Posts

Showing posts from December, 2017

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप

Image
मनकामना, गोरखा, १६ पुस । चार सय वर्ष पुरानो मन्दिरलाई जगैदेखि भत्काएर पुनःनिर्माण भइरहेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको छानामा १८ किलो ग्राम सुनको जलप लगाउने काम शुरु भएको छ । मन्दिरको छानामा रहने तामाको पातामा सुनको जलप लगाउने कार्य शुरु गरिएको बताउँदै मनकामना मन्दिर जीर्णोद्धार समितिका सचिव प्रेमकुमार श्रेष्ठले पुरातत्व विभागको मापदण्डअनुसार नै धेरै वर्षसम्म टिक्ने गरी जलप लगाउने कार्य आरम्भ गरिएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “एक तोला सुनले तीन स्वायर तामाको पातामा जलप लगाउनुपर्छ भन्ने पुरातत्व विभागको मापदण्डअनुसार नै जलप लगाएका छौँ ।” पाटनदेखि आएका १२ जना कालीगढ तामाको पातामा सुनको जलप लगाउन व्यस्त छन् । समितिले साढे सात किलोग्राम सुन खरिद गरिसकेको छ । जलप दीर्घकालीन रुपमा टिकाइराख्ने हो भने कम्तीमा १८ किलोग्राम सुन आवश्यक पर्ने समितिको अनुमान छ । तामाको पातामा लगाएको सुनको जलप कम्तीमा एक सय वर्ष पहेँलो रहन्छ । पानीले नबिगार्ने उक्त जलप परेवाको विष्टीले भने बिगार्ने बताइन्छ । श्रेष्ठले भन्नुभयो, “अहिलेसम्म १३ वटा तामाको पातामा सुनको जलप लगाइसकेका छौँ । सुन तथा ज

Politics Joins Rajinikanth Officially - Name of Rajinikanth Political Party

Rajinikanth has finally announced his entry into politics, ending the months-long suspense which had kept his fans, observers, politicians and fellow film stars on tenterhooks for months. Speaking to his hundreds of fans who trooped into the Raghavendra marriage hall in Chennai, Rajinikanth stopped short of announcing a political party, saying only that he would float one at the “appropriate time”. That didn’t stop one fan from coming armed with a ‘party flag’ — a tricolour of red, white and blue with a sketch of Rajinikanth. First among those to congratulate Rajinikanth was his cinema, and perhaps, political rival Kamal Haasan. The BJP, too, welcomed him, saying it shares his ideal of honesty in politics. The AIADMK was more cautious, welcoming the actor in politics, but seeking to know his “blueprint” of politics. BJP leader Subramanian Swamy was quick to dismiss the hype around Rajinikanth’s political plunge, predicting he would ‘flop’. With the announcement, the Thalaivar of Tamil

फेसबुकमा माया बसेर होटलमा भेट्न जादा महिला आफ्नै श्रीमती परेपछि

Image
काठमाडौँ । फेसबुकले कसैको घरबार बसाउछ त कसैको घरबार उजाड्छ । यस्ता घटनाहरु त हामीले धेरै नै सुनेका छै तर फेसबुकबाटै एउटा यस्तो घटना भएको छ । यो घटना कुवेतमा भएको हो । कुबेतमा फेसबुकका कारण यस्तो एउटा रोचक घटना भएको छ, जसले पारिवारिक जीवन नै संकटमा पुगेको छ । कुवेत निवासी एक व्यक्तिलाई युवतीको फ्रेण्ड रिक्वेस्ट आयो । उनले हत्त न पत्त स्वीकार पनि गरे । दुवैबीच लामो प्रेम वार्तालाप भयो। कुरा हुँदाहुँदा होटलमा भेट्ने तहसम्ममा कुरा पुग्यो । पूर्वनिर्धारित योजना अनुसार, दुवै जना खुसीसाथ होटलमा भेट्न पुगे । भेटका लागि युवक बढी नै खुसी देखिन्थे । त्यसैले उ निकै जोशका साथ होटल पुग्यो । तर, उसको जोश र होस त्यतिबेला उड्यो जतिबेला उनकी फेसबुक गर्लफ्रेण्ड अरु कोही नभएर आफ्नी श्रीमती निस्किइन्। श्रीमान कुनै फेसबुक फ्रेण्डसँग डेटिङ गर्न चाहेको आशंका श्रीमतीले नै यो बहाना रचेकी थिइन् । त्यसैले उनले फेसबुकमा नक्कली नाममा खाता खोलिन् र आफ्नै श्रीमानलाई इन्भाइट गरिन् । जुन श्रीमानले पनि तत्काल स्वीकार गरे । तर, होटलमा आफ्नै श्रीमतीलाई देखेर युवक असिनापसिना भए । दुवैबीच झगडा हुन थाल्यो। घटना प्रहरीसम्म पु

नयाँ सरकार गठनमा ढिलाइ गर्नुहुन्न : माओवादी नेता सापकोटा

Image
भक्तपुर, पुस १६ – माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै तत्काल राजीनामा दिनुपर्नेमा जोड दिनुभएको छ । रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले जनताले वाम गठबन्धनलाई नयाँ सरकार गठनका लागि जनादेश दिइसकेकाले अब यसमा ढिलाइ गर्न नहुने बताउनुभएको हो । नेता सापकोटाले भन्नुभयो, ‘अब बल प्रधानमन्त्री देउवाको कोर्टमा पुगेको छ, त्यसैले पनि विभिन्न बहानामा नयाँ सरकार गठन गर्न ढिलाइ भए, जनताको इच्छा र आकांक्षामा मात्र नभई लोकतान्त्रिक पद्धतिमै प्रश्न चिह्न उठ्छ ।’ [caption id="attachment_1216" align="aligncenter" width="800"] Agni Prasad Sapkota speaking during the 4th Woodcraft Festival held on the occasion of the World Wood Day, in the premises of the National Academy Hall, Kamaladi, on Monday, March 21, 2016. Photo: RSS[/caption] संविधानको धारा ७६ को उपधारा ८ मा स्पष्ट रुपमा नयाँ सरकार गठन गर्न प्रतिनिधिसभाले सक्ने व्यवस्था भएको तर्क गदै

मजदूरको मासिक ज्याला रु १५ हजार तोक्न पहल गरिने - प्रधानमत्री शेरबहादुर देउवा

Image
प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला रु १५ हजार तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आज यहाँ ‘चौथो राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिले सरकारले तोकेको मजदूरको न्यूनतम ज्याला नौ हजार ७०० धेरै कम भएको टिप्पणी गर्दै भन्नुभयो, “मजदूरले पाउने मासिक रकमबाट कम्तीमा पनि उसको सानो परिवार पाल्नसक्ने हुनुपर्छ।” प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा जान चाहनेलाई स्वदेशमै राम्रो ज्याला दिएर काममा लगाउन सक्नुपर्ने पनि बताउनुभयो । उहाँले दलहरुले निर्वाचनअघि मजदूरका सम्बन्धमा घोषणपत्रमा उल्लेख गरेका विषय कार्यान्वयनमा ल्याउने बेला आएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्रीले तीन तहकै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर सरकारले संक्रमणकालको अन्त्य गरेको बताउँदै अब रोजगारीका अवसर सिर्जनालाई प्राथमिकतामा राखिने बताउनुभयो । कार्यक्रममा बिभिन्न मजदूर संगठनका नेताले श्रम आयोगको गठन हुनुपर्ने, न्यूनतम ज्याला बढाइनुपर्ने लगायत माग अझै पूरा नभएकाले दबाबमूलक कार्यक्रम अगाडि बढाइने बताएका थिए

Watch Out, North Korea Wants Your Bitcoin

Bitcoin experts beware. North Korea hackers are probably trying to fool you into installing malware. A new phishing email campaign that targets the cryptocurrency industry has been linked to a shadowy hacking collecting believed to work for North Korea. The warning comes from security firm Secureworks. The English-written email pretends to offer a job opening for a CFO position at a London-based Bitcoin company. But a Microsoft Word attachment in the email can secretly install malicious code onto your computer. The warning comes from security firm Secureworks. The English-written email pretends to offer a job opening for a CFO position at a London-based Bitcoin company. But a Microsoft Word attachment in the email can secretly install malicious code onto your computer. Once opened, the Word doc will prompt the victim to accept the "Enable Editing," and "Enable Content" functions in Microsoft Word. Doing so activates a software macro that'll install a Remote Acc

1 मिनट को लागि 1 करोड़ प्रियंका चोपड़ा

बलीवुड बाट हलीवुड सम्म  यात्रा गरेर पुरा दुनिया मा पपुलर भएकी प्रियंका चोपड़ा आजकल साह्रै  चर्चा  मा छिन. यस पटक उनि आफ्नो फिस लाई लिएर धेरै चर्चा मा छिन. मीडिया मा आएको खबर अनुसार सिने अवार्ड मा प्रियंका भाग लिन  इंडिया आई रहेकी छिन. यस अवार्ड को लागि फीस एती धेरै छ कि यसलाई सुनेर जो पनि छक्क परेका छन्. उनले  एक मिनट को  लागि  1 करोड़ भारतीय रुपैया मागेकी छिन. अवार्ड शो मा 5 मिनट को  परफर्मेंस को  लागि 4 देखि  5 करोड़ भारतीय रुपिया फीस लिने छिन. खबर अनुसार जी सिने अवार्ड मा भ्हाग लिन उनि डीसंबर मा इंडिया आउने छिन, एसको टीवी प्रसारण नया साल मा देखिने छ. प्रियंका आजकल  हलीवुड फिल्म की शूटिंग मा बिजी छिन. उनकी अब आउने  हलीवुड फिल्म हरु  'Isn't It Romantic' र 'A Kid Like Jake' हुन्.

झापामा ५४२ फिट अग्लो बुद्ध मूर्ति बन्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रमा पर्ने झापाको दमक नगरपालिकामा बन्ने भनिएको ५ सय ४२ फिट अग्लो बुद्धको मूर्ति निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको दमक नगरपालिका कार्यालयले जनाएको छ । त्यस्तै चिनियाँ सरकारको लगानीमा बन्ने भनिएको औद्योगिक पार्क निर्माण परियोजनाको डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन गर्ने तयारी भइरहेको कार्यालयका कार्यकारी अधिकृतले बताए। ती परियोजनाहरुका लागि जग्गा अधिग्रहण गर्ने काम पनि नसकिएको हुनाले शंका गर्ने ठाउँ प्रशस्त रहेको विपक्षी दलका नेताहरुले प्रतिक्रिया दिएका छन्। दमक नगरपालिका कार्यालयका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको विगतको सरकारले दमकमा औद्योगिक पार्क र बुद्धको मूर्ति बनाउने निर्णय गरे बमोजिम विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको हो।   नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले भने, 'नेपाल सरकार, पर्यटन बोर्ड र दमक नगरपालिकाको संयुक्त लगानीमा डीपीआरको काम सम्पन्न भइसकेको छ। जग्गा व्यवस्थापन भइसकेपछि दातृ निकायको सहयोगमा उक्त परियोजनाको निर्माण कार्य अगाडि बढाउँछौं।' १५ अर्ब ७५ करोड रुप

बालबालिकासम्बन्धी तेस्रो इच्छाधीन आलेख अनुमोदन गर्न माग

६ डिसेम्बर २०१७।  रासस। सरकारले बालअधिकार महासन्धिको सञ्चार प्रक्रियासम्बन्धी तेस्रो इच्छाधीन आलेखलाई अनुमोदन नगर्दा पीडित बालबालिकाका निम्ति अन्तर्राष्ट्रियस्तरमा न्याय पाउने अन्तिम ढोका खुल्न नसकेको अधिकारकर्मी तथा अभियन्ताहरुले औँल्याएका छन् । चाइल्ड नेपाल र आजको शिक्षा साप्ताहिकले आयोजना गरेको ‘आमसञ्चारसँग नीतिगत संवाद’ कार्यक्रममा वक्ताले उक्त आलेख अनुमोदन नहुँदा बालअधिकार उल्लंघन भएको अवस्थामा देशको कानूनी प्रक्रियाबाट न्याय नपाएमा संयुक्त राष्ट्रसंघीय बालअधिकार समितिसमक्ष उजुरी गर्न नसकिएको बताउनुभयो । बालअधिकार विज्ञ एवं सेभ द चिल्ड्रेनका कार्यक्रम निर्देशक डिल्ली गुरागाईँले न्यायका लागि जेनेभा जाने बाटो बन्द मात्र नभई मुलुकको बालअधिकार सुदृढ बनाउने अवसरसमेत गुमेको बताउनुभयो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापाले राज्यले तेस्रो इच्छाधीन आलेख अनुमोदन नगर्दा एकातिर बालबालिकाको अन्तर्राष्ट्रिय न्यायको बाटो बन्द भएको र अर्कोतिर राज्य बालअधिकारको पक्षमा अनुदार रहेको देखिनगएको औँल्याउनुभयो । यो आलेख सन् २०११ मा बनेपनि १० देशले अनुमोदन गरी २०१४ अप्रिल १४ द

आयुर्वेद विकासमा भारत सरकार सहयोग गर्न सकारात्मक

नयाँदिल्ली। रासस। - ०६ दिसम्बर २०१७ भारतले नेपालको आयुर्वेद विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपालका आयुर्वेद चिकित्सकसँग आज यहाँ भेट गर्दै भारतका आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी काम गर्ने आयुस मन्त्रालयका मन्त्री श्रीपद नाइकेले नेपालमा आयुर्वेद प्रदर्शनी, चिकित्सा शिक्षा र सेवालगायतका विकासमा काम गर्न सधैँ तयार रहेको बताए । भारतमा गत १८ गतेदेखि शुरू भएको आरोग्य अन्तर्र्राष्ट्रिय सम्मेलन २०१७ मा नेपालबाट आउनुभएका सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा वंशदीप शर्माखरेल, आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवाली, सहकारी आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा शंकर गौतम, आयुर्वेद विद्यार्थी समाजका अध्यक्ष डा सुमन खनालको टोलीले मन्त्री नाइकेसँग भारतमा आयुर्वेदको उच्च शिक्षाको कोटा बढाउन आग्रह गरेका थिए । अहिले भारतमा नेपाली विद्यार्थीका लागि १८ सिट मात्र छुट्याइएको छ । आयुर्वेद प्रतिष्ठान, पञ्चकर्म तथा योग केन्द्रको विकास, स्तरोन्नतिका लागि पहल गर्न पनि टोलीले आग्रह गरेको थियो । मन्त्री नाइकेले द्विपक्षीय सहयोगका लागि सदैव सकारात्मक रहेको तथा नेपालबाट औपचारिक प्रस्

देउडिया एण्ड्रोइड एप - देउडाप्रेमीका लागी खुशीको खबर : पहिलो मोबाइल एप

सुदूर तथा मध्यपश्चिमका देउडा प्रेमीहरुको लागि देउडिया एप गुगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ । काठमाडौँमा स्थित अनुभबी टेक्नोलोजिज ले सुदूर तथा मध्यपश्चिमकाहरुको लागि देउडा एप गुगल प्ले स्टोर मा सार्वजनिक गरेको छ । सामाजिक संजाल जस्तै सुबिधा रहेको यस देउडिया  एप्लिकेसनमा फेसबुक द्वारा लागिन गर्न मिल्ने र आफुले मन परेको देउडा प्रेसक गर्न मिल्ने व्यवस्था छ। देउडिया एप्लिकेसन डाउनलोड गर्नुहोस देउडा एप मा प्रयोगकर्ता हरु ले देउडा पढ्न सक्नु हुन्छ र आफुलाई मन परेको देउडा लाइक गर्न पनि सक्नु सक्नुहुने अनुभवीका सिइओ भक्तराज भट्टले बताउनु भयो। उक्त देउडा एपमा प्रयोगकर्ता हरुले आफ्नो देउडा पोस्ट पनि गर्न सक्नेछन् र सो सुबिधा को लागि सर्वप्रथम प्रयोगकर्ताले लग इन गर्नु पर्ने हुन्छ । फेसबुकको माध्यम बाट यो एप मा सजिलै लग इन गर्ने सुबिधा रहेको छ । आफुलाई मनपर्ने प्रकारको देउडा गित प्रयोगकर्ताले सजिलै संग पढ्न सक्नु हुनेछ । एप मा ठाडी भाका, रतेरी, हुद्केउलि र धमारी प्रकार समाबेस गरिएका छन् । देउडा गीत नेपालको सुदुरपस्चिमका सम्पूर्ण जिल्ला हरुमा र मध्यपश्चिमका दैलेख, कालिकोट र जुम्ला जिल्लामा एकदम

ताप्लेजुंगमा तीन घरमा आगलागी, ३५ लाखको क्षति

Image
ताप्लेजुङ, मंसिर २०, रासस ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।विद्युत् प्रवाह भई मंगलबार आगलागी हुँदा वडा नम्बर ३ हाम्पाङका देउमान यक्सो, विकल्प यक्सो र छत्रबहादुर यक्सोको घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दिउँसो साढे ३ बजे देउमानको घरमा विद्युत् प्रवाह भई आगलागी सुरु भएको र नजिकै रहेका अन्य घरमा समेत आगलागी भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो । आगलागीले घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपात, गरगहना लगायतका सामान जलेर नष्ट भएको छ । तीनवटै घर र घरभित्र रहेका सामान जल्दा ३५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीको समयमा घरका परिवार घर बाहिर काममा रहेकाले समयमा आगलागीको जानकारी नहुँदा समयमै नियन्त्रण हुन नसकेको स्थानीय बासिन्दाले बताएका छन् । आगलागीका कारण घर गुमाएका तीनवटै परिवार अहिले आफन्तको शरण लिएर बसेको बताइएको छ । विस्थापित परिवारलाई बुधबार नेपाल रेडक्रस सोसाइटी हाम्पाङ उपशाखाले राहतस्वरुप दाल, चामल, पाल लगायतक

गगन थापा माथि आक्रमण गरेको आशंकामा ४० जना पक्राउ

मंसिर १८, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभामा काठमाडौ क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेद्वार गगन थापा माथि बम आक्रमण गरेको आशंकामा प्रहरीले उपत्यका विभिन्न स्थानबाट ४० जनालाई  गिरफ्तार गरेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी रविन्द्रबहादुर धानुकले बुढानीलकण्ठ, कालिमाटी र बालाजु क्षेत्रबाट उनीहरुलाइ पक्राउ गरिएको जानकारी दिए । एसएसपी धानुकले अहिले काठमाडौं उपत्यकाको चारैतिर प्रहरीले चेकिड। थालेको बताउदै तीन वटै जिल्लाका मतदानस्थलमा म्यादी, जनपद्, शसस्त्र र बाहिरी घेरामा सेनाको सुरक्षा दिइएको बताए । उनले साँझ सशस्त्र प्रहरी र नेपाली सेनाको गस्ती पनि बढाइएको र शान्ति सुरक्षाको अवस्थामा कुनै कमजोरी हुन नदिइएको पनि बताए । उहाँले सुरक्षाको अवस्था बुझ्न तपाईँ आफै साँझ बाहिर निस्केर हेर्दा थाहा भैहाल्ने बताउनुभयो । चुनावी प्रचार अभियानमा रहेका थापालाइ लक्षित गरी सोमवार अपरान्ह बुढानिलकण्ठ नगरपालिका २ चपलीको महादेव कोलोनीमा बम आक्रमण भएको थियो । सो आक्रमणमा थापा सहित उनका ११ जना सहयोगी घाइते भएका छन् । घाइतेमध्ये दुइजनाको अवस्था गंभिर छ । टाउकोमा चोट लागेका थापा

गगन थापा माथि बम प्रहार

मंसिर १८ - झलारीखबर, काठमाडौंमा  पूर्वस्वास्थ्यमन्त्री गगन थापा लाई लक्षित गरेर बम विस्फोट गरिएको  छ । विस्फोटमा काठमाडौं ४ का उम्मेदवार गगन थापासहित ११ जना घाइते भएका छन् । उनीहरु मध्ये चारको अवस्था गम्भीर छ ।सबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घरदैलो अभियानका क्रममा सडकमा हिडिँरहँदा विस्फोट भएको थापाले बताएका छन् ।गगन थापाले भने, “घरदैलो निर्धारित समयभन्दा ढिला सुरु भएकाले जुलुसलाई अगाडि तान्नु पर्‍यो भनेर म र एक जना साथी अगाडि बढेका थियौं, त्यसैले म बचेँ “। विस्फोट आफूलाई लक्षित गरेर नै भएको हुनसक्ने उनले बताए ।