Posts

Showing posts with the label बझाङ

बझाङमा स्कुले विद्यार्थी यार्सागुम्बा टिप्न लेक तीर, बिद्यार्थी भर्ना अभियान प्रभावित

बझाङ बैशाख ६। अभिभावक सहित स्कुले विद्यार्थी यार्सा टिप्न लेक तिर गएपछि जिल्लामा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । बझाङको उत्तरी क्षेत्रका झण्डै सात हजार स्कुले विद्यार्थी यार्सा टिप्न लेक तिर गएपछि अभियान प्रभावित भएको हो। चैतको अन्तिम सात देखी यार्सा टिप्नका लागी शिक्षक, अभिभावक सहित विद्यार्र्थीहरु लेक तिर गएपछि सरकारको १५ दिने भर्ना अभियान यहाँका झण्डै ४४ बटा विद्यालयमा प्रभावित भएको हो। यार्सा बाट मनग्य आम्दानी हुने र एक सिजन लाखौ रुपयाँ कमाई हुने भए पछि जिल्लाको उत्तरी क्षेत्रका स्थानिय बासीहरु बर्षेनी स–परिवार यार्सा टिप्न लेक तिर जाने गर्दछन् । चैत्र देखि सुरु हुने हुने यार्सा टिप्ने सिजन साउनमा मात्र सकिने भएकाले बर्षेनी सात हजार बिद्यार्र्थीको पढाई प्रभावित हुदै आएको छ । यार्सा टिप्ने सिजनमा प्राय बिद्यालय नै बन्द गर्नु पर्ने अवस्था बर्षेनी अउने गरेको साईपाल गाँउपालिका स्थानिय जसबिर बोहराले बताए। जिल्ला शिक्षा कार्यालयले बैशाख १ गते देखि भर्ना अभियानका लागी घरदैलो लगायत चेतना मूलक कार्यक्रम सञ्चालन गरेको भए पनि उत्तरी क्षेत्रका झण्डै ४५ वटा बिद्यालयमा भने त्यसको कुनै ...

अज्ञात समुहद्धारा बझाङमा रहेको एनसिएलको टावरमा सकेट बम विष्फोट

फागुन २ गते । देशैभरी विप्लव माओवादीले एनसेलका टावरहरुमा विष्फोट गराईरहेका बेला बझाङको जयपृथ्वी नगरपालीका वडा नम्बर ८ ग्वानीमा रेहेको एनसेलको टावरमा पनि सकेट बम विष्फोट गराएको छ । मंगलबार अज्ञात समुहले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बम विष्फोटबाट टावरमा राखिएका चार थान सोलारका पाता र ३ वटा ब्याट्रीमा क्षती पुगेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव निरिक्षक राम सिहँ बोहराले जानकारी दिनुभयो । घटना स्थल तर्फ विमानस्थल सुरक्षा गार्डबाट प्रहरी नायव निरीक्षक रुप सिहँ थापाको नेतृत्वमा प्रहरीको टोली खटाईएको उहाँले जानकारी दिनुभयो । घटनास्थलमा हेर्दा सकेट बम विष्फोटन गराएको जस्तो बुझीनमा आएको बोहराले बताउनुभयो । घटना बारे थप अनुसन्धान भईरहेको र विष्फोटको जिम्मेवारी कसैले नलिएको प्रहरीले जनाएको छ । टावरमा क्षति पुगेपछि त्यस आसपासको एनसेल मोबाईल फोनले काम गर्न छोडेको छ ।

बझाङको चैनपुरमा खानेपानीको हाहाकार

माघ २४ गते । बझाङ सदरमुकाम चैनपुरमै खानेपानीको हाहाकार भएको छ । वार्षिक खानेपानी मर्मत भनेर विभिन्न निकाय र जयपृथ्वी नगरपालिकाबाट करोडौँ रकम विनियोजन गरिन्छ तर उचित काम र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको सदरमुकाम चैनपुरमा बस्दै आएका विभिन्न निकायका कर्मचारी र विद्यार्थीको पढाइमा खानेपानीको व्यवस्था नहुँदा समस्या भएको छ । अध्ययनका लागि चैनपुरमा डेरा लिएर बस्नुपर्ने बाध्यतासँगै पानीका लागि दुई घण्टा टाढाबाट खानेपानी बोकेर ल्याउनुपर्दा पढाइमा असर परेको छ भने दिसा धुने पानी नपाउँदा दिसामुक्त जिल्ला घोषणाको पनि कुनै औचित्य नभएको जयपृथ्वी बहुमुखी क्याम्पसका विद्यार्थी कृष्ण सिंहले बताउनुभयो। होस्टेलमा बस्ने बालबालिकालाई स्वच्छ पानी पिउन त परै जाओस् हातमुख धुन पनि साहै्र समस्या भएको छ । दैनिक पानी दिने ठाउँमा तीन दिन र चार दिन पछि पानी आउने भएपछि बाउली खोलाको दूषित पानी उपभोग गर्न बाध्य भएको खप्तड बोर्डिङ स्कुलका शिक्षक मोहन विकले बताउनुभयो । नगरपालिका र स्थानीय तहको निर्वाचन भइसके पछि दैनिक आधारभूत आवश्यकता पुरा गर्न चासो नदेखाउँदा जयपृथ्वीबहादुर सिंहको नाममा नगरपालिका बनाउनु पनि लाज लाग्...

स्थानिय तहमा बैङक नहुँदा समस्या

बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी नगरपालीका बाहेक अन्य ११ वटा स्थानिय तहहरुमा बैङकहरु नहुँदा समस्या भएको छ । स्थानिय तहको निर्वाचन पछि निजी बैड्कहरुले सबै स्थानीय तहको केन्द्रमा बैंक राखीने बताईएपनि बझाङमा त्यस्को भएको छैन् । पहिले पहिले बैङ्किंग कारोवार गर्न जिल्ला सदरमुकाम आउनु परेको र हाल पनि सदरमुकाम नै धाउनु परेको स्थानीय बासीन्दाले गुनासो गरेका छन् । चुनाव सकिए पछि थलारा गाँउपालीकामा एनआईसी बैड्क आउने चर्चा चलेपनि हाल सम्म नआएको थलारा कोईरालाकोटका महोन सिंहले बताउनुभयो । सुरुमा राष्टिय बाणिज्य बैड्क मात्र रहेको बझाड जिल्लामा हाल बंगलादेश, एभरेष्ट, सिटिजन, एनआईसी, महालक्ष्मी जस्ता निजी बैड्क सहित कृषि विकास बैङ्कले आर्थिक कारोवार गर्दै आएका छन् ।

बझाङमा ८५ प्रतिशत रोपाइँ सम्पन्न

Image
असार महिना सकिनै लाग्दा बझाङमा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्षभन्दा ढिलो गरी वर्षात् सुरु भएका कारण रोपाइँ सुरु गर्न २ हप्ता ढिलाइ भएपनि बझाङमा ८५ प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मदनराज जोशीले बताए । उनका अनुसार बझाङमा आकाशे पानीको भरमा रोपाइँ हुने क्षेत्र जीवली, झुडेडा, देबल बाँझ, पिठातोला, छान्नाका केही स्थानमा रोपाइँ गर्न बाँकी रहेको छ । बझाङमा गत वर्षको तुलनामा मकै, घैया (चैते) धान उत्पादनमा बृद्धि भएको छ । आकाशे पानी परिरहेकाले यो वर्ष गत वर्षभन्दा बढी धान उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय बझाङले अनुमान गरेको छ ।

बझाङमा पहिरोले २ घर पुरिए

Image
0 २६ पटक हेरिएको प्रकाशित: २०७४ आषाढ २३ शुक्रबार, ०८:१० बजे बझाङमा पहिरोले २ घर पुरिए बझाङ । ३ दिनदेखि परेको अबिरल वर्षासँगै आएको पहिरोले बझाङको वित्थडचिर गाउँपालिकाका २ घर पुरेको छ । बिहीबार घरमाथिबाट पहिरो खस्दा विथ्थडचिर गाउँपालिका–५ का खड्कसिंह महर र हरिललाल महरको पक्की घर पुरेको हो । घरमा पहिरो खसेपछि स्थानीयको भागाभाग भएको थियो । पहिरोले घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको जनाइएको छ । घर पूर्ण रुपमा क्षति भएपनि एकीन तथ्याङ्क भने आई नसकेको बझाङका अप्रमुख जिल्ला धिकारी केशबबहादुर थापाले बताए । उनका अनुसार पहिरोले धनसम्पत्ति, लत्ताकपडा, भाडाकुडा सबै पुरिएको छ । पहिरोमा परिएको सामग्री स्थानीय र प्रहरीको सहयोगमा निकाल्ने प्रयास गरेपनि पूर्ण सम्भव भने भएन । ‘गत वर्ष २ लाख रुपैयाँ खर्च गरेर घर बनाएको थिए,’ पीडित महरले भने, ‘सबै पहिराले पुरेपछि परिवारको विचल्ली भएको छ ।’ उनी जस्तै खड्कसिंह महरको पनि पुर्खाैली घर पहिरोमा पुरेपछि विचल्ली परेको छ । पहिरोले घर पुरिएपछि दुबै परिवार स्थानीय विद्यालयको १ कोठामा आश्रय लिएर बसिरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रको ताए ।