Posts

Showing posts with the label नारायणगढ मुग्लिन सडक

मुग्लिन–नारायणगढ सडकखण्डमा राति सवारी चलाउन नदिन विकास समितिको निर्देशन

असार २०, २०७४- संसदको विकास समितिले स्तरोन्नतीको क्रममा रहेको मुग्लिन–नारायणगढ सडक खण्डमा राति सवारी साधन पूर्णरुपमा बन्देज गर्न  निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समिति सभापति रविन्द्र अधिकारीले मुग्लिन–नारायणगढ सडक खण्डको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको र राति यो जोखिम थप बढ्ने भएकाले सवारी बन्देज गर्न निर्देशन दिइएको बताए । समितिले केही दिन अघि यो सडक खण्डको अनुगमन गरेको थियाे । समितिले नागढुंगा क्षेत्रको सडकमा रहेको बिजुलीको पोलगायत अवरोध हटाउनसमेत निर्देशन दिएको छ ।  

चितवन कालीखोलाको पहिरोले प्रहरी भ्यान बगायो, २ प्रहरीको मृत्यु, २ वेपत्ता

Image
नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा झरेको पहिरोले प्रहरी भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता छन् । बिहीबार राति काली खोलामा पहिरो हटाएर फर्कने क्रममा इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको स्कारपियो गाडी त्रिशूली नदीमा झरेको हो । गाडी त्रिशूली नदीमा खस्दा असई निश्चल तामाङ र चालक समेत रहेका जवान दीपककुमार मास्केको ज्यान गएको छ । सञ्जीव कार्की र लीलबहादुर चेपाङ हराइरहेका मु्ग्लिन प्रहरीका इन्स्पेक्टर योगेन्द्र हमालले जानकारी दिए । कालीखोलामा पहिरो जाने क्रम नरोकिएकोले बेपत्ताको खोजी हुन सकेको छैन । यस्तै सोही पहिरोमा परी मुग्लिनदेखि नारायणगढ आउँदै गरेको ना ५ फ ७८२७ नम्बरको ट्रक पनि बगाएर भीरमा अड्केको छ । ट्रकका चालक भागेको र सहचालक सानु ब्लोन तामाङलाई घाइते अवस्थामा उद्धार गरिएको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए । अहिले  नारायणप्रप्रमुख जिल्ला अधिकारीसाद भट्ट, एसपी थापा लगायतको टोली घटनास्थल पुगेको छ । पहिरोबाट जोगाउन नारायणगढ मुग्लिन सडक खण्ड भएर चल्ने गाडी भरतपुर, नारायणगढ लगायत सुरक्षित स्थानमा रोक्न लगाइएको छ । गाडी अवरुद...