Posts

Showing posts with the label जिप दुर्घटना

डोटी दुर्घटनाः मृतकको संख्या पाँच पुग्यो

Image
डोटी, वैशाख ९ गते । डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेका छन् । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।  थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बाटामा मृत्यु हुनेमा शिखर नगरपालिका–८ लाटामाडौँकी ३५ वर्षीया झाकरी भुल र नगरपालिका–३ की २८ वर्षीया धौलीदेवी भुल छन् । यसअघि शिखर–३ जोरागाउँकी ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय सुरज भुलको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा घाइते रहेका १४ जनामध्ये एक जनाको नेपालगञ्ज र १३ जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । शनिबार अपराह्न दिपायलबाट शिखर–३ जोरागाउँ जान लागेको ग १ ख ५२७५ नंको बोलेरो जीप दुर्घटना भएको थियो । (रासस)

डोटी जिप दुर्घटना: मृत्यु हुनेको सङख्या चार पुग्यो

धनगढी बैशाख ०९ डोटीको शिखर नगरपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङख्या चार पुगेको छ । ३ जनाको घटना स्थलमै मृत्यू भएकोमा थप एक जनाको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते ३५ बर्षिय झाकरी भुलको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा भुत्यु भएको हो । दिपायल बाट शिखर नगरपालिका ३ जोरागाउ जान लागेको ग १ ज ५२७५ नम्बरको महेन्द्रा बोलेरो जिप दुर्घटना हुँदा शिखर नगरपालिका ३ बस्ने ३२ बर्षकी कट्टी सार्की, सोही ठाउका १४ बर्षका सुरज भुल र ४० बर्षकी खिनतोली भुलको घटनास्थलमै मृत्यु भईसकेको थियो । घाईते १५ जनाको कोहलपुर मेडीकल कलेज र सेती अस्पतालमा उपचार भईरहेको छ । घाईते हुनेमा वडा नम्बर ३ का चुनादेवी भुल, सपना भुल, कैलाश भुल, शुरेश भुल, खिमा भुल, वली भुल, शंकर भुल, धौली भुल, नारु भुल, अम्रित भुल, बाशु भुल र अर्जुन भुल रहेका छन । दुर्घटनामा चालक २४ बर्षका भिम भुल, उनकी श्रीमती टिकरा भुल र २ बर्षिय छोरा अनुज भुल पनि घाईते भएका छन । उकालो मोडमा मोड्न नसक्दा जिप पल्टीएको उहाँले बताउनुभयो ।

Breaking–डोटीमा जिप दुर्घटना, ३ जनाको घट्नास्थलमै मृत्यु

धनगढी बैशाख ८। डोटीको शिखर नगरपालीका ३ कालागाडमा जिप दुर्घटना हुदा ३ जनाको घट्नास्थलमै मृत्यु भएको छ। १६ जना घाईते भएका छन। कालागाड बाट जोरा गाउँ जाने कच्ची बाटोमा जिप दुर्घटना भएको हो। घटना स्थलमा प्रहरी केहीबेर अघि मात्रै पुगेको छ। मृतकको संख्य अझै बढ्न सक्ने अनुमान गरिएको छ। डोटीको शिखर नगरपालिकामा जिप दुर्घटना हुदा मृत्यु भएका ३ जनाको सनाखत भएको छ। ग १ ज ५२७५ नम्बरको शैलेश्वरी यातायातको जिप शिखरनगरपालिका ३ कालागाडबाट जोरागाँउ जाने कच्ची सडकमा दुर्घटना भएको हो। दुर्घटनामा परि शिखर नगरपालिका वडा नम्बर ३ का चिनपुरी भुल, कटी सार्कि र शुरज भुलको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाईते भएका १६ जनालाई उद्धार गरी अस्पताल ल्याउने काम भईरहेको छ।

रुकुममा जीप दुर्घटनामा एकको मृत्यु, नौ घाइते

रुकुम, ८ चैत्र – रुकुम पश्चिमको मुसीकोट खलंगाबाट आठबीसकोट जाँदै गरेको लु१ज २६३८ नम्बरको जीप बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौंजना खाइते भएका छन्। बाँफिकोट गाउँपालिका वडा नं. ६ मग्मामा उक्त जीप दुर्घटना भएको हो। दुर्घटनामा परी सोही गाउँपालिका वडा नं. ७ का अन्दाजी २९ वर्षीय खम्ब खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतककी श्रीमति अमृता खत्री र उनका सात वर्षका छोरा हिडन खत्री गम्भिर घाइते भएका छन्। यस्तै सोही गाउँपालिका वडा नं. ७ का ३५ वर्षीय प्रकाश नेपाली, २० वर्षीय निरुता खत्री, ४० वर्षीय बलबहादुर नेपाली, २६ वर्षीय राजकुमार खत्री, बालिका मञ्जु खत्री, आठसीसकोट नगरपालिका वडा नं. ९ का २५ वर्षीय रमेश खत्री र वडा नं. १२ का ३८ वर्षीय मानबहादुर विष्ट घाइते भएका छन्। दुर्घटनामा घाइते भएका आमाछोराको अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य घाइतेको जिल्ला स्वास्थ्य कार्यालय सल्लेमा उपचार भइरहेको छ। जीपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी का...

बैतडीमा जिप दुर्घटना एकको मृत्यु, छ घाईते

बैतडी,२१ फागुन- गोकुलेश्वर –गन्ना सडकखण्ड अन्तर्गत बैतडीको डिलाशैनीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुला मार्मा ३ का ३६ बर्षिय कृष्ण सिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो । दुर्घटनामा ६ जना घाईते भएका छन् । गम्भिर घाईते १ जनाको परिचय खुल्न सकेको छैन । अन्य घाईते हुनेहरुमा दार्चुला मार्मा ६ का अकवर महरा, गोमती महरा, गिता महरा , भारतीय नागरिक मेरमान सिंह र सुर्वण सिंह रहेका छन् । घाईतेको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ । दार्चुलाको लटिनाथबाट गोकुलेश्वरका लागी छुटेको म १ ज २३३ नम्बर जीप बैतडीको डिलासैनी गाउँपालिका ३ झर्नामा आज बेलुका साढे ५ बजे दुर्घटनामा परेको हो । जिप दुर्घटनाको कारण अझै खुल्न सकेको छैन् । चालक दिपक विष्ट फरार रहेका छन् । जिप सडकवाट ५०० मिटर तल चमेलिया नदीमा खसेको प्रहरीले जनाएको छ ।

डोटीमा जीप दुर्घटना हँदा ९ को मृत्यु, ७ घाइते

डोटी । डोटीको बोगटान गाउँपालिका ६ गगुडाधारमा शुक्रबार राति  जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दिपायलबाट बोगटान तर्फ गाईरहेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप बोगटान गाउँपालिका  ६ गगुडाको धारमा चिप्लीएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले बताए । जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु, ४ जना गम्भीर र  ३ जना समान्य घाइते  भएका छन् । प्रहरी नायव उपरिक्षक सिंहका अनुसरा मृत्यु हुनेमा बोगटान गाउँपालिका  १ बस्ने ३५ वर्षिय विष्णु बहादुर मगर, ५० वर्षिय बुढो घर्तिमगर, ४५ वर्षिय गोरख थापा, ४५ वर्षकी ललिता पुन मगर, ४८ वर्षिय ससिराम बहादुर पुनमगर, ४० वर्षिय टेक बहादुर पुन मगर, ३० वर्षिय चन्द्र बहादुर घर्तिमगर, ५५ वर्षिय भीम घर्तिमगर र जीप चालक शिखर नगपालिका १ बस्ने २८ वर्षिय विष्णु नेगी रहेका छन् । यस्तै गम्भीर घाइते हुनेमा दल बहादुर पुन मगर , हर्क बहादुर घर्तिमगर, बिर बहादुर घर्तिमगर, प्रकाश घर्तिमगर रहेका छन् । घाइतेहरुलाई  सुजन हस्पिटल दिपायलमा लग्ने कार्य भइरहेको उनले बताए । जीप सडकबाट ५ सय मिटर तल खसेको छ । src manaskhanda