Posts

Showing posts with the label बैतडी

अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य अलपत्र

बैतडी,१४ वैशाख धुर्मुुस सुन्तलीले अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको चर्चा पाईरहेका बेला बैतडीमा भने निर्माणाधिन अवस्थामा रहेको दशरथचन्द अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य केही बर्षदेखि अलपत्र अवस्थामा रहेको छ । जिल्लाको दशरथचन्द नगरपालिका सुन्दरखाली वि स २०६३ मा दशरथचन्द नगरपालिकाले निर्माण सुरु गरेको क्रिकेट मैदानलाई र वि स २०७१ सालमा राष्ट्रिय खेलकुद परिषदले दशरथचन्द अन्र्तराष्ट्रिय क्रिकेट मैदान भनेर निर्माण सुरु गरेको हो । वि स २०३४ सालमा दशरथचन्द नगरपालिका स्थित सुन्दरखालीमा मात्र क्रिकेट खेल्ने गरिन्थ्यो त्यसपछी वि स २०५२ सालपछी त्यस मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन सबैको ध्यान पुग्यो । सदरमुकाम नजिकैको सुन्दरखाली क्रिकेट मैदानमा चार वर्ष अघिसम्म क्रिकेट प्रतियोगिता सञ्चालन हुन्थ्यो । त्यही मैदानमा खेलाडीले अभ्याससमेत गर्न पाउथे । जिल्ला स्तरदेखि क्षेत्रीयस्तरका प्रतियोगिता हेर्ने पाउँदा स्थानियबासी हर्षित भएका थिए । तर अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएपछि प्र्रतियोगिता समेत हुन पाएको छैन । मैदान निर्माण कार्य अधुरो भएपछि खेल सञ...

जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा दुर्गममा निशुल्क घुम्ती शिविर सञ्चालन

बैतडी,१५ वैशाख गाउँमै सरकारी सेवा प्रदान गर्ने उद्देश्यले बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा आजदेखि निशुल्क घुम्ती शिविर सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वय र सम्बन्धित स्थानीय तहको आयोजनामा पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा घुम्ती शिविर सञ्चालन हुन लागेको हो । आज र भोली पञ्चेश्वरको कुलाउमा घुम्ती शिविर सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । शिविरमा नेपालीको नागरिकताको प्रमाणपत्र, फोटोसहितको मतदाता परिचयपत्र, अपांगता परिचय पत्र लगायतका सेवाहरु प्रदान गरिने वितरण गरिने उहाँले बताउनुभयो । वैशाख १७ गते शिवनाथको शर्माली र १८ गते सुल्लेखानमा शिविर सञ्चालन हुनेछ । शिविरमा आई सेवा लिनका लागि जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह समेत गरेको छ । नागरिकलाई घरदैलोमै सरकारी सेवा एकीकृत रुपमा प्रदान गर्नका लागि शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । शिविरमार्फत दुर्गम क्षेत्रका नागरिकले सरकारी सेवा प्राप्त गर्ने जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा ‘आत्महत्या’ गर्नेहरुको प्रकोप, चालु बर्षमा मात्रै २६ जनाको मृत्यु

बैतडी, वैशाख ९ गते । जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै २६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँक छ । यसमा महिला १२ र पुरुष १४ जना छन् । झुण्डिएर देहत्याग गर्नेको संख्या अधिक छ । यो अवधिमा २० जनाले झुण्डिएर र ६ जनाले विष सेवन गरेर देशत्याग गरेको प्रहरी तथ्याँकमा उल्लेख छ । आत्महत्या गर्ने १३/४५ वर्ष उमेर समूहका रहेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पछिल्लो चार वर्षको तथ्याँकले आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको देखाउँछ । आर्थिक वर्ष २०७१/७२ मा १६ जनाले आत्महत्या गरेकामा २०७२/७३ मा २९ जनाले आत्महत्या गरेको देखिएको छ । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा आत्महत्या गर्नेको संख्या बढेर ३६ पुगेको छ । मानवीय इच्छा र आँकाक्षाहरु अनगिन्ती हुने र ती पूरा नहुँदा निराश भएर आत्महत्याको बाटो रोज्ने विज्ञहरु बताउँछन् । बैतडीमा आत्महत्याको गर्नेको आँकडा डरलाग्दो रहेकाले यसलाई न्यून गर्न सचेतना कार्यक्रमको सञ्चालन गर्नुपर्ने आवश्यकता छ । आत्महत्याका घटनामा कमी ल्याउन प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । आत्महत्याको घटना कुनै एक व्यक्ति वा निकाय लागे...

यातायात व्यवशायीको आन्दोलनबिरुद्ध उत्रिदै बैतडी प्रसासन

Image
बैतडी,९ वैशाख- सरकारले सिन्डिकेट खारेज गरेपछी यातायात व्यवशायीले आन्दोलनको घोषणा गरेसंगै सरकारले पनि आन्दोलनबिरुद्ध उत्रिने भएको छ ।गृह मन्त्रालयले देशभरीका जिल्ला प्रसासन कार्यालयहरुलाई पत्राचार गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ । जिल्ला प्रसासन कार्यालय बैतडीले पनि एक सुचना जारी व्यवशायीले बन्द तथा आन्दोलन गरे प्रसासनले कार्वाहीले दायरामा ल्याउने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार आचार्यद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ “आवश्यक सेवा सञ्चालन ऐन,२०१४ को दफा ४,५र ६ मा निषेध गरिएको हड्ताल गर्ने वा त्यसमा भाग लिने , भाग लिईराख्ने व्यक्ति र नगदी सहयोग गर्ने ब्यक्तिलाई कार्वाही गर्न सक्ने ब्यवस्था रहेको छ” । यसका साथै सर्वोच्चको २०६७ माद्ध १९ को फैसला अनुसार एकाधिकार कायम हुने सिन्डिकेट नगर्न नगराउन भनी आदेश दिईसकेकोले आन्दोलन नगर्न आग्रह गरेको छ । व्यावशायीले आन्दोलन गरे सरकारले दिएको आदेश अनुसार नै कार्वाही हुने सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

बैतडीमा १ सय बढी सम्भावित हात्तीपाईलेका रोगी भेट्टिए

बैतडी, ९ वैशाख, बैतडीमा १ सय बढी सम्भावित हात्तीपाईलेका रोगी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गत चैतमा सञ्चालन गरेको हात्तीपाईले खोजी अभियानका क्रममा १ सय २० जना सम्भावित हात्तीपाईले रोगी भेट्टिएका हुन । जिल्लाका १० स्थानिय तहमा दुई चरणमा सञ्चालन गरेको खोजी अभियानका क्रममा ६० जना हाईड्रोसिलका रोगी तथा ६० जनाको हातखुट्टा सुन्निएका व्यक्ती भेट्टिएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोस पाण्डेयले जानकारी दिनुभयो । हाईड्रोसिल र हातखुट्टा सुन्निएका व्यक्तिहरुलाई हात्तीपाईले भएको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । हाईड्रोसिल हात्तीपाईलेका कारण पनि हुने भएकोले हात्तीपाईले भएको हुनसक्ने अनुमान गरिएको हो भने हात,खुट्टा सुन्निने लक्षण हात्तिपाईलेको भएकोले हात्तिपाईले नै भएको भन्ने अनुमान गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । खोजी अभियानवाट आएको उक्त प्रारम्भिक रिपोर्टलाई चेकजाँच गर्न बाँकी रहेकोले परिक्षण तथा चेकजाँचपश्चात मात्रै हात्तिपाईले भए नभएको पुष्टि हुने बताईएको छ । हात्तीपाइले रोग निर्मूल गर्ने नीतिका साथ यसअघि बैतडीमा ६ पटकसम्म...

दोगडाकेदारमा महिला तथा पुरुष भलिबल प्रतियोगिता

बैतडी,७ वैशाख- बैतडीको दोगडाकेदारमा भोली शनिवारदेखि प्रथम अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा गाउँपालिकामा रहेका ८ वटै वडा महिला तथा पुरुष गरी १६ टोलीको सहभागिता रहने खेल संयोजक भरत महराले जानकारी दिनुभयो । दोगडाकेदार गाउँपालिकाको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता वैशाख ११ सम्पन्न हुने भएको छ । प्रतियोगितामा महिला तथा पुरुषमा प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार रु ३० हजार , तृतिय पुरस्कार रु २० हजार र चौथो हुने हुने टोलीलाई रु १० हजार पुरस्कार रहेको छ । यस्तै उत्कृष्ट हुने एक एक खेलाडीलाई म्यान अफ द सिरिज एक जनालाई नगद १ हजार ५ सयका दरले पुरस्कार राखिएको छ । चनैराज खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको भोली बिहान ११ बजे एक कार्यक्रमका बिच उद्दघाटन गरिने दोगडाकेदार गाउँपालिकाले जनाएको छ । उक्त प्रतियोगिताले गाउँपालिकामा भलिबल खेलको बिकासका साथै खेलाडी उत्पादन गर्न सहयोग मिल्ने अपेक्षा गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

अनुमती लिएर मात्रै सिसिटिभी क्यामेरा जडान गर्न अनुरोध

बैतडी,७ चैत- जिल्ला प्रसासन कार्यालय बैतडीले अनुमती लिएर मात्रै सिसिटिभी क्यामेरा जडान गर्न अनुरोध गरेको छ । यसका साथै यसअघि अनुमती नलिएर सिसिटिभी जडान गरेकाहरुलाई समेत जिल्ला प्रसासन कार्यालयको अनुमती लिन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार आचार्यले जानकारी दिनुभयो । अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न बिद्युतिय उपकरणको प्रभावकारी बढाउने प्रयोजनका लागी सिसिटिभी क्यामेरा प्रयोगलाई प्रोत्साहन गर्न उद्देश्यले जडान तथा सञ्चालन सम्वन्धी कार्यबिधि , २०७२ स्वीकृत लिई मात्रै जडान गर्नुपर्ने भएकोले यस्तो आग्रह गरिएको हो । सिसिटिभी जडान तथा कार्यबिधि, २०७२ अनुसार सार्वजनिक निकायहरुले गृह मन्त्रालयमा प्रयोजन खुलाई व्यापारिक केन्द्र , निजी प्रयोगकर्ताले पनि जिल्ला प्रसासनवाट अनुमती लिनुपर्ने जनाएको छ । कुनै पनि व्यक्ति , व्यापारिक केन्द्र, संघ संस्थाले हालसम्म पनि जिल्ला प्रसासन कार्यालय बैतडी अनुमती लिएको छैन् ।

बैतडीमा चितुवाको फेरी आक्रमण - बृद्धा गम्भिर

बैतडी,७ वैशाख- चितुवाको आक्रमणमा परि बैतडीको तल्लोस्वराडमा एक बृद्धा गम्भिर घाईते भएका छन् । घाईते हुनेमा मेलौली नगरपालिका ८ कोटिगाउ जोगीझाडकी ६७ बर्षिया डिगरी देवी विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गएराती १ बजे घरभित्रै सुतिरहेकी बृद्धालाई झ्यालवाट भित्र पसेको चितुवाले आक्रमण गरेको हो । घाईते डिगरीको टाउकोमा गम्भिर चोट रहेको छ । घाईतेलाई उपचारका लागी उप क्षेत्रिय अस्पताल डडेल्धुरा लैजाने तयारी भएको छ । चितुवाले वि स २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ । प्रसासनले धेरैपटक चितुवा मार्नका लागी तल्लोस्वराडमा प्रहरी र बनरक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकि फर्किने गरेको छ । गत फागुन १४ गते राती मात्रै मेलौली नगरपालिका–९ रोकटाका डेढ बर्षिय बालक गणेश बहादुर चन्दलाई आफ्नै घरकै भुइँतले भान्छा कोठामा रहेका बेला चितुवाले आक्रमण गरी गम्भीर घाईते बनाएको थियो ।

बैतडीमा पैदलयात्रीलाई स्ववियुको नगदसहित सम्मान

बैतडी,४ बैशाख । देशमा शान्ति फैलियोस भनेर विगत २२० दिनदेखि पैदलयात्रामा रहेको एक पैदलयात्रीलाई गोकुलेश्वर कृषि तथा पशुबिज्ञान कलेजको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले नगदसहित सम्मान गरेको छ । काभ्रे घर भएका १८ बर्षिय शरद कोईरालालाई स्ववियु सभापती राजेन्द्र बमले नगद ७ हजार ५ सय सहित दोसल्ला तथा खादा ओढाएर सम्मान गरेको हो । नगदसहित सम्मानका साथै स्ववियुले पैदलयात्री कोईरालाको अगामी यात्रा सफल तथा फलदायी रहोस भन्ने शुभकामना समेत दिएकोे छ। नेपालभरी शान्ति फैलियोस भन्ने उद्देश्यले कोईरालाले २२० दिन अगाडी काभ्रेवाट सुरु गरेको पैदलयात्रा बैतडी सहित देशका ५२ जिल्लामा गरिसकेको छ । कोईराला नेपाल चिन सीमास्तम्भ नं १ दार्चुलाको लिपुलेकपश्चात बैतडी पुग्नुभएको हो । बैतडी ५२ जिल्लाको पैदलयात्रापश्चात कोईराला आजै बझांगको पैदलयात्रा निस्किसक्नुभएको छ । कोईरालाले देशका ७५ वटै जिल्लामा पैदलयात्रा गर्ने बताएका छन् ।

बिडिसिए कप : सेमिफाईनलका खेलहरु हुदै

बैतडी,२ बैशाख- बैतडीमा जारी बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाईनका खेलहरु हुुने भएका छन् । निंगलाशैनी खेलमैदान देहिमाण्डौंमा हुने पहिलो सेमिफाईलन खेलमा खोडपे क्रिकेट क्लव र त्रिपुरा क्रिकेट क्लव प्रतिस्प्रर्धा गर्ने भएका छन् । लिग चरणको अन्तिम खेलमा केदारशक्ति क्रिकेट क्लवलाई १५६ रनले स्तब्ध पार्दै समूह “बी” समूह विजेता बन्दै खोडपे अन्तिम चारमा पुगेको हो । भने पञ्चकोटी क्रिकेट क्लवलाई ४ रनले स्तब्ध पार्दै त्रिपुरा क्रिकेट क्लव समूह “डी” वाट सेमिफाईनमा पुगेको हो । यस्तै बुड्डाबाजे क्रिकेट मैदानमा हुने दोस्रो सेमिफाईनल खेलमा जेएवाईसी थालिगाडा र साविक विजेता योङगस्टार क्रिकेट क्लव भिड्ने भएका छन् । लिग चरणको आफ्नो अन्तिम खेलमा दशरथचन्द प्रतिष्ठानलाई ६ विकेटले पाखा लगाउदै थालिगाडा समूह “सी” को विजेता बन्दै सेमिफाईनल प्रवेश गरेको हो, भने अस्मिकेदार क्रिकेट क्लवलाई २१ रनले स्तब्ध पार्दै योङगस्टार समूह “ए” को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा चैत २५ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका संघका कोषाध्यक्ष खेमराज भ...

बिडिसिए कप : ग्वाल्लेक बाहिरियो, त्रीपुरा विजयी

बैतडी,२६ चैत- ग्वाल्लेक क्रिकेट क्लव, बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताबाटै बाहिरिएको छ । सोमवार खोडपे क्रिकेट क्लवसंग १० विकेटको नमिठो हारसंगै ग्वाल्लेक प्रतियोगिताबाटै बाहिरिन बाध्य भएको हो । निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा टस हारेर ब्याटिंगको निम्ता पाएको खेलमा ग्वाल्लेक १० ओभरमा ३१ रनमा समेटियो । ग्वाल्लेकका कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् । खोडपेका दिपेन्द्र ऐरी र रुपेस ऐेरीले समान तीन तीन विकेट हात पारे । ३२ रनको झिनो लक्ष्य खोडपेले १ दशमलव ५ ओभरमा बिना विकेटको क्षतीमा पुरा गर्यो । म्यान अफ द म्याच खोडपेका दिपेन्द्र ऐरीले अविजित ३६ रनको पारी खेले । ग्वाल्लेक यसअघि आईतवार भएको पहिलो निंगलाशैनी क्रिकेट क्लवसंग ८ विकेटले पराजित भएको थियो भने केदारशक्तिसंग हुने भनिएको अर्को खेल बर्षाका कारण अवरुद्ध भएपछी एक एक अंक बाडेका थिए । उता बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा भएको खेलमा कैलपाल क्रिकेट क्लवलाई २ विकेटले हराउदै त्रिपुरा क्रिकेट क्लवले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ । टस जितेर ब्याटिंग गरेको कैलपालले ९ विकेटको क्षतीमा १२४ रन बनायो । १२५ र...

मणिलेक क्याम्पसमा तालाबन्दीमाथी ताला

बैतडी,२६ चैत- बैतडीको मेलौलीमा रहेको मणिलेक बहुमुखी क्याम्पसमा लगाएको ताला अझै खुल्न सकेको छैन् । गएको २६ महिनादेखि तलब नपाएको भन्दै चैत १५ गते शिक्षक कर्मचारीहरुले तालाबन्दी गरेका हुन् । शिक्षक कर्मचारीहरुले गरेको तालाबन्दी कायमै रहेका बेला पढाई सुचारु हुनुपर्ने माग गर्दै विद्यार्थीका तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनले पनि आजदेखि तालाबन्दी गरेको छ । आफूहरुको पढ्न पाउने अधिकार कुण्ठित भएकाले पढाई सुचारु गर्नुपर्ने भन्दै तालाबन्दी गरेको स्ववियु सभापति केशवबहादुर चन्दले जानकारी दिनुभयो । हिजो प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको उपस्थितीमा भएको बैठकले तत्काल क्याम्पसको ताला खोली समस्या समाधान गर्न आग्रह गरेको भएपनि शिक्षक कर्मचारीहरुले तलब नपाउँदा सम्म तालाबन्दी नखोल्ने अडान लिएका छन् । यता विद्यार्थीहरुले आफूहरुको भविष्यमाथि खेलवाड भएको भन्दै क्याम्पसमा निर्माण भईरहेको भवन निर्माण कार्य समेत रोकेका छन् । क्याम्पसका शिक्षक कर्मचारीहरुको तलबका लागि चन्दा संकलन गर्न सहयोग समिति गठन गरिएको भएपनि तालाबन्दी खुलेको छैन् । क्याम्पसमा तालाबन्दी हुँदा पठनपाठन ठप्प भएको छ । यसैबीच मेलौली नगरपा...

बिडिसिए कप क्रिकेट सुरु, निंगलाशैनी, त्रिपुरा र पञ्चकोटी क्रिकेट क्लवको विजयी सुरुवात

Image
बैतडी,२५ चैत- बैतडीमा आजदेखि बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको १७ औं संस्करण सुरु भएको छ । निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा आज भएको पहिलो खेलमा निंगलाशैनी क्रिकेट क्लव (एनसिसि)ले विजयी सुरुवात गरेको छ । एनसिसिले ग्वाल्लेक क्रिकेट क्लवलाई ८ विकेटले पाखा लगाउदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । टस हारेर ब्याटिंगको निम्ता पाएको ग्वाल्लेकले पिताम्वर जोशीको सर्वाधिक २८ रनको मद्दतमा ९६ रनमा समेटियो । ग्वाल्लेकको पारी ध्वस्त पार्ने क्रममा एनसिसिका दिपक बोहराले सर्वाधिक ३ विकेट हात पारे । ऋषिकेश बोहरा र शंकर महरले समान २/२ विकेट हात पारे । ९७ रनको झिनो लक्ष्यका साथ मैदान उत्रेको एनसिसिले ११ दशमलव ४ ओभरका २ विकेटको क्षतीमा विजय लक्ष्य हासिल गर्यो । उसका लागी म्यान अफ द म्याच दिपक बोहराले ४० रनको योगदान गरे भने दिपेन्द्र बोहरा ४६ रनमा अविजित रहे । ग्वाल्लेकका पिताम्वर जोशी र राम चन्दले एक एक विकेट लिए । उता बुढ्ढाबाजे क्रिकेट मैदान रातामाटामा भएको खेलमा त्रिलोचन क्रिकेट क्लवलाई ३ विकेटले पराजित गर्दै पञ्चकोटी क्रिकेट क्लव विजयी भएको छ । टस हारेर पहिला ब्याटिंग गरेको त्रिलोचनले ९...

बिडिसिए कप क्रिकेटको १७ औं संस्करण आजदेखि

बैतडी,२५ चैत- बैतडीमा आजदेखि बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको १७ औं संस्करण सुरु हुने भएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सुरु प्रतियोगितामा १६ टोली सहभागी छन् भने उनीहरुलाई ४ समूहमा विभाजन गरिएको छ । निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा आज बिहान साढे ८ बजे हुने पहिलो खेलमा निंगलाशैनी क्रिकेट क्लव र ग्वाल्लेक क्रिकेट क्लव भिड्दा बुड्डाबाजे खेलमैदान रातामाटामा पञ्चकोटी क्रिकेट क्लव र त्रिलोचन क्रिकेट क्लव आमनेसामने हुने बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । यस्तै आजै देहिमाण्डौंमा दिउँसो १ बजे हुने दोस्रो खेलमा ग्वाल्लेक क्रिकेट क्लव र केदारशक्ति क्रिकेट क्लव प्रतिस्प्रर्धा गर्दा रातामाटामा त्रिलोचन क्रिकेट क्लव र त्रिपुरा क्रिकेट क्लव भिड्ने भएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार नगद,ट्रफी र प्रमाणपत्र राखिएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । बैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुनै खे...

बिडिसिए कप क्रिकेटको खेलतालिका सार्वजनिक

Image
बैतडी,२३ चैत- यही चैत २५ गतेदेखि बैतडीमा सञ्चालन हुन लागेको बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेलतालिका आज सार्वजनिक गरिएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बुड्डाबाजे क्रिकेट मैदान रातामाटा र निङ्लाशैनी क्रिकेट मैदान देहिमाडौंमा सञ्चालन हुने जनाएको छ । १६ टोली सहभागी रहेको प्रतियोगिता ४ समूहमा विभाजन गरिएको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । समूह “ए”मा यौंगस्टार क्रिकेट क्लव,पाटन स्टार क्रिकेट क्लव, असिम केदार क्रिकेट क्लव र महामाया क्रिकेट क्लव रहेका छन् । समूह “बी”मा निंगलाशैनी क्रिकेट क्लव,ग्वाल्लेक क्रिकेट क्लव,खोडपे क्रिकेट क्लव र केदारशक्ति क्रिकेट क्लव रहेका छन् । जेएवाईसी,दशरथचन्द प्रतिष्ठान,केदार नागार्जुन क्रिकेट क्लव र कालाशैनी क्रिकेट क्लव समूह “सी”मा रहेका छन् भने समूह “डी”मा पञ्चकोटी क्रिकेट क्लव,त्रिपुरा क्रिकेट क्लव,त्रिलोचन क्रिकेट क्लव र कैलपाल क्रिकेट क्लव रहेका छन् । चैत २५ गते निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा हुने पहिलो खेलमा निंगलाशैनी क्रिकेट क्लव र ग्वाल्लेक क्रिकेट क्लव भिड्दा बुड्डाबाजे ख...

तल्लोसोराड़मा माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

बैतडी,१८ चैत- माटोको ढिस्कोमा पुरिएर बैतडीमा आज एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिका ६ बसेडीकी १५ बर्षीया लक्ष्मी सुतार रहेकी छन् । आज दिउँसो घर नजिकै रहेको माटोको खानीबाट माटो खनिरहेका बेला माथिबाट एक्कासी खसेको ढिस्कोले उनको मृत्यु भएको स्थानियबासिन्दा गम्भिर दयालले जानकारी दिनुभयो । लक्ष्मी स्थानीय जिम्मेश्वर आधारभूत विद्यालय बसेडीमा कक्षा ८ मा अध्ययनरत रहेकी थिईन्।

शिक्षक स्टाफले क्याम्पसको चाबी सञ्चालक समितिलाई बुझाए

बैतडी,१७ चैत- १८ महिनादेखि तलबभत्ता नपाएको भन्दै बैतडीको मेलौली नगरपालिकामा रहेको मणिलेक बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक स्टाफ र कर्मचारीहरुले क्याम्पसको चाबी शुक्रवार सञ्चालक समितिलाई बुझाएका छन् । क्याम्पसमा कार्यरत शिक्षक स्टाफ र कर्मचारीहरुले गएको १८ महिनादेखि तलबभत्ता नपाएको भन्दै चाबी सञ्चालक समितिलाई बुझाएका हुन् । लामो समयदेखि अध्यापन गरिरहेका शिक्षक र काम गरिरहेका कर्मचारीहरुले तलब नपाएकाले अब उप्रान्त काम नगर्ने भन्दै चाबी सञ्चालक समितिलाई बुझाएको क्याम्पस प्रमुख भवानीसिंह नायकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “भोको पेटले काम गर्न नसक्ने सबै स्टाफहरुले बताएपछि आफूले सञ्चालक समितिको बैठकमै चाबी बुझाएको हो” , यता सञ्चालक समितिले भने विविध कारणले समयमा तलबभत्ता दिन नसकेको जनाएको छ । विद्यार्थीको संख्या घट्दै जानु र क्याम्पसको खर्च बढ्दै गर्नाले समयमै तलब दिन नसकिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशवसिंह भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ आफूहरुले शिक्षक र कर्मचारीको तलब खुवाउनका लागि प्रयास गरिरहेका छौ” । २०६५ सालमा स्थापना भएको क्याम्पसमा शिक्षा,विज्ञान र व्यवस्...

बैतडीका शक्तिपीठमा भव्य जात्रा

बैतडी,११ चैत- बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरमा चैतदशैंको अवसरमा जात्रा तथा मेला लागेको छ । प्रत्येक बर्षको चैतमा हुने नवरात्रीमा शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा जारी रहेको स्थानीयहरुले बताएका छन् । बैतडीको देहीमाण्डौंमा रहेको प्रसिद्ध निंगलासैनी भगवती मन्दिर, त्रिपुरा सुन्दरी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलासैनी भगवती मन्दिरमा पूजाआजा सहित बलि दिने चलन समेत रही आएको छ । चैतको नवरात्रमा चोखोभोको रहेर शक्तिपीठहरुको पूजाआजा गर्ने चलन रही आएको निंगलासैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले जानकारी दिनुभयो । जिल्लाका शक्तिपीठ तथा मन्दिरमा भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । निंगलासैनी भगवती मन्दिरमा आज रांगा तथा बोकाको बली दिईने गरिन्छ । यहाँ बैतडी,डडेल्धुरा,दार्चुला र छिमेकी मुलुक भारतवाट समेत दर्शनार्थी आएका छन् । देहीमाण्डौंमा लाग्ने जात्रालाई भव्य रुपमा मनाउनका लागि मेला अवधिभर मदिरा निषेधित क्षेत्र घोषणा गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । जात्रामा कसैले मदिरा सेवन तथा विक्रि वितरण गरेको पाइएमा कानुनी कारवाही गरिने बताइएको छ । यसैबीच पुर्चाैंडी नगरपालिकाको मल्लादेहीमा ...

बैतडीमा एसइई : आज १९१ परिक्षार्थी अनुपस्थित, हिजो १९२ परिक्षार्थी अनुपस्थित

बैतडी,९ चैत माध्यमिक शिक्षा परिक्षा(एसइई)को आज दोस्रो दिनको परिक्षा सम्पन्न भएको छ । आज अनिवार्य नेपाली विषयको परिक्षा सम्पन्न भएको हो । बैतडीमा नेपाली विषयको परिक्षामा बैतडीमा १९१ जना परिक्षार्थी अनुपस्थित भएका जिल्ला शिक्षा कार्यालय बैतडीका निमित्त जिल्ला शिक्षा अधिकारी शंकर दत्त भट्टले जानकारी दिनुभयो । बैतडीमा जम्मा ५ हजार ८९४ परीक्षार्थी सहभागी भएका छन् । ती परीक्षार्थीका लागि २५ केन्द्र नियमित र २ केन्द्र एक्जाम्टेडका गरी जम्मा २७ वटा परीक्षा केन्द्र कायम गरिएका छन् । एसइई परिक्षाका लागी बैतडीमा २७ केन्द्राध्यक्ष, ३१ सहायक केन्द्राध्यक्ष, २४८ निरीक्षक, ४०५ सुरक्षाकर्मी र १३७ जना सहयोगी गरी ८ सय ४८ जनशक्ति परिचालन भएका छन् । यसअघि हिजो पहिलो दिन अंग्रेजी विषयको परिक्षामा १९२ जना परिक्षार्थी अनुपस्थित रहेका थिए । हालसम्म दुई दिनसम्म सञ्चालन भएको एसइई परिक्षा जिल्लाभरी निष्पक्ष, मर्या्दित र व्यवस्थित रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ । अव आउदो आईतवार रामनवमीको बिदा भएकोले सोमवार अनिवार्य गणित विषयको परिक्षा सञ्चालन हुने भएको छ ।

झुलाघाटबाट ५२ बालकको उद्धार

बैतडी, ८ चैत – प्रहरीले बैतडीको सिमानाका झुलाघाटबाट आज एकैदिन ५२ जना बालकको उद्धार गरेको छ । बैतडी र बझांगका गरी ५२ जनालाइ भारत जाँदै गर्दा सिमानाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।विद्यालयको परिक्षा दिएर बिदा भएकाले बिद्यार्थीहरु दिनहुदिन भागेर भारत जाने गरेकाले आज बिहानदेखि अहिले सम्म ५२ जनालाई भारत जान नदिएको सिमानाका प्रहरीचौकी झुलाघाट प्रहरी प्रमुख चक्रदेव पाण्डेयले बताएका छन् । जसमध्ये २८ जनालाइ जिल्ला प्रहरी कार्यलयमा पठाइएको छ भने २४ जनालाइ अहिले सिमानाका झुलाघाटमै राखेर परिवारको सम्पर्कमा लगाउने तयारी भइरहेका पाण्डयेले बताएका छन् । १२ वर्षदेखि १९ वर्ष सम्मका विद्यार्थी कोही घरपरिवारको स्वीकृत लिएर भारत जाने गरेका छन् भने कोही भागेर भारत जान लागेको प्रहरीले जनाएको छ । उद्धार गरेका सबै बालकलाइ आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका सबैको उमेर १२ वर्षदेखि १७ बर्षमुनि रहेको प्रहरीले जनाएको छ ।