु रहेका छन् ।