Posts

Showing posts with the label विद्यादेवी भण्डारी

राष्ट्रपतिको शपथ आज अपरान्ह ४ः०० बजे

काठमाडौँ, फागुन ३० गते । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ आज अपरान्ह ४ः०० बजेका लागि तय भएको जानकारी दिनुभयो । राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । तर प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली विवादमा परेकाले को बाट शपथ लिने भन्ने नैतिक संकट भण्डारीलाई परेको छ । राष्ट्रपति भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ ।

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

काठमाडौँ, फागुन २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले आज ज्येष्ठद सदस्य प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । ठाकुरले मातृभाषा मैथिली भाषा र भट्टले नेपाली भाषामा शपथ लिनुभएको थियो । गत मंसिर १० र २१ गते प्रतिनिधिसभा र माघ २४ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो । ज्येष्ठ सदस्य ठाकुर प्रदेश नं २ अन्तर्गत महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । उहाँ हाल ७१ र भट्ट ६९ वर्षका हुनुहुन्छ । शीतल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिगण, संवैधानिक एवं सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतको उपस्थिति थियो । नेपालको संविधान २०७२ को धारा ९१ को उपधारा ५ अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएका अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ । त्यसैगरी धारा ९२ को उपधारा ५ अनुसार राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन नभइसकेका अवस्थामा उपस्थित सदस्यमध्ये उ...

स्वराज भ्रमण – जसले ६ दशक अघिको बिहे सम्झेको - भ्रमणका एजेन्डा र अन्य बिस्तृत जानकारी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रबार शीतलनिवासमा २५ मिनेट भेटवार्ता भयो परिचयकै क्रममा स्वराजले टोलीमा सहभागी भारतीय विदेशसचिव विजयकेशव गोखलेका बाबुआमाको विवाह शीतलनिवासमै भएको प्रसंग उठाइन् । ‘महामहिमज्यू, हाम्रा परराष्ट्र सचिवका पितामाताको विवाह पनि यही भवनमा भएको थियो,’ गोखलेसँग परिचय गराउँदै स्वराजले यसो भन्दा राष्ट्रपति भण्डारी प्रसन्न मुद्रामा देखिइन् । परिचयकै क्रममा स्वराजले टोलीमा सहभागी भारतीय विदेशसचिव विजयकेशव गोखलेका बाबुआमाको विवाह शीतलनिवासमै भएको प्रसंग उठाइन् । ‘महामहिमज्यू, हाम्रा परराष्ट्र सचिवका पितामाताको विवाह पनि यही भवनमा भएको थियो,’ गोखलेसँग परिचय गराउँदै स्वराजले यसो भन्दा राष्ट्रपति भण्डारी प्रसन्न मुद्रामा देखिइन् । गोखलेका हजुरबुबा नेपालका लागि राजदूत छँदा उनले छोराको विवाह शीतलनिवासमा गराएका थिए । ‘मातापिताको विवाह भएको घर । मलाई कति चाँडो शीतलनिवास पुगौं जस्तो भएको थियो,’ भावविहल हुँदै गोखलेले भने । ‘मलाई झन् खुसी लाग्यो । यहाँ हुँदा तपाईंका मातापिताको विवाह नभएको भए ?,’ राष्ट्रपतिले पनि रमाइलो ढंगलेप्रत...