Posts

Showing posts from January, 2018

चमेलियाकोे १५ मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा

दार्चुला,१७ माघ- चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिट अर्थात् १५ मेगावाटको विद्युत् उत्पादन परीक्षण सम्पन्न भएकोे छ । यो सँगै १५ मेगावाट विद्युत् आजदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो । अर्कोे युनिटबाट उत्पादित थप १५ मेगावाट विद्युत्को परीक्षण माघ २७ मा गरिने बताउँदै त्यसपछि दुईवटै युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजना प्रमुख दाहालले जानकारी दिनुभयो । आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा २५० गुणा बढी समय लागेको थियो । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । रु आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ । यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सिजिजिसी)ले निर्माण गरिरहेको छ ।

प्रधानन्यायाधीशबाट ज्यान मार्ने धम्की आएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीद्वारा प्रशासनमा निवेदन

आफूलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले ‘ज्यान मार्ने’ भन्दै धम्क्याएको र त्यसपछि अज्ञात समूह आफ्नो कार्यालयमा आएर त्रासको वातावरण कायम राखेको भन्दै उनले प्रशासनमा शान्ति सुरक्षाको बुधबार निवेदन दिएका हुन् । ‘डा. गोविन्द केसीको मुद्दाको सुनुवाई हुने दिन अपरान्ह प्रधानन्यायाधीश पराजुलीले नै फोन गरेर मलाई धम्क्याउनु भयो’ अधिवक्ता भण्डारीले कान्तिपुरसित भने, ‘त्यसको केही सातापछि पनि उहाँको अर्को धम्कीपूर्ण फोन आयो। सामान्य होला भन्ठानेको थिएँ। मेरो फर्ममा नै अज्ञात व्यक्तिहरु आएर अस्वाभाविक गतिविधि गर्न थालेपछि पुरानो घटनासमेत सार्वजनिक गरेको हुँ।’ गत असोजमा वरिष्ठताको उपाधी पाएका भण्डारी कानूनमा विद्यावारिधी गरेका व्यक्ति हुन्। उनी जापानलगायतका मुलुकका केही विश्वविद्यालयका अतिथि प्राध्यापक समेत हुन्। डा. गोविन्द केसी विरुद्ध अदालतको अवहेलना मुद्दाको प्रतिरक्षा गरेका उनले केही दिनअघि मात्रै पाका प्रशासनविद् र सरोकारवालाहरुले तयार पारेको ‘एनसेल करछली प्रकरण’मा सार्वजनिक सरोकारको मुद्दाको मस्यौदा गरेका थिए। प्रधानन्यायाधीश स्वयंले धम्क्याएको विषय सार्वजनिक भइसक्दा सर्वोच्च अदालतले यसबारे कुन

6.1 magnitude earthquake rattles Afghanistan - tremors in Pakistan, India

Islamabad/Kabul, Jan 31 (PTI) A powerful 6.1 magnitude earthquake struck northern Afghanistan today, with the tremors felt as far away as India and Pakistan, where one girl was killed and 11 people were injured. The quake hit at 12:52 NPT (Nepal Standard Time) near Afghanistan's northern border with Tajikistan in the Hindu Kush mountains at a depth of 191 kilometers, the US Geological Survey said. AFP news agency reported that frightened residents ran out of homes and shops in Kabul. No casualties were immediately reported in Afghanistan, the spokesman for the countrys National Disaster Management Authority told 1TV. Across the border in Pakistan, homes, offices and schools were quickly evacuated in Islamabad, Peshawar and Lahore. Mild tremors were also felt in New Delhi. In Pakistans Quetta town, one girl was killed after the roof of her house collapsed during the earthquake. Deputy Commissioner Shabir Mengal said they were also incidents in other parts of Quetta where around a do

धनगढीका दैनिक जसो उडान रद्ध हुन थालेपछि हवाई यात्रु दोहोरो मारमा

धनगढी माघ १६ आईतवार नेपाल बायुसेवा निगमको विमानबाट धनगढी आउदै गर्दा बाटोमै मौसम विग्रीएपछि नेपालगञ्ज अवतरण गराईनुभएका महेन्द्रनगरका श्याम चन्दले दोहोरो रकम खर्च गर्नुपर्‍यो । धनगढी विमानस्थलमा कम भिलिविलीटीमा समेत जहाज अवतरण गर्न सकिने भीओर/डिएमई उपकरण जडान नभएपछि धनगढी विमानस्थलमा अवतरणका लागी ५ मिनेट मात्रै बाँकी रहेका बेला मौसम विग्रीयो भन्दै टिकापुरको आकासबाट विमान फर्काएर नेपालगञ्ज अवतरण गराईएको हो । यो हिउदमा धेरै उडान रद्ध भएपछि यात्रुहरुले समस्या झेल्नु परेको छ । आईतवार दिउसो मौसम सफा भएको भन्दै बुद्ध एयरको विमान काठमाडौबाट धनगढीका लागी उड्यो र धनगढी विमानस्थलमा अवतरण पनि भयो । तर केहि समयपछि काठमाडौबाट उडेको नेपाल एयरलाईन्सको विमान भने अवतरण हुन ५ मिनेट बाँकै रहँदै मौसम विग्रीएपछि नेपालगञ्ज अवतरण गराईएको हो । हिउदमा मौसम विग्रीरहने भएकाले धेरै दिन उडान रद्ध गर्नुपरेको नेपाल वायु सेवा निगम धनगढीका प्रमुख जनक विष्टले बताउनुभयो । विमानस्थलमा लामो समय सम्म कुरेर अन्तमा मौसम विग्रीएको भन्दै उडान रद्ध गर्ने परिपाटी नै बसीसकेको छ । जस्ले गर्दा यात्रुहरुले बेर्थैमा समय खेर फाल्नु पर्न

मोदीलाई ओलीको सन्देश, 'तपाई र तपाईको सरकारसंग काम गर्न आतुर छु'

काठमाडौँ — एमाले अध्यक्ष केपी ओलीले आफु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारसंग काम गर्नको आतुर रहेको बताएका छन् । उनले गणतन्त्र दिवसको अवसरमा मोदीलाई एक सन्देश पठाउँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनका लागि स‌ंगै काम गर्न चाहेको बताएका हुन् । 'यो अवसरमा सबै प्रकारका सफलताका लागि म शुभेच्छा ब्यक्त गर्न चाहन्छु र हाम्रो दुई देश र जनताबीचको सहकार्य अझ मजबुत हुने अपेक्षा राख्दछु' सन्देशमा ओलीले भनेका छन्, 'भरखरैको निर्वाचनबाट चुनिएका एक जनप्रतिनिधि र संघीय संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा म तपाई र तपाईको सरकारसंघ दुई देशको उज्वल भविश्यको लागि स‌ंगै काम गर्न अतुर छु।' ओलीले सन्देशमा सार्वभौमसत्ताका लागि गरिएको बलिदान र ति संघर्षहरुको परिणामलाई संस्थागत गरेको महत्वपूर्ण इतिहास भारतको रहेको पनि उल्लेख गरेका छन्। उनले भनेका छन्, 'भारतको संविधान जनताबाट निर्वाचित प्रतिनिधिहरुले लेखेको जनताको भावना र आकांक्षको समुचित र बिस्तृत दस्तावेज हो।' उनले भारतीय संविधान कार्यान्वयनको अनुभवबाट सिक्दै गरेको उल्लेख गर्दै त्यसतर्फ पहिलो पाइला चालेको र हालै म

बैतडीमा जीप दुर्घटना, ३ जना घाईते

१६ माघ- जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका ७ बाझँपानीमा आज बिहान जीप दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । घाईते हुनेहरुमा जीप चालक कृष्णपुर २ कञ्चनपुरका ३० बर्षिय महेश भट्ट, गौरीगंगा नगरपालिका ३ कैलालीका ४० बर्षिय वीर वहादुर चौधरी र उहाँकी ३५ बर्षिया श्रीमती सुन कुमारी चौधरी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । घाईतै तीनै जनाको बैतडीमा उपचार हुन नसकेपछी थप उपचारका लागी सुदूरपश्चिम उप–क्षेत्रिय अस्पताल डडेल्धुरा लगिएको छ । धनगढीवाट बझाङ जादै गरेको बा १६ च ८८६५ नं.को जीप आज बिहान ८ बजेर ४५ मिनेटमा खोडपे–बझाङ सडकखण्डको बाझँपानीमा दुर्घटनामा परेको हो । बिहानको समयमा सडकमा तुसारो जमेकाले जीप चिप्लीएर दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । जीप सडकवाट ३० मिटर तल खसेको छ ।

बैतडीमा शहीद दिवस - शहीद दशरथ चन्दको जन्मघरमा पनि शहीद दिवस

१६ माघ- शहीद दशरथचन्दको जन्मभूमी बैतडीमा विविध कार्यक्रमको आयोजना गरि शहीद दिवस मनाइएको छ । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको केन्द्रिय कार्यालय सुन्दरखालीबाट शहीद दशरथचन्दको जन्मघर सम्म प्रभातफेरी गरिएको थियो । अमर शहीद दशरथ चन्दको जन्म घर बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटमा रहेको शहीद सदनमा बिशेष श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायधिश विष्णुप्रसाद गौतम प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सिद्धराज भट्ट, दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्द लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको २३ औं बार्षिकोत्सव समेत भएकाले प्रतिष्ठानका सचिव दुर्गादत्त जोशीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका अधिकांश वक्ताहरुले सहिदका सपना अझै पनि पूरा नभएकाले सहिदका सपना पूरा गर्ने दिशातर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । यसैबीच शहीद दशरथचन्दको जन्मघर हेर्न आउने पाहुनालाई सजिलो होस भन्नका लागि नजिकै होमस्टे सञ्चालनको

गुरुखोलामा बेवारिसे सामग्री फेला

१६ माघ बैतडीमा प्रहरीले मंगलवार बेवारिसे अवस्थामा विभिन्न सामग्री फेला पारेको छ । दशरथचन्द नगरपालिका वडा नं १ गुरुखोलाको डोडर सामुदायिक वन नजिकै वेवारिसे अवस्थामा उक्त सामग्रीमा भाँडाकुडा तथा अन्य घरायसी प्रयोजनका सामग्री समेत फेला परेका छन् । गुरुखोला प्रहरीचौकीले गस्तीका क्रममा ती सामग्रीहरु फेला पारेको हो । तामाका गाग्री ६ ओटा, सुनको जस्तो देखिने फुली र मंगलसुत्र, कचौरा,गिलासा, तावा लगायत घरायसी प्रयोजनका सामग्री फेला परेका गुरुखोला प्रहरीचौकीका इन्चार्ज शंकरसिंह धामीले जानकारी दिनुभयो । यस्तै ब्याट्री र पाता सहितको सोलार प्यानल, महिला लगाउने कपडा र झोला समेत फेला परेको उहाँले बताउनुभयो । कसैको सामग्री हराएको भएपनि प्रहरीचौकीमा सम्पर्क राखेर लैजान सक्ने प्रहरीले जनाएको छ । फेला परेको उक्त सामग्री कसले र कहाँवाट ल्याएर त्यहाँ राखिएको भन्ने केही पनि खुल्न सकेको छैन् ।

निरन्तर शिक्षा सञ्चालन हुने

बैतडी,१३ माघ- बैतडीमा आगामी फागुन १ गतेदेखि निरन्तर शिक्षा सञ्चालन हुने भएको छ । जिल्लामा रहेका १९ ओटा सामुदायिक सिकाई केन्द्रहरु मार्फत निरन्तर शिक्षा सञ्चालन गर्ने तयारी भएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त जोसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“४ महिना सञ्चालन हुने निरन्तर शिक्षा कार्यक्रम अन्तर्गत १९६ कक्षा सञ्चालन गरिनेछन्” । यसअघि सञ्चालन भएका साक्षरता कक्षाका माध्यमबाट साक्षर भएका नागरिकलाई पुन जार्गरण गराउने र निरक्षर भएकाहरुलाई साक्षर गराउने उद्देश्य सहित निरन्तर शिक्षा सञ्चालन गरिने विद्यालय निरीक्षक जोशीले जानकारी दिनुभयो । सहजकर्ताहरु मार्फत निरन्तर कक्षा सञ्चालन गरिने बताईएको छ । एक कक्षामा १५ जना समावेश गर्ने गरी कक्षा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । निरन्तर शिक्षा सञ्चालनले बैतडीलाई निकट भविष्यमै पुर्ण साक्षर जिल्ला घोषणा गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

बैतडीको सतबाँझमा स्याउ फल्न छोड्यो

बैतडी,१३ माघ – बैतडीको सतबाँझमा गएको १२ बर्ष यतादेखि स्याउ फल्न छोडेको छ । स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउ उत्पादन हुन छोडेको हो । वि सं २०१९ सालमा स्थापना भएको वागवानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ । सतबाँझमा पहिला देशभरीकै बढी स्याउका जात फल्ने गरेको भएपनि पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न पनि छोडेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख वागवानी विकास अधिकृत लक्ष्मीदत्त पाण्डेयले जानकारी दिनुभयो । स्याउ फल्न छोडेपछि सुख्खा फलफूल विकास केन्द्रले अहिले हिउँदे फलफूलका विरुवा उत्पादन गर्न थालेको पाण्डेयले बताउनुभयो । स्याउ फल्ने समयमा साउन देखि कार्तिक सम्म सतबाँझमा स्याउ पाक्ने गरेको तर पछिल्लो समयमा बोट समेत हुर्कन नसकेको उहाँले बताउनुभयो । बैतडीमा स्याउ फल्न छाडेपछी हाल तराई तथा भारतवाट स्याउ आयात हुने गरेको छ । बैतडीको सतबाँझमा स्याउ फल्ने बेला सुदूरपश्चिमका साथै काठमाडौं सम्म विक्रीका लागी लगिने गरिएको थियो । वि.सं.२०१९ मा सतबाँझको ५७५ रोपनी क्षेत्रफलमा स्याउ उत्पादन तथा प्रबर्धनका ला

प्रदेश कार्यालयमा कर्मचारी नहुदा कामकाज सञ्चालन गर्न समस्या

प्रदेश नम्वर ७ मा प्रदेश सभा सचिवालय तथा प्रदेश सरकारका लागि चाहिने आवश्यक कर्मचारी अभावले कामकाज सञ्चालन गर्न समस्या भएको छ । प्रदेश सभाको पहिलो अधिवेशन सञ्चालन गर्नका लागि कर्मचारी नहुदा त्यसको कस्तो तयारी गर्ने भन्ने अन्यौलमा सरकारी अधिकारी देखिएका छन । प्रदेश प्रमुखको सचिवालयका लागि १३ जनाको दरबन्दी रहेको छ । त्यस मध्ये तीन जना कर्मचारी मात्रै आईपुगेका छन । प्रदेश सभाको पहिलो वैठक माघ २१ गते तोकिएपनि, संसदीय प्रकृयाको जानकारी भएका कर्मचारी नआउदा त्यो बैठक पनि हतार हतारमा हुने देखिएको छ । यसले प्रदेश सभाको वैठक पछिको काम र बैठक अघिको कामहरु प्रभावित हुने भएका छन । प्रदेश सभा तथा प्रदेश सरकारका लागि चाहिने आवश्यक कर्मचारी अभावले कामकाज सञ्चालन गर्न ढिलाई समेत भईरहेको छ । माघ २१ गते हुने प्रदेश सभाको पहिलो वैठकका लागि संसदीय सचिवालयमा आउने कर्मचारी नपुगेका कारण त्यसको तयारी कसरी गर्ने भन्ने दुविधा भएको प्रदेश प्रमुखको सचिववालयका सचिव युवराज सुवेदीले बताउनुभयो । प्रदेश सभाको पहिलो वैठक २१ गते तोकिएपछि त्यसको आवश्यक तयारी भईरहेको छ । संरचना निर्माण र मर्मतको काम भईरहँदा, त्यहाँ कुन ठाउँ

दोस्रो पञ्चदेवल महोत्सव हुने

अछामको पञ्चदेवल क्याम्पसको विकासका लागि दोस्रो पञ्चदेवल महोत्सव २०७४ हुने भएको छ । मुल आयोजक समिति पञ्चदेवल विनायक नगरपालिका अछामले फागुन १८ गतेदेखि महोत्सव सञ्चालन गर्न लागेको हो । पञ्चदेवल, स्थानिय उत्पादन, साहित्य, संस्कृति, शिक्षा र पर्यटन विकास’ भन्ने लक्ष्य सहित २०६९ सालमा सुरु भएको महोत्सवको दोस्रो संस्करण पाच वर्ष पछि गरिन लागेको आयोजक समितिका अध्यक्ष टंकबहादुर धामीले जानकारी दिनुभयो ।

गाउँपालिका केन्द्र सार्ने निर्णय बिरुद्ध स्थानीय आन्दोलित

अछामको रामारोशन गाउपालिकाको केन्द्र सार्ने निर्णय बिरुद्ध मुजाबगरका स्थानीय आन्दोलित भएका छन् । हाल अस्थायी रुपमा केन्द्र कायम रहेको रामारोशन गाउँपालिका–३ शान्तडास्थित मुजाबगरबाट सोही वडाको गैरीखेत भन्ने ठाउँमा केन्द्र कायम गर्ने बिषयमा गाउँ सभाले गरेको निर्णयका बिरुद्ध मुजाबगरका स्थानीय आन्दोलित भएका हुन् । आईतबार र सोमबार दुई दिन सम्म चलेको गाउँ सभाले गाउँपालिकाको केन्द्र मुजाबगरबाट करिव डेढ किलोमिटरको दुरीमा रहेको गैरीखेत भन्ने ठाउँमा कायम गर्ने निर्णय गरेको थियो । गाउँ सभाको उक्त निर्णयका बिरुद्ध मुजाबगरका व्यापारीले गाउँ कार्यपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका छन् । तालबन्दीसँगै स्थानीयले आजदेखि बजार यातायात समेत बन्द गराएका छन् । गाउँपालिकाको केन्द्र मुजाबगर राख्ने कि गैरीखेतमा राख्ने भन्ने बिषयमा गाउँसभामा सहमति हुन नसक्दा मतदान प्रक्रियाबाट केन्द्र सार्ने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो । सबै दलहरुले मतदान प्रक्रियाबाट जुन निर्णय हुन्छ त्यो मान्ने भने पनि मुजाबगरका स्थानीयले आफ्नो पक्षमा परिणाम नआउँदा आन्दोलन गरेको उपाध्यक्ष रावलले बताउनु

प्रदेश नम्बर ७ को प्रदेश सभाको पहिलो बैठक माघ २१ गतेका लागि आह्वान

प्रदेश नम्बर ७ को प्रदेश सभाको पहिलो बैठक यहि माघ २१ गते बस्ने भएको छ । प्रदेश प्रमुखको सचिवालयले माघ २१ गते प्रदेश सभाको पहिलो बैठक डाक्ने निर्णय बिहिवार मात्रै गरेको हो । माघ २१ गते हुने बैठकको आवश्यक बन्दोबस्ती र तयारी सुरु गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेश सभाका सदस्यले आफू मध्येबाट प्रदेश सभामुख र उपसभामुखको निर्वाचन गर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यसलगत्तै मुख्यमन्त्री चयनको प्रक्रिया पनि सुरु हुनेछ । निर्वाचनको परिणाम आएको २० दिनभित्र प्रदेश सभाको पहिलो बैठक बोलाउनुपर्ने संवैधानिक प्रावधान बमोजिम माघ २१ गते प्रदेश नम्बर ७ को पहिलो बैठक डाकिएको प्रदेश सचिवालयका सचिव युवराज सुवेदीले बताउनुभयो । जिल्ला समन्वय समितिको कार्यालय रहेको सभा हलमा २१ गते दिउँसो १ बजे बैठक आह्वान गरिएको हो । पहिलो बैठकका लागि जिल्ला समुन्वय समितिको भवनलाई ममर्त गरिने भएको छ । संसद भवनमा विभिन्न दलका संसदीय सचिवालय पनि हुनुपर्ने भएकाले जिल्ला प्राविधिक कार्यालयका १० वटा कक्षहरु खालि गराईएका छन । बाहिरका सटरहरुसँगै जोडिएका प्रावि

कानुन पनि मान्दैन ब्रम्हदेवको सिद्धनाथ मन्दिर समितिले - पूर्णगिरि माताको दर्शन गरेपछि जानैपर्ने तिर्थस्थल

महेन्द्रनगर । पूर्णागिरी यात्राको दोस्रो महत्वपूर्ण ब्रम्हदेवस्थित सिद्धनाथ मन्दिरमा प्रसाादी ठेक्कामा व्यापक अनियमितताको संकेत प्राप्त भएको छ । वार्षिक करिब २ करोडको आय हुने सो मन्दिरको व्यवस्थापन समितिले सार्वजनिक खरिद ऐनको वेवास्ता गर्दै मनोमानी गरिरहेको पाइएको छ । भीमदत्त नगरपालिका वडा नम्बर ९मा रहेको सिद्धनाथ मन्दिरको प्रसादी ठेक्का मंन्दिर संरक्षण समितिले मनपरी ठेक्का लगाउने गरेको प्रमाण समेत पाइएको छ । सार्वजनिक खरिद ऐनको व्यवस्था नाघेर समितिले बोलपत्र आव्हान गरेको छ । मन्दिर संरक्षण समितिले प्रसादी ठेक्काको बढाबढ प्रक्रियालाई प्रभावित गर्ने नियतले सूचना जारी गरी बुधबार बोलपत्र समेत खोलेको छ । हातले लेखेको सूचना मन्दिर वरपरका केही स्थानमा टाँसेर समितिले सो ठेक्का प्रक्रियामा वडा नम्बर ९ का वासिन्दा मात्रै सामेल हुन सक्ने अवस्था निर्माण गरेको छ । सार्वजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँभन्दा धेरैको बोलपत्रका लागि कम्तीमा २१ दिनको म्याद हुनु पर्ने र त्यसमा मूल्य अभिवृद्धि करमा दर्ता फर्मले मात्रै सामेल हुन पाउने भए पनि समितिले त्यसको ठीक उल्टो गरेको छ । कुनै पनि पत्रपत्रिकामा प्रका

अपहरण शैलीमा गोर्खाल्यान्डका नेता काठमाडौंबाट बेपत्ता - नेपाल प्रहरीकै सहयोगमा भारतीय प्रहरीले पक्राउ गरेको अनुमान

काठमाडौँ — गोर्खाल्याण्ड आन्दोलनमा संलग्न एक जना नेता चार दिनदेखि काठमाडौबाट अपहरण शैलिमा बेपत्ता पारिएका छन् । धापासीस्थित काका ससुरा प्रकाशचन्द्र मुखियाको घरमा आएका बेला गोर्खाल्याण्ड टेरेटोरियल एडमिनिस्ट्रेसन (जीटीए)को बोर्ड सदस्य सञ्जय थुलुङलाई अपरिचित समूहले बसुन्धराबाट बेपत्ता बनाएको हो । काका ससुरा मुखियाले अज्ञात समुहले आफ्नी पत्नी सविता राईलाई समेत दुर्व्यवहार गरेको बताए । उनी गोर्खा जनमुक्ति मोर्चाको युवा संगठन गोर्खा जनमुक्ति युवा मोर्चाका पूर्व केन्द्रीय उपाध्यक्ष समेत थिए । गाडीमा आएका अज्ञात व्यक्तिहरुले आफूहरु नेपाल प्रहरी भएको बताएको सवितालाई उद्धृत गर्दै मुखियाले कान्तिपुरलाई जानकारी दिए । उनका अनुसार ज्वाईंको बेपत्ताबारे प्रहरी मुख्यालयमा समेत जानकारी गराइएको छ । ‘तर, घटनामा आफ्नो संलग्नता नरहेको प्रहरीले दाबी गरेको छ,' मुखियाले भने,‘कसले कहा बेपत्ता बनायो थाहै पाउन सकिएन ।’ अपरिचित समूहले थुलुङकी काकी सासु सविता राई मुखियालाई कतारबाट दाइले पठाएको सामान लिन आउनू भन्दै बोलाएका थिए । उनीहरुले राईलाई नियन्त्रणमा लिएर ज्वाईं सञ्जयलाई बोलाउन दबाब दिएका थिए । सविताले फो

सदरमुकाम सार्ने निर्णयको विरोधमा आन्दोलन

रुकुम (पूर्व) — जिल्ला सदरमुकाम सार्ने निर्णय गरिएपछि रुकुमकोटबासी आन्दोलीत भएका छन् । देशको कान्छो जिल्लाको मान्यता पाएको रुकुम पूर्वको सदरमुकाम अन्यत्रै सार्ने मन्त्रिपरिषद्को निर्णय गलत भएको भन्दै रुकुम पूर्वको सदरमुकाम रुकुमकोट र त्यस आसपासका सर्वसाधारण आन्दोलीत भएका हुन् । बिहीबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले सिस्ने गाउँपालिका–५ र ६, रुकुमकोटमा रहेको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, को गोलखाडामा सार्ने निर्णय गरेको छ । उक्त निर्णयको विरोधमा रुकुमकोटबासीले बिहीबार रातिदेखि जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् भने राति मसाल जुलुस पनि निकालेका थिए । रुकुमकोटबाट जिल्ला सदरमुकाम गोलखाडा सार्न नदिन सडक अवरुद्ध गरेको स्थानीय केशवचन्द्र समालले बताए । ‘सबैलाई न्याय हुने गरी भएको सदरमुकाम अन्यत्रै सार्नु भनेको जनतालाई दु:ख दिनु हो,’ उनले भने, ‘यस विरुद्ध हामी जिल्लाबासी आन्दोलीत भएका छौं ।’ राति नै आवश्यक सरसामान सार्नसक्ने भन्दै कतिपय स्थानीय रातिदेखि नै जिल्ला प्रशासन कार्यालयको प्रांगणमा बसेका छन् भने कतिपय सडकमै बसेका छन् । उनीहरुले रुकुमकोट प्रवेश र रुकुमकोटबाट बाहिरीने

डा. सन्दुक रुइत लाई भारत सरकारद्वारा पद्म श्री सम्मान

Image
ताप्लेजुङ्ग जिल्लाको ओलाङचुङ्ग गोलामा जन्मीएका डाः सन्दुक रुइत विश्व प्रख्यात आँखाका सर्जन हुन । उहाले आबिस्कार गरेको अप्रेसन पद्धती बिभीन्न मेडिकल कलेज हरूमा विश्वभरी पढाइन्छ । सन २००६ को रोमन मेगासेसे पुरस्कार बाट सम्मानित डाः सन्दुक रूइत लाई भारत सरकार द्वारा यस वर्षको गणतन्त्र दीवस को दिन प्रदान गर्ने गरी भारतको तेश्रो सर्वोच्च पुरुस्कार "पद्म श्री" बाट सम्मान गर्ने घोषणा गरेको छ । Dr. Sanduk Ruit is an eye surgeon from Nepal who has restored the sight of over 100,000 people across Africa and Asia using small-incision cataract surgery . He is also a founder of the Tilganga Institute of Ophthalmology .

सिमा मिचिएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने–एक ईन्च मिचिन दिन्नौं

पर्सामा नेपाली भूमि मिचिएको विद्यार्थी टोलीको निश्कर्ष काठमाडौँ — विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी पर्साको विभिन्न क्षेत्रमा भारतीय पक्षले नेपाली भूभाग मिचेको बिषयमा स्थलगत प्रतिवेदन बुझाएका छन् । भारतीय पक्षले नेपाली भूमि मिचेको समाचार प्रकाशित भएपछि दुवै विद्यार्थी संगठनको संयुक्त टोली स्थलगत अवलोकनमा गएको थियो। स्थानीयबासीसँगको छलफल र दुवै देशको सिमासम्बन्धी नक्साको अध्ययनपश्चात प्रतिवेदन तयार पारी प्रधानमन्त्रीलाई सुझाव सहित बुझाएको अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले बताए। विद्यार्थीहरुले बुझाएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक ईन्च भूभाग पनि मिचिन नदिने भन्दै आस्वस्त तुल्याए। प्रतिवेदनमा स्थलगत अवलोकनको क्रममा भेटिएका तथ्य र सुझाव समेटिएको छ। विद्यार्थीहरुले दशगजा क्षेत्रमा भारतीय पक्षले भौतिक संरचना बनाएको, नक्सांकनमा संलग्न नेपाली पक्षले हेलचेक्र्याइ गरेको जस्ता समस्या औंल्याएका छन्। स्थलगत अवलोकनको क्रममा लालपूर्जा भएको नेपाली जमिनमा सिमा स्तम्भ भेटिएको

आलोपालो चलाउँदै सचिव - स्थानीय तह -‘स्टोरकिपर’ देखि कार्यालय प्रमुखसम्म एउटै -आवश्यक कर्मचारी नहुँदा विकास निर्माण भएन - छैनन् नयाँ योजना

गुल्मीको दुर्गम मालिका गाउँपालिकाका ८ वटा वडामध्ये २ मा सचिव छैनन् ‘सेवा दुवै वडामा पुर्‍याउनैपर्‍यो,’ उनी भन्छन्, ‘दिन बाँडेर भए पनि काम गरेकै छु ।’ वडा ४ अर्खाबाङमा दुई दिन बिहानदेखि साँझ र ३ हाङदीमा ४ दिन पुग्ने गरेको उनले बताए । मालिकाका वडा ७ र ८ मा पनि एउटै सचिवले काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताए । सिंगो गाउँपालिकामा एकमात्र सुब्बा हुँदा स्टोरदेखि योजनासम्म एक्लै हेर्नुपरेको उनले सुनाए । चन्द्रकोट गाउँपालिकाका ८ वडामध्ये ४ मा मात्र सचिव छन् । बाबुराम भुसाल गाउँपालिकासँगै कफी विकास केन्द्र आँपचौर र जिल्ला हुलाक कार्यालयका समेत लेखापाल हुन् । दैनिक कार्य सञ्चालनका लागि आवश्यक नासुसम्म गाउँपालिकामा नभएको अध्यक्ष द्रोण खत्रीले बताए । ‘काम गर्नै समस्या परेपछि सचिवलाई वडाबाट झिकाएर गाउँपालिकामै बसेर वडाका काम गर्न लगाएका छौं,’ उनले भने । शिक्षा शाखाका लागि विद्यालय निरीक्षक जीवन खनाललाई चन्द्रकोट र सत्यवती गाउँपालिका हेर्ने गरी खटाइए पनि उनले अहिलेसम्म कार्यालयबाट रमानासमेत बुझेका छैनन् । कृषि शाखामा कर्मचारीकै कारण कुनै काम हुन नसकेको ४ नम्बर वडाध

३० जिल्ला न्यायाधीशका लागि ४२४ प्रतिस्पर्धी

काठमाडौँ, माघ १० गते । पहिलोपटक खुला प्रतिस्पर्धाबाट छानिन लागेका ३० जना जिल्ला न्यायाधीशका लागि ४२४ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । समानुपातिक समावेशी रूपमा नियुक्त गर्नेगरी न्याय परिषद्ले पहिलोपटक खुला प्रतिस्पर्धाबाट जिल्ला न्यायाधीश चयन प्रक्रिया अघि बढाएको थियो । जिल्ला न्यायाधीशको परीक्षा आउँदो बिहीबारदेखि हुनेछ । न्यायसेवा आयोगले निर्धारण गरेको पाठ्यक्रमअनुसार प्रतिस्पर्धीले चार विषयमा परीक्षा दिनुपर्नेछ । त्यसका लागि आयोगले परीक्षा तालिकासमेत सार्वजनिक गरिसकेको छ । उत्तीर्ण परीक्षार्थीको विवरण आयोगले न्यायपरिषद्मा पेश गर्नेछ । आयोगको सिफारिसअनुसार न्यायपरिषद्ले न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषद् सचिव राजन भट्टराईले जानकारी दिनुभयो । हाल जिल्ला न्यायाधीशमा ४१ वटा पद रिक्त छ । रिक्तमध्ये २० प्रतिशत अर्थात् ११ जना जिल्ला न्यायाधीश यसअघिकै व्यवस्थाअनुसार पदपूर्ति हुनेछ । यस अघि न्यायसेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट ज्येष्ठता र कार्यक्षमता मूल्याङ्कनको आधारमा नियुक्त हुन्छ । यसका लागि भने छुट्टै प्रक्रिया हुनेछ । यसरी २० प्रत

दमक महोत्सवमा करिब रु पाँच करोडको कारोबार

दमक, माघ १० गते । तेह्र दिनसम्म चलेको दमक महोत्सव मंगलबार सकिएको छ । गत पुस २७ देखि शुरु भएको प्रादेशिकस्तरीय कृषि, औद्योगिक तथा पर्यटन महोत्सव औपचारिक रुपमा एक कार्यक्रम गरी सम्पन्न भएको हो । कार्यक्रम झापा क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य पवित्रा निरौलाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतिनिधिसभा सदस्य निरौलाले महोत्सवले आन्तरिक पयर्टनको विकाससँगै आर्थिक समृद्धितर्फ लानेमा जोड दिनुभयो । उहाँले स्थानीय स्तरमा सञ्चालन हुने यस्ता महोत्सवले आर्थिक फड्को मार्न सघाउ पुर्‍याउने बताउनुभयो । आयोजक संस्था दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले महोत्सव लक्ष्यअनुरुप सफल भएको दाबी गर्नुभयो । महोत्सवमा एक लाख २५ हजार जनाले महोत्सवको अवलोकन गर्नाका साथै करिब रु पाँच करोड बराबरको कारोबार भएको अध्यक्ष ढकालले बताउनुभयो । कृषि उत्पादनमा उत्कृष्ट हुने कृषक, महोत्सवमा सहयोगी दाता, प्रायोजक, सहप्रायोजक लगायतलाई प्रशंसा–पत्र पनि वितरण गरिएको थियो । यस्तै, महोत्सवमा सम्पन्न एकल तथा सामूहिक नृत्य प्रतियोगिताका विजयीहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो । कार्यक्रममा जिल्लाका उच्च अधिकारी, राज

मनाङमा भारी हिमपात

लमजुङ — हिमाली जिल्ला मनाङका प्राय: सवै भागमा हिमपात भएको छ । हिमपातले जनजीवन कष्टकर हुनुका साथै सवारी आवागमत ठप्प बनेको छ । मे गाउँपालिकाको तिमाङ, दानाक्यु, चामे, माथिल्लो क्षेत्रको मनाङ, पिसाङ, हुम्डे, थोराङला, घ्यारु, ङावल, हुम्डे, तिलिचो क्षेत्र साथै नारफू क्षेत्रलगायतमा हिमपात भएको स्थानीयले बताए। हावाहुरीसंगैको हिमपातले जनजीवन कष्टकर बनेका छन्। चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटक बीचबाटोमै रोकिएका छन्। चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले सडक र पदयात्रामा हिउँ जम्ने गरी हिमपात भइरहेको बताए। ‘राती २/३ बजेदेखि निरन्तर हिउँ पर्ने र हावाहुरी हुने गरेको छ। हिउँका कारण चामेबाट तल्लो क्षेत्र र माथिल्लो क्षेत्रमा सवारी गुड्न सकेको छैन। जनजीवन कष्टकर छ।’ तल्लो क्षेत्रमा भन्दा माथिल्लो क्षेत्रमा कम हिमपात भएको स्थानीयले बताए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप (मनाङ) का निमित्त प्रमुख एवं पर्यटन सहायक क्षेत्र गुरुङले हिमपातका कारण थोराङला र तिलिचो जाने पर्यटक रोकिएको बताए। ‘तल्लो क्षेत्रमा भन्दा माथिल्लो क्षेत्रमा हिमपात कम हो। हावाहुरी भने हिजो (मंगलबार) दिउँसो ११ बजेदेखि चलिहरेको छ

“बरु जागिर छोड्न तयार, छाउ भएका बेला पढाउन जाँदैनाँ” - अछामका शिक्षिका, महिनामा ४ दिन पढाई बन्द

अछाम, माघ १० गते । अछामको साँफेबगर नगरपालिका–३ डिक्रेनीको मष्टामाडाँै प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् । छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन् । एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ । विद्यालय नजिकै रहेको मष्टाको देवताको मन्दिरले गर्दा शिक्षिका विद्यालय जाँदैनन् । “हाम्रो नजिकै मष्टा देवताको मन्दिर छ, त्यसैले छाउ भएका बेला विद्यालय जाँदैनौ”, भन्नुहुन्छ शिक्षिका पशुपति बुढा । त्यहाँ छाउ भएका बेला गएपछि देवता लाग्ने र जीवनभर निको नहुने भन्दै शिक्षिका विद्यालय जाँदैनन् । बुढाले भन्नुभयो, “देउता लागे जीवनभर निको हँुदैन, देउता लागेर जिन्दगी नै बर्बाद भएको देखेका छौँ, बरु ठूलै रोग लागेर अस्पताल कुर्न सजिलो छ देउता लाग्नुभन्दा, त्यसैले छाउ भएको बेला पाँच दिनसम्म विद्यालय जाँदैनौ ।” मष्टा देवताको डरले परम्परादेखि नै छाउ भएका बेला विद्यालय नजाने चलन बसालिएका कारणले आफूहरु पनि नजाने गरेको शिक्षिका ज्ञानु ठकुल्लाले बताउनुभयो । “डिक्रेनीमा कोठा भाडामा लिएर बस्ने गरेकी छु, तर छाउ हुँदा माइतघ

स्थानिय तहमा बैङक नहुँदा समस्या

बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी नगरपालीका बाहेक अन्य ११ वटा स्थानिय तहहरुमा बैङकहरु नहुँदा समस्या भएको छ । स्थानिय तहको निर्वाचन पछि निजी बैड्कहरुले सबै स्थानीय तहको केन्द्रमा बैंक राखीने बताईएपनि बझाङमा त्यस्को भएको छैन् । पहिले पहिले बैङ्किंग कारोवार गर्न जिल्ला सदरमुकाम आउनु परेको र हाल पनि सदरमुकाम नै धाउनु परेको स्थानीय बासीन्दाले गुनासो गरेका छन् । चुनाव सकिए पछि थलारा गाँउपालीकामा एनआईसी बैड्क आउने चर्चा चलेपनि हाल सम्म नआएको थलारा कोईरालाकोटका महोन सिंहले बताउनुभयो । सुरुमा राष्टिय बाणिज्य बैड्क मात्र रहेको बझाड जिल्लामा हाल बंगलादेश, एभरेष्ट, सिटिजन, एनआईसी, महालक्ष्मी जस्ता निजी बैड्क सहित कृषि विकास बैङ्कले आर्थिक कारोवार गर्दै आएका छन् ।

चौरीगाईको पुच्छरसहित एक पक्राउ

अबैध रुपमा चौरीगाईको पुच्छर ओसार पसारमा संलग्न एक जनालाई अछाम प्रहरीले मंगलवार जिल्लाको ढकारीवाट प्रकाउ गरेको छ । हुम्ला जिल्लाको सिमिकोट गाउँपालिका ६ का कुंगा लामालाई करिब १ लाख बराबरको चौरी गाईको पुच्छर र हड्डी सहित अछाम प्रहरीले नियन्त्रणमा लिएको हो । अछामको ढकारी गाउपालिकाको सैन बजारबाट लामालाई चौरी गाईको सेतो पुच्छर ७ थान, कालो पुच्छर १ थान र हड्डी ५ थान सहित अछाम प्रहरीले नियन्त्रणमा लिएको थियो । लामालाई आवश्यक अनुसन्धानको लागि जिल्ला पशु सेवा कार्यालयमा पठाईएको अछामका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताउनुभयो । लामाले एक महिना अघि हुम्ला जिल्ला पशुसेवा कार्यालयबाट चौरी गाईको बस्ुत ओसार पसार गर्न ७२ घण्टाका लागि इजाजत पत्र लिएको प्रहरीले जनाएको छ । उक्त इजाजतको समय अवधि सकिसकिएकाले लामालाई पक्राउ गरिएको न्यौपानेले जानकारी दिए । उक्त बस्तु दार्चुलातर्फ लिन लागिएको लामाले प्रहरीलाई बयान दिएका छन् । केहि दिन अघि मात्रै अछाम प्रहरीले घोडा चोरीमा संलग्न जुम्लाका धर्मराज सञ्ज्याललाई अछामको भैरवस्थानवाट नियन्त्रणमा लिएको थियो । कैलालीको वलियावाट साना ठुला गरि २२ घोडालाई जम्ला तर्

गोदावरी नगरपालीकाका मेयरको घरमा बम विस्फोट

अत्तरीया, कैलालीको गोदावरी नगरपालीकाका मेयरको घरमा अज्ञात समुहले बम विस्फोट गराएको छ । गोदावरी नगरपालीकाका मेयर हरी सिह साउदको घरमा आज विहान २ बजे अज्ञात समुहले बम विस्फोट गराएको हो । घर भन्दा ५ मिटर पर खाल्डो खनेर प्रेसर कुकुर बम विस्फोट गराईएको ईलका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव निरीक्षक गणेश वहादुर विष्टले बताउनुभयो । बम विस्फोटबाट घरको भित्ता भत्कीएको छ नभने अन्य कुनै क्षती भएको छैन् । बम विस्फोट बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । अहिले सुरक्षा व्यवस्था पनि कडा पारीएको छ ।

जबरजस्ती करणीको अभियोगमा पक्राउ

काठमाडौ, ८ माघ जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप मन्थली नगरपालिका–६ घर भई काठमाडौ महानगरपालिका–८ फोर्सपार्क बस्ने २१ वर्षीय लेकलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले रामेछापको फुलासी पोखरी घर भई काठमाडौँ महानगरपालिका–७ बस्ने १३ वर्षीया बालिकालाई आइतबार उनकै कोठामा जबरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सल्यानमा बस दुर्घटना - ३ को मृत्यु, २४ घाइते

सल्यानको त्रिवेणी गाउँपालिका–६ लुहाममा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । रुकुमबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस लुहाम, भाटखोलमा दुर्घटना भएको हो । घटनास्थलमै मृत्यु भएका तीनजनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय लुहामले जानकारी दिएको छ । घाइतेहरुको श्रीनगरमा उपचार भइरहेको छ ।

मोहनापुल–अत्तरिया ६ लेन सडक : रिट निबेदनकर्ता मध्ये मीनकाजी श्रेष्ठद्वारा मुद्धा फिर्ताको घोषणा

Image
मोहनापुल–अत्तरिया ६ लेन सडकको संरचना भत्काउने कार्य रोक्न भन्दै सर्वोच्चमा रिट निबेदन दिनु भएका १३ जना मध्येका एकजना मीनकाजी श्रेष्ठले आफ्नो मुद्धा फिर्ता लिने घोषणा गर्नुभएको छ । छ लेन सडकको निर्माणमा अवरोध नगर्न भन्दै दबाब दिनका लागि गठन भएको युवा दबाब समुहको कार्यक्रममा उपस्थित भएर श्रेष्ठले आफु विकासको विरोधी हुन नचाहेकाले मुद्धा फिर्ता लिएको बताउनु भएको हो । उहाँको श्रेष्ठ गेष्ट हाउस भएको घर पनि सडकको सीमामा परेको थियो । युवा दबाव समुहले सोमवार छ लेन सडकमा परेका संरचना स्वस्फुर्त रुपमा भत्काउने घरधनीहरुका लागि सम्मान कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा स्वस्फुर्त रुपमा घर भत्काएर सडकको निर्माणमा सहजीकरण गर्नुभएका १९ जनालाई अविर लगाउदै दोसल्ला ओढाएर सम्मानित गरिएको छ । धनगढीका धना जोशी, लोकवहादुर कुँवर, गंगा शाह, यज्ञराज ओझा, मानवहादुर चन्द, ज्ञानवहादुर विष्ट, कुसुमलता गैरे, महेन्द्रनाथ गैरे, मानवहादुर खड्का, दुर्गा खड्का, सुरज विक्रम श्रेष्ठ र सरफ सिंह वोहोरा गरी १३ जना घरधनीहरुले सर्वोच्चमा रिट हालेका छन । धनगढी चौराहामा आयोजना गरिएको कार्यक्रममा विवेकशील साझा पार्टीका प्रदे

महाकाली सन्धि अनुसार गरिएका सम्झौता कार्यान्वयन गराउन पहल गर्छु : सिँचाइ मन्त्री गौतम

सिँचाइ मन्त्री सञ्जयकुमार गौतमले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत टनकपुर बाँधबाट नेपालको सीमानासम्मको एक हजार २०० मिटर नहर बनाउन भारतीय पक्षलाई आग्रह गरिएको बताउनुभएको छ । शनिबार टनकपुर बाँधको निरीक्षण गर्दै मन्त्री गौतमले २२ वर्ष अगाडि भएको महाकाली सन्धि अनुसार गरिएका सम्झौता कार्यान्वयन गराउन पहल गर्ने बताउनुभयो । महाकाली सन्धिको धारा २ अनुसार टनकपुरमा पूर्वी एफलक्स बाँध निर्माण गर्न नेपाली भूमि प्रयोग गरेको बदलामा नेपालले ३०० क्युसेक पानी सुख्खायाममा र एक हजार क्युसेक पानी वर्षायाममा प्राप्त गर्ने कुुरा उल्लेख गरिएको भए पनि प्राप्त नभएको उहाँले बताउनुभयो । महाकाली नदीमा निर्माण भइरहेको पञ्चेश्वर परियोजनाको काम द्रुत गतिमा अगाडि बढाउन भारत सरकारसँग सहमति भइसकेको उहाँले बताउनुभयो । मन्त्री गौतमले पञ्चेश्वरबाट थप भएको पानी उपयोग गर्ने गरी नहरको संचरना निर्माण गरिने बताउनुभएको छ । मन्त्री गौतमले महाकाली सिँचाइ आयोजना तेस्रो तथा जनता तटबन्ध कार्यालयले गरेका कामको पनि निरीक्षण गर्नुभएको छ । उहाँले भीमदत्त नगरपालिका–११ भुजेलामा निर्माण भइरहेको बाँध र मोहना सिँचाइ आयोजनाको समेत निरी

डोटी प्रदेश सभा सांसद खड्का बिरुद्ध सपथ ग्रहण नगरेको भन्दै उजुरी

सपथ ग्रहण नगरेको भन्दै डोटीमा प्रदेश सभा सासंद भरत वहादुर खड्का विरुद्ध राष्ट्रिय सभा निर्वाचनका लागि गठन भएको निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रीय सभा निर्वाचन प्रदेश नम्वर ७ को डोटीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा खड्का विरुद्ध उजुरी परेको हो । डोटीकै स्थानीय बासीन्दा विष्णा सिंहले खड्काले सपथ ग्रहण नगरेकाले मतदाता नामावलीबाटै नाम हटाईनुपर्ने माग गर्दै उजुरी दिएको निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालयले सोमवार उजुरी सुचि प्रकाशीत गर्दै खड्का विरुद्ध सपथ ग्रहण नगरेकाले उजुरी परेको उल्लेख गरेको छ । खड्का छोरीको बिबाह भएका कारण आईतवार धनगढीमा भएको सपथ समारोहमा उपस्थीत भएका थिएनन् । उजुरी सार्वजनीक गर्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलवार दिउसो ३ बजे सम्म उजुरी खण्डन गर्न आवश्यक प्रमाण पेश गर्न खडकालाई आग्रह गरेको छ । मंगलवार ३ बजे सम्म प्राप्त प्रमाण अनुसार कारवाहीको प्रक्रिया अगाडी बढ्ने निर्वाचन अधिकृत पनेरुले जानकारी दिनुभयो । उहाँले यस्तै उजुरी कास्कीमा राजीव गुरुङ उर्फ दिपक मनाङे विरुद्ध पनि परेकाले निर्वाचन आयोगले दुव

अमेरिकामा नेपालीको लुटपाट गरी हत्या

वाशिङटन डिसी – अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डे हत्या भएको छ ।शनिबार राति बन्दुकधारीले आक्रमण गरी पाण्डेको हत्या गरेका हुन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए ।उनी केही समयअगाडि नेपालबाट आएका थिए । दुई वर्षअगाडि टेक्सासमा नै समिरा शिवाकोटीको लुटेरा समूहले गोली हानी हत्या गरेका थिए । साभार : रातो पाटि

समूह चरणका अन्तिम दुई खेल

८ माघ– बैतडीमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह चरणका अन्तिम २ खेल हुने भएका छन् । समूह“डी”मा रहेका दशरथचन्द नगरपालिका वडा नम्वर ३ दुर्गाभवानी र वडा नम्वर ६ थालीगडा आमनेसामने हुने भएका छन् । बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा उक्त खेल बिहान ९ बजे सुरु हुने भएको छ । दोस्रो खेलमा पनि मध्यान्ह १२ बजेपछी यी दुवै टोली भिड्नेछन् । विजेता टोलीले सेमिफाईनलमा स्थान सुरक्षित गर्नेछ । यसअघि समूह “ए”बाट देहिमाण्डौं, समूह “बी”बाट खलंगा र समूह “सी”बाट ग्वाल्लेक सेमिफाईनल पुगिसकेका छन् । शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो । टि ट्वान्टी फरम्याटमा भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ टिमको सहभागिता रहेको छ । माघ ३ गतेदेखि सुरु भएको मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नग

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले आइतबार केन्द्रीय कार्यालयमा विभिन्न ३ बुदे माग अघि सार्दै केन्द्रीय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको हो । सुदूपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी गरिएको समायोजन संघर्ष समितिका संयोजक मानबहादुर चन्दले बताए । उनका अनुसार सुप विश्वविद्यालय र क्याम्पसबीच समायोजन सम्बन्धी अन्तिम सम्झौता गर्दासम्मका शिक्षक कर्मचारी जो जुन अवस्थामा छन्, सोही अवस्थामा समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पसलाई समायोजन गरे अनुसार गर्नुपर्ने, सेवा सुविधा तथा सर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजित भई आएका शिक्षक कर्मचारी सरह हुनुपर्ने लगायतका माग अघि सारेर तालाबन्दी गरिएको हो । सुदूर पश्चिम विश्वविद्यालयले पुस ३० गते पहिलो दीक्षान्त समारोह मनाएको थियो । दीक्षान्त समारोह मनाएको ९ दिनमै सुप विश्व विद्यालयमा तालाबन्दी गरिएको छ । गत पुस २९ गते महेन्द्रनगरमा बस

आर्थिक अभावले कृष्ण माध्यमिक विद्यालय बन्द हुने अवस्थामा

महेन्द्रनगर, । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ मा रहेको एक विद्यालय आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । शुक्लाफाँटा नगरपालिकाका वडा नम्बर ७ कसरौलमा रहेको कृष्ण माध्यमिक विद्यालयसँग शिक्षकलाई तलब दिन आर्थिका स्रोत साधन नभएपछि विद्यालय सञ्चालन गर्न नसकिने अबस्थामा पुगेको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताए । उनका अनुसार विद्यालयले निजि स्रोतका शिक्षकलाई तलब दिन सकेको छैन् । ‘निजि स्रोतका शिक्षकलाई चालु आर्थिक वर्षको सुरुदेखि तलब दिन सकिएको छैन्, शिक्षकहरुले पढाउन छाड्यो भने विद्यालय नै बन्द हुन्छ,’ प्रधानाध्यापक जोशीले भने । विद्यालयमा निजि स्रोतका ६ जना शिक्षक रहेका उनले बताए । उनका अनुसार निजि स्रोतका शिक्षकले निम्न माध्यमिक र माध्यमिक तहमा अध्यापन गराउँदै आएका छन् । विद्यालयका ६ जना निजि स्रोतका शिक्षकलाई मासिक ७५ हजार रुपैयाँ दिनुपर्ने प्रधानाध्यपक जोशीले बताए । ‘विद्यालयसँग एक रुपैयाँ छैन्, १/२ महिना तँ विद्यार्थीले भर्ना शुल्क बाफत दिएको रकमबाट निजि स्रोतका शिक्षकहरुलाई तलब दियौ,’ प्रधानाध्यापक जोशीले भने । सरकारले निशुल्क शिक्षा प्रदान गर्ने भनेपनि वि

२ नं प्रदेशमा चार भाषामा शपथ - मैथिली ४७, भोजपुरी २५, नेपाली २४ र हिन्दी ११

जनकपुरधाम : प्रदेश नम्बर दुईका प्रदेश सभा सदस्यले आइतबार जनकपुरमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित शपथ ग्रहण समारोहमा आठ जिल्लाका एक सय सात सांसदले आ– आफ्नो मातृभाषामा पद तथा गोपनियताको सपथ लिएका हुन्। प्रदेश २ का सांसदले विभ्नि चार भाषामा शपथ लिएका छन्। प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सभाका जेष्ठ सदस्य ७६ वर्षीय लगनलाल चौधरीलाई नेपाली भाषमा शपथ ग्रहण गराएपछि चौधरीले सभाका अन्य एक सय ६ सदस्यलाई शपथ खुवाएका हुन्। चौधरी सिरहा निर्वाचन क्षेत्र नम्बर १ र्को क’ बाट प्रदेश सभामा एमालेका विधायक हुन्। चौधरीले सपथ ग्रहण नेपालीमा गरे पनि अन्य सदस्यले आ आफ्नो मातृभाषमा शपथ ग्रहणको व्यवस्था हुनुपर्ने दबाव दिदैँ केहीबेर हो हल्ला गरेका थिए। समारोहका सञ्चालक धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईले प्रत्येक सदस्यले आ–आफ्नो मातृभाषामा शपथ खान पाउने व्यवस्था रहेको उल्लेख गर्दै सोही बमोजिम गरिए पनि शपथ पत्र नेपालीमा लेखिएको हुनाले त्यसमै सही गर्न सबै सदस्यलाई अनुरोध गर्दा सांसद अझ बढी आक्रोशित भएका थिए। राजपाकी सांस