Posts

Showing posts with the label बाजुरा

घटाल देवताका पुजारी खड्काले छाउगोठ भत्काए, कुप्रथाविरुद्धको अभियानमा साथ

बाजुरा, वैशाख १६ गते । बाजुराको बडिमालिका नगरपालिका–३ पीपल गाउँस्थित दह घटाल देवताका पुजारी रामबहादुर खड्काले छाउगोठ भत्काउनुभएको छ । धार्मिक आस्था र विश्वासलाई बढावा दिने पुजारीले नै छाउगोठ भत्काएका हुन् । छाउगोठ भत्काएपछि खड्काको श्रीमती छोरी र बुहारी छाउ भएका बखत पनि एकै घरमै बस्न थालेका छन् । छाउ कुप्रथाविरुद्धको अभियानमा साथ दिन छाउगोठ भत्काएर घरमै बसाउने गरेको खड्काको भनाइ छ । वडा कार्यालय र संघसंस्थाले दबाब दिएकाले भत्काउन बाध्य भएको खड्काले बताउनुभएको छ । नजिकै देवताको मन्दिर र घरमै पनि देवता राखिएकाले शुरुमा डर लाग्यो तर सबैतिरबाट दबाब आउन थालेपछि एक्लै बाधक भएर बस्नु उचित होइन भनेर आफैँले भत्काएको पुजारी खड्को भनाइ छ । पीपलगाउँमा सात परिवार बस्छन् । गाउँको साझा छाउगोठ भत्काएपछि सबैजना घरमै बस्न थालेका हुन् । खान पकाउन र देवताको नजिक जान भने नदिएको उहाँले बताउनुभएकोे छ । सफा सुग्धर भएमा केही हुँदैन भन्ने थाहा पाएपछि वडा कार्यालय, निगरानी समूह, महिला समूहसहित सबैले गोठ भत्काउन संयुक्त आन्दोलन गर्ने बताएपछि वडाका सबै छाउगोठ भत्काइएको वडा सदस्य विमला खड्काको भनाइ छ । छाउगोठ धामी,...

बाजुराको बुडिगंगा नगरपालिकामा शंकास्पद वस्तु फेला

बाजुरा बैशाख ०२। बाजुराको बुडिगंगा नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ । बुडिगंगा नगरपालिकाको कार्यालयको अगाडी पट्टी ढोकामा खतरा लेखेर शंकास्पद वस्तु झुण्ड्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले जानकारी दिए । शंकास्पद वस्तु फेला परेको खवर पाएपछि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र टाँटे प्रहरी चौकी टोली त्यहाँ पुगेको छ । बम डिस्पोजलका लागि मार्तडीमा रहेको नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिसकेको डिएसपी ओलीले बताए।

साँफे-मार्तडी सडक सुचारु

बाजुरा, चैत २० गते । मुआब्जाका लागि सबै निकायले पहल गर्ने सहमतिसँगै साँफे—मार्तडी सडक खण्ड सुचारु भएको छ । सडक डिभिजन कार्यालयबाट सडकको सीमा निर्धारण गर्ने टोली बोलाई मूल्यांकन गर्ने र यसअघि भएका दोहोरो अर्थ लाग्ने सर्वपक्षीय भेलाका निर्णयको पुष्ट्याँइका लागि अदालत जाने सहमति पछि बाटो सुचारु भएको प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीले बताउनुभएको छ । तिपाडामा स्थानीयले बिहान ६ बजेदेखि सडक अवरुद्ध गरेका थिए । सडक सोमबार दिउँसो सञ्चालनमा आएको हो । स्थानीयले तिपाडा बजार क्षेत्रको सरकारले मुआब्जा नदिएको भन्दै सडक अवरुद्ध गरेका हुन् । २०७२ सालदेखि नै छलफलको विषय रहेको उक्त सडक क्षेत्रमा राज्यले मुआब्जा दिन ढिलासुस्ती गरेको जग्गाधनी धीरबहादुर सिंहको गुनासो छ । सडक कालोपत्रेको प्रक्रियामा रहेपनि स्थानीयले मुआब्जा नपाएसम्म काम गर्न नदिने बताउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय राजनीतिक दलबीच मुआब्जा दिने सहमति भएपछि अहिलेसम्म भुक्तानी भएको छैन । पटकपटक भएका निर्णयमा मुआब्जा दिने कुरा भएपनि कति दिने भन्नेमा साझा निर्णय नभएकाले भुक्तानीमा समस्या भएको प्रशासनले बताउ...

नवजात शिशुको शव भेटियो

बाजुरा, १४ चैत्र। बाजुराको बडीमालिका नगरपालिका–२ मा रहेको भौनेराको खोलामा मंगलबार बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । स्थानीयवासीले खोलामा माछा मार्न थापेको जालमा वेवारिसे अवस्थामा उक्त शिशुको शव देखेको खबरपछि शिशु फाल्ने महिलाको खोजी गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। उनका अनुसार शव परीक्षण गरी दाहसंस्कार गरिएको छ । नवजात शिशु बेवारिसे अवस्थामा किन फालेको हो, त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख वलीले बताए। रासस

बाजुरा जिल्लाको कारागारमा क्षमताभन्दा बढी कैदी

बाजुरा, चैत १० गते । बाजुरा जिल्लाको कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको छ । कारागारमा २५ जनाको कैदी क्षमता भएको कारगारमा ३१ जना कैदी राखिएको जिल्ला कारगार बाजुराले जनाएको छ । कैदी राखिएको भवन पनि जीर्ण बन्दै गएकाले मर्मत नहुँदा बास बस्नसमेत अवस्थामा नरहेको कैदीले गुनासो गरेका छन् । २०३९ सालमा स्थापना गरिएको कारागार कार्यालय ३५ वर्ष बितिसक्दा पनि पुनःनिर्माण हुन सकेको छैन् । जम्मा २५ जना कैदी बन्दीका लागि क्षमता भएको बन्दी गृहमा भवन अभावमा ३१ जना कैदी बन्दी जीर्ण भवनमा बस्न बाध्य भएका छन् । २५ जनाको क्षमता रहेको बन्दीगृहमा अहिले फरकफरक अपराधमा संलग्न रहेका कैदी बन्दी बसोबास गर्दै आइरहेको जिल्ला कारागार प्रमुख नन्दसिंह कार्कीले जानकारी दिनुभयो । कारागार प्रमुख कार्कीका अनुसार कर्तव्य ज्यान मुद्दामा १० र चार पुर्पक्ष थुनुवा गरी १४ जना कर्तव्य ज्यान मुद्दाका रहेका छन् । त्यस्तै जबर्जस्ती करणी मुद्दामा आठ कैदी र तीन पुर्पक्ष थुनुवा गरी ११ जना रहेका छन् । त्यसैगरी ज्यान मार्ने उद्योग एक, ओसार पसार मुद्दामा थुनुवा एक, लागुऔषध मुद्दामा थुनुवा दुई र बालविवाह मुद्दामा एक गरी ३१ जना कैदी कारग...

बाजुरामा सेनाद्धारा बम डिस्पोज

बाजुरा, फागुन २६ बाजुराको बडिमालिका नगरपालिका ९ को गैरीबजार नजिकै खेतमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । स्थानीयले खेत जोत्ने क्रममा शुक्रबार बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । शुक्रबार साँझ ५ बजे समरजीत गुल्मबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । उक्त स्थानमा पहिले नेपाली सेनाको ब्यारेक रहेकाले तत्कालीन समयमा राखिएको बम हुन सक्ने प्रहरीको अनुमान छ ।

बाजुरामा शंकास्पद बस्तु फेला

Image
बाजुरा,८ फागुन- बाजुराको बुढीगंगा नगरपालिकाको बार्जुगाड पुलमा आज शंकास्पद बस्तु फेला गरेको छ । प्रहरी नायव उपरिक्षक हरी बहादुर वलीका अनुसार साफे मार्तडी सडकखण्ड अन्तर्गत बार्जुगाड पुलमा बोराले बेरिएर राखिएको अवस्थामा उक्त शंकास्पद बस्तु फेला परेको हो । बोरामा बेरिएर राखिएको अवस्थामा छ उहाँले भन्नुभयो“नेपाली सेनाको बम डिस्पोजल टोली जादैछ” उक्त शंकास्पद बस्तु कसले राखेको भन्ने केही पनि खुल्न सकेको छैैन ।

बाजुरामा जिप दुर्घटना २ जनाको मृत्यु, ५ घाईते

फागुन ०८ गते । बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । जीप दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बूढीनन्दा नगरपालिका–९ का सत्य माविका शिक्षक तथा नेपाल शिक्षक महासंघका अध्यक्ष जनकबहादुर शाही, गौमुल गाउँपालिका– ६ का गोरखबहादुर रोकाया, हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का खडक रोकाया, स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगरका २५ वर्षीय कर्णबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । घाइते भएकामध्ये स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगर गाउँपालिकाका कर्णबहादुर रोकायाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वलीले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अछामको बयलपाटा रिफर गरिएको प्रह...

बाजुरामा किशोरी बलात्कृत - घटना सार्वजनिक गरे ज्यानको धम्की

बाजुरा — कञ्चनपुरको मौरीफाटामा स्कुले किशोरी बलात्कृत भएकै दिन बिहीबार बुढीगंगा नगरपालिका घर भएकी १६ वर्षीया किशोरीलाई स्थानीय दुई युवाले बलात्कार गरेका छन् बलात्कारमा संलग्न भएको आरोपमा बूढीगंगा नगरपालिका ७ का ३० वर्षीय चन्द्र विष्ट र २२ वर्षीय सुनील विकविरुद्ध पीडितका अभिभावकले शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित किशोरीका बुवाले युवाहरूको पक्षले घटना मिलाउन दबाब दिइरहेको बताएका छन । ‘घटना नमिलाए मार्दिन्छौं भनेर धम्क्याउँदै छन्,’ उनले भने, ‘गाउँबाट उजुरीका लागि सदरमुकाम मार्तडी जाने बेला युवाहरूका पक्षका गाउँलेहरूले घेराबन्दी गर्न खोजे तर छलेर मार्तडी पुग्यौं ।’ पीडित किशोरी दिउँसोतिर घरबाट नजिकैको बेतालमाण्डौ बजारमा सामान किन्न जाँदै गरेका बेला युवाहरूले मोटरसाइकलमा राखेर बार्जुगाढको जंगलमा पुर्‍याएर बलात्कार गरेको किशोरीका बुवाले बताएका छन् । ‘मेरो दाजुको नाम बताउँदै तिमी उसैको बहिनी होइनौ ? हामी तिमीलाई चिन्छौं । बाइकमा पुर्‍याइदिन्छौं भनेर जिद्दी गरे,’ पीडित किशोरीले भनिन्, ‘छिटो पुगिने आशाले बाइकमा बसें । बेतालमाण्ड...