Posts

Showing posts with the label प्रतिनिधिसभा

महाभियोगको कार्यविधि टुङ्गो लाग्यो - प्रतिनिधिसभाले र सङ्घीय संसद्का दुवै सदनबाट छिनोफानो हुने

काठमाडौँ, चैत १६ गते । राष्ट्रपति र उपराष्ट्रपति तथा संवैधानिक निकायका पदाधिकारीमाथि लगाउने महाभियोगको कार्यविधि फरकफरक हुने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति माथिको महाभियोग सङ्घीय संसद्का दुवै सदनबाट छिनोफानो हुनेछ भने संवैधानिक निकायका पदाधिकारीमाथि लगाइएको महाभियोगको छिनोफानो प्रतिनिधिसभाले मात्र गर्नेछ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संवैधानिक निकायका पदाधिकारी र विशिष्ट व्यक्तिको महाभियोगको कार्यविधि टुङ्गो लगाएको हो । शुक्रबारदेखि समितिमा संसदीय समितिको आकार र क्षेत्राधिकारबारे छलफल सुरु हुनेछ। नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले मस्यौदाको आधाभन्दा बढी भागमा छलफल सकिएको बताउनुभयो । पोखरेलले भन्नुभयो, “महाभियोगको कार्यविधि कस्तो हुने भन्नेमा सहमति भइसकेको छ । भोलिबाट संसदीय समितिको परिच्छेदमा छलफल हुन्छ।” यस्तै समितिले प्रधानमन्त्रीले कस्तो अवस्थामा विश्वासको मत लिने भन्ने कार्यविधि पनि टुङ्ग्याएको छ । समितिले दुई अवस्थामा अनिवार्य र एक अवस्थामा ऐच्छिक रूपमा विश्वासको मत लिनसक्ने व्यवस्थामा सहमति गरेको छ । सहमतिअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा गठित...

युएस बंगला प्लेन क्र्यास - विशेष शोक प्रस्ताव पारित

काठमाडौँ, चैत ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत सोमबार भएको विमान दुर्घटनाका घाइतको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ। विमान दुर्घटनाबारे प्रतिनिधिसभा बैठक र राष्ट्रियसभालाई शुक्रबार जानकारी गराउँदै प्रधानमन्त्री ओलीले दुर्घटनाबारे जाँचबुझका लागि गठित समितिको प्रतिवेदनका आधारमा आउँदा दिनमा घटना न्यूनीकरणका लागि सरकारले सुझाव कार्यान्वयन गर्ने पनि बताउनुभयो । उहाँले दुर्घटनापछिको उद्धार तथा उपचारमा राज्यसंयन्त्र तथा अन्य निकायबाट भएको तदरुकताको प्रशंसा गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘दुर्घटनाका घाइतेको उपचारमा कुनै पनि कमी हुने छैन । घटनाबारे अनुसन्धान र सुझावका लागि जाँचबुझ समिति गठन भएको छ । भावी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले प्रतिवेदनलाई कार्यान्वयन गर्नेछ । ’ प्रधानमन्त्री ओलीले घटनामा परी नेपाली र विदेशी नागरिकसहित ४९ जनाको ज्यान गएको सदनलाई जानकारी दिनुभयो । उहाँले घटनाबारे आफूले तत्कालै बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई टेलिफोन गरी उद्धार र उपचारमा कुनै कमी हुन नदिने जानकारी गराएको पनि बताउनुभयो । ग...