Posts

Showing posts with the label नेपाल टेलिकम

अप्टीकल फाईवर काटिएर अवरुद्ध प्रदेश ७ मा टेलिकमको सेवा साझँदेखी सुचारु

धनगढी चैत ०६, अप्टीकल फाईवरको लाईन काटिएपछि प्रदेश नम्बर ७ मा नेपाल टेलिकमका सबै सेवाहरु प्रभावित भएका छन्। कैलालीको अत्तरिया लम्की खण्डमा अप्टीकल फाईवर चुँडिएपछी टेलीकमको मोवाईल सेवा, ल्याण्ड लाईन तथा एडिएसएल लगायतका सेवाहरु प्रभावीत भएको नेपाल टेलीकमले जनाएको छ। टेलिकमका सबै सेवाहरु अवरुद्ध बने पछि मंगलवार बिहानैदेखी प्रयोगकर्ताहरु समस्यामा परेका छन्। चुँडिएको फाईबर मर्मतका लागी प्राबिधिकहरु खटाईएकोले साँझसम्म सेवा सुचारु हुने नेपाल टेलिकम धनगढीले जनाएको छ। अप्टीकल फाईवरको लाईन काटिएपछि अवरुद्ध भएको प्रदेश नम्बर ७ मा नेपाल टेलिकमका सेवाहरु साझदेखी सुचारु भएका छन् ।कैलालीको अत्तरिया लम्की खण्डमा अप्टीकल फाईवर चुँडिएपछी दिनभर टेलीकमको मोवाईल सेवा, ल्याण्ड लाईन तथा एडिएसएल लगायतका सेवाहरु प्रभावीत भएका थिए ।साझ साढे ५ बजेदेखी भने सेवा सुचारु भएको छ ।

नेपाल टेलिकमको एसएमएस सेवा निशुल्क

Image
काठमाडौं : नेपाल टेलिकमले देशभरका बाढी–पहिरोको उद्धारमा सूचना आदानप्रदानमा सहजता सिर्जना गर्न आइतबारदेखि लागु हुने गरी एसएमएस सेवा निशुल्क गरेको छ । सञ्चार मन्त्री मोहनबहादुर बस्नेले मन्त्रालयले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गरेको जानकारी दिए । टेलिकमले देशैभरका नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताका निम्ति एसएमएस सेवा निशुल्क गर्ने निर्णय आजै कार्यान्वयन हुने जनाएको छ । यो सुविधा नेपाल टेलिकमका सबै मोबाइल प्रयोगकर्ताले आजै साँझबाट प्रयोग गर्न पाउने छन् । यो सुविधा साउन ३१ गतेसम्म रहने टेलिकमले जनाएको छ । टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले अत्यावश्यक काम बाहेक अन्य प्रयोगकर्तालाई अनावश्यक रुपमा एसएमएस नगर्न आग्रह गरेका छन् । ‘नेटवर्कमा जाम हुने समस्या हुन नदिन अत्यावश्यक बाहेक अन्य टेलिफोन प्रयोगकर्ताले यो सुविधान प्रयोग नगरिदिन आग्रह गर्दछौँ,’ सहायक प्रवक्ता अधिरकारीले भने ।