Posts

Showing posts with the label झोलुङ्गे

झोलुङ्गे नहुँदा महाकालीमा जोखिमपूर्ण यात्रा

बैतडी । बैतडीका २ गाउँपालिकाका स्थानीय वासिन्दा वर्षात्को समयमा ज्यानको बाजी लगाएर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पञ्चेश्वर र शिवनाथ गाउँपालिका वासिन्दा डुंगामा महाकाली नदी वारपार गर्ने गर्छन् । जिल्ला सदरमुकामबाट २ दिनको पैदल यात्रा र १ दिनको गाडीको यात्रा गरेर पुग्न सकिने २ गाउँपालिकाका सीमा नाका भारतसँग जोडिएका छन् । नेपालबाट सामान किन्दा महंगो र भाडा पनि बढी हुने भएकाले स्थानीयहरू दैनिक उपभोग्य सरसामान किन्न र औषधी उपचारको लागि पनि भारत नै जाने गर्छन् । सीमामा महाकाली नदीमा झोलुङ्गे पुल नहुँदा डुंगाको माध्यमबाट वारपार गर्नुपरेको पञ्चेश्वर गाउँपालिकाका स्थानीय शुक्रराम सार्कीले बताए । ‘सदरमुकाम टाढा भएको र वर्षात्ले गाडी पनि नचल्ने भएकाले ज्यानको वाजी लगायर डुंगामा नदी वारपार गर्नुपर्छ,’ स्थानीय शुक्रराम सार्कीले भने, ‘जिल्ला समन्वय समिति (जिसस)ले राजश्व संकलनका लागि वर्षेनि टेन्डर आव्हान गरेर डुंगा सञ्चालन गर्ने गरेको छ ।’ हिउँदमा नदीमा पानीको बहाव कम हुने हुँदा ढुंगा सञ्चालन गर्न सजिलो र वर्षात्मा नदीमा पानीको बहाव बढेपछि समस्या हुने गरेको डिम्बरघाट सञ्चालक रामसिंह मंगोला...