Posts

Showing posts with the label कैलाली

अत्तरियामा सडक क्षेत्र अतिक्रमण गरि राखिएका खोका छाप्रा हटाउने काम तिब्र

Image
अत्तरीया बैशाख १६। अत्तरियामा सडक क्षेत्र अतिक्रमण गरि राखिएका खोका छाप्रा हटाउने काम तिब्र बनाइएको छ। सडक डिभिजन कार्यालय र गोदावरी नगरपालिकाको पहलमा अत्तरिया चोक र चारैतर्फ रहेका खोका छाप्रा लगायतका समरचना हटाउन लागिएको हो। शुक्रबार स्थानिय प्रसासनले आईतवार बिहान सम्म खोका छाप्रा लगायत अतिक्रमित क्षेत्रमा रहेको संरचना हटाउन सुचना जारी गरेको र आज बिहान सम्म पनि कतिपय संरचना नहटाइएपछी प्रहरी र सड्क बिभागका कर्मचारीहरुको सहयोगमा डोजरको प्रयोग गरि सडक क्षेत्र हटाउने काम तिब्र बनाइएको छ। अत्तरिया क्षेत्रको सडक खाली गराउन इलाका प्रहरी र जिल्ला बाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ। सडक बिभागले अत्तरिया चोक बाट पुर्वमा मनेहरा पुल सम्म पश्चिममा गोदाबरी नदि पुल, र उत्तरमा दुर्गा लक्ष्मी मा.बि सम्मको सडकको बिच बाट २५÷२५ मिटरको दुरि भित्र पर्ने संरचना हटाउने जनाएको छ। यसैबिच आज बिहान स्थानिय प्रसाशनले सडक क्षेत्रमा रहेका खोका छाप्रा हटाउन लागेपाछी खोका छाप्रा व्यव्सायीहरुले उचित स्थानमा व्यवस्थापनको माग गर्दै चर्का नारावाजी सहित बजार परिक्रमा गरेका थिए। श्रोत - दिनेश खबर

मैले जवानलाई कुटेको हैन, सम्झाएको मात्रै होः डिएसपी मगर

Image
धनगढी, वैशाख १६। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बिरबहादूर बुढामगरले आफुले प्रहरी जवान दिपेन्द्र चन्दलाई कुटपिट नगरेको दाबी गरेका छन्। आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली मार्फत संचार माध्यमहरुमा ईमेल पठाउदै उनले आफु सहित कुनै पनि अधिकृतले जवान चन्दलाई कुटपिट नगरेको उल्लेख गरेका छन्। तर प्रहरी अनुशासन भन्दा बाहिर गएको भन्दै जवान चन्दलाई सम्झाई बुझाई गरेको भने स्वीकार गरेका छन्। पत्रमा प्रहरी जवानलाई डिएसपीद्धारा कुटपिट भन्दै प्रकासन प्रसारण भएका समाचारप्रति जिल्ला प्रहरी कार्यालय कैलालीको गम्भीर ध्यानाकषर्ण भएको उल्लेख छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान दिपेन्द्रवहादुर चन्दले आफुलाई डिएसपी मगरले फाँटमा बस्न पाउनु पर्ने माग गर्दै आईजिपीलाई निवेदन किन गरेको भन्दै कुटपिट गरेको थिए। हुलाकबाट आईजीपीलाई पत्र पठाएका प्रहरी जवान चन्दले आफ्नो माग पत्रमा प्रहरी कर्मचारीले पहुँचका आधारमा मात्रै फाँटमा बस्न पाउने चलन अन्त्य गरेर सबैले समान रुपमा फाँटमा बस्न पाउँने व्यवस्था गर्न माग गरेका थिए। सोही विषयलाई लिएर प्रहरी नायव उपरिक्षक बुढामगरले प्...

उद्योग वाणिज्य संघमा लगाईएको ताला तोडियो

धनगढी बैशाख १३ नक्कली सदस्यता खारेजको माग गर्दै कैलाली उद्योग बाणिज्य संघमा गरिएको तालाबन्दी सुरक्षा निकायको प्रयोग गरी खोलिएको छ । वडा प्रहरी कार्यालयले आज दिउँसो तालाबन्दी खोलेको हो । वास्तविक व्यवसायीहरुले नक्कली सदस्यता खारेज गर्न पटक–पटक लिखित र मौखिक रुपमा माग गर्दा पनि वर्तमान कार्यसमितीले वास्ता नगरेको भन्दै आज विहान तालाबन्दी गरेका थिए । उनीहरुले यसअघि नै जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि उजुरी दिएका थिए भने वर्तमान कार्य समितीलाई पटक–पटक लिखित र मौखिक रुपमा नक्कली सदस्यता खारेजको माग सहित निवेदन पनि गरेका थिए ।

कैलाली उद्योग बाणिज्य संघमा तालाबन्दी

Image
धनगढी बैशाख १३ नक्कली सदस्यता खारेजको माग गर्दै कैलाली उद्योग बाणिज्य संघमा तालाबन्दी गरिएको छ । वास्तविक व्यवसायीहरुले नक्कली सदस्यता खारेज गर्न पटक–पटक लिखित र मौखिक रुपमा माग गर्दा पनि वर्तमान कार्यसमितीले वास्ता नगरेको भन्दै आज विहान तालाबन्दी गरेका हुन् । वास्तविक व्यवसायीहरुले यसअघि नै जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि उजुरी दिएका थिए भने वर्तमान कार्यसमितीलाई पटक–पटक लिखित र मौखिक रुपमा नक्कली सदस्यता खारेजको माग सहित निवेदन पनि गरेका थिए । झण्डै ९ हजार संघका सदस्य मध्ये चार हजार भन्दा वढी नक्कली सदस्यहरु रहेको र यसपाली पनि थप भएकोले उनीहरुलाई खारेज गर्नुपर्ने माग सहित आज विहान ७ बजे तालाबन्दी गरिएको हो । उनीहरुले वैशाख २२ गते हुने साधारण सभा अगाडी नै नक्कली सदस्यता खारेज गर्नुपर्ने माग गरेका छन् । वास्तविक व्यवसायीहरुले नयाँ सदस्यहरुलाई प्यान र भ्याटमा दर्ता गराएर मात्रै मतदाधिकारको प्रयोग गर्न दिनुपर्ने पनि माग गरेका छन् । व्यवसायिक हक हितका साथै प्रदेशका विभिन्न सामाजिक अभियान सञ्चालन गराउनका लागि नक्कली सदस्यहरुलाई हटाएर वास्तविक व्यवसायीको संघ वनाउन उनीहरुको माग छ । य...

पानी नपाएर अत्तरियामा छाडा चौपाया मर्दै

अत्तरिया, बैशाख १३ । कैलालीको अत्तरिया बजार क्षेत्रमा रहेका छाडा चौपाया पानी पिउन नपाएर दैनिकजसो मर्न थालेका छन् । गर्मी मौसम बढ्दै गएको छ भने सामुदायिक बन क्षेत्र पनि सुख्खा भएका कारण पानी पिउन नपाएर छाडा गाईगोरुहरु दैनिक रुपमा मर्न थालेका हुन् । सोमबार अत्तरिया बसपार्कमा पानी पिउन नपाएर गाई मरेको थियो भने मंगलबार पुर्बरोडमा र बुधवार अत्तरिया चोक नजिकै गाई मरेको स्थानियबासीले बताएका छन् । पानीका लागी बजार क्षेत्रमा रहेका गाई गोरु दिनभरी बजार क्षेत्रमा चाहार्ने गरेको भएपनि पानी नपाउने गरेकाले प्यासमा नै मर्ने गरेको उनीहरुको भनाई छ । गोदाबरी नगरपालिकाले छाडा पशु चौपायको ब्यबस्थापनका लागी बिभिन्न स्थानमा गौशाला निर्माणको प्रकृया अगाडी बढाएको भएपनि बजार क्षेत्रमा रहेका छाडा पशु चौपायको अबस्था उस्तै रहेको छ । दैनिक जसो मरेका गाईगोरुको ब्यबस्थापन समयमा नै नगर्ने गरेका कारण कारण बजार क्षेत्र समेत दुर्गन्धीत बन्दै गएको छ ।

सुदुरपश्चिमेली नेपाली समाज भारतको पहिलो अधिवेसन धनगढीमा सुरु

धनगढी बैशाख १२। सुदुरपश्चिमेली नेपाली समाज भारतको पहिलो अधिवेसन धनगढीमा सुरु भएको छ । अधिवेसनको एक कार्यक्रमका विच प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरे। अधिवेसनको उद्धघाटन गर्दै मुख्यमन्त्री भट्टले भारतमा मजदुरी गर्नुपर्ने बाध्यता अव प्रदेश सरकारले न्युनिकरण गर्ने बताए। विगतमा एकात्मक शासनका कारण भारत जानुपर्ने सुदुरपश्चिमेलीहरुको बाध्यता भएपनि अव प्रदेश सरकार बनिसकेकाले त्यो बाध्यता न्युनिकरण हुदै जाने मुख्यमन्त्री भट्टको भनाई छ। कार्यक्रममा अन्तराष्ट्रिय सुदुरपश्चिमेली समाजका अध्यक्ष धन वहादुर रोक्कामगरले अवसर पाए प्रदेश नम्वर ७ को समृद्धीका लागि प्रवासी सुदुरपश्चिमेलीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए। सुदुरपश्चिमेली नेपाली समाज भारतका संयोजक दिपक मल्लको अध्यक्षतामा भएको उद्धघाटन समारोमा विभिन्न सास्कृतीक प्रस्तुती पनि राखिएको थियो। अधिवेसनले नयाँ नेतृत्व चयन गर्ने समाजका अध्यक्ष मल्ले बताए। अधिवेसनमा भारतका विभिन्न शहरमा रोजागरी गर्ने सुदुरपश्चिमेलीहरुको सहभागिता रहेको छ।

प्रदेश ७ को स्थायी राजधानीका लागि अत्तरियामा जग्गा खोजी सुरु

धनगढी, बैशाख १३ । प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा रहेपनि स्थायी राजधानी भने कैलालीकै अत्तरियामा राख्ने तयारी भईरहेको छ । अत्तरियामा स्थायी राजधानीका लागि जग्गाको खोजी भईरहेको हो । अत्तरियामा प्रदेश ७ का सबै जिल्लाहरुको पायक पर्ने भएकोले तेघरी व्यारेक नजिकको क्षेत्र र नेपाल विद्युत प्राधिकरणको शव स्टेशनको दक्षिण क्षेत्रमा राजधानीका लागि जग्गाको छनौट गर्न अध्ययन भईरहेको श्रोतले जनाएको छ । यस क्षेत्रका प्रभावशाली नेताहरुले अत्तरियालाई राजधानीका लागि समर्थन गरेपछि त्यहाँ जग्गाको खोजी सुरु गरिएको हो । तर प्रदेश ७ को व्यवस्थापिका संसदमा भने अहिले सम्म पनि प्रदेशको राजधानी र नामाङकनको बिषयले प्रवेश पाएको छैन । धनगढीमा अस्थायी राजधानी तोकिए पनि स्थायी राजधानी वनाउनका लागि जग्गा खोजेर मन्त्रालयहरु स्थापना गर्ने गरी अत्तरियामा राजधानी स्थापना गर्ने तयारी भईरहेको हो । मुख्य राजनितिक दलका ठुला नेताहरुले अत्तरियालाई नै प्रदेशको राजधानी बनाउने भित्रभित्रै सहमती गरेसंगै त्यहाँ जग्गाको खोजी सुरु भएको सहरी विकास तथा भवन निमार्ण बिभाग डिभिजन कार्यालय धनगढीका प्रमुख रविन्द्र बोहराले वताए । स्था...

सडक क्षेत्र खाली गर्न अटेरीपछि डोजर लगाएर खाली गरिँदै

धनगढी बैशाख ९। निर्माण कार्य सुरु भएको एक वर्ष हुन लाग्दा पनि सडक क्षेत्र खाली गर्न अटेरी गरेपछि सोमवार डोजर लगाएर खाली गरिने भएको छ। आयोजना कार्यालय र धनगढी उपमहानगरपालिका कार्यालय संरचना भत्काउन अटेरी भईरहेकोले डोजर लगाएर भत्काउने निर्णयमा पुगेका हुन्। पटक पटक पछाडी हटेको आयोजना कार्यालय र धनगढी उपमहानगरपालिका सुरक्षाकर्मीको सहयोगमा संरचना भत्काउने निर्णय पुगेसँगै सोमवार विहान १० वजेदेखि संरचना भत्काउने काम सुरु गरिन लागेको धनगढी उपमहानगरपालिका कार्यालयले जनाएको छ। सर्वोच्च अदालतले संरचना भत्काउन दिएको आदेश दुई महिनासम्म पनि कार्यान्वयन नभएकोले सुरक्षाकर्मीको साथमा डोजर लगाएर पनि सडक क्षेत्र खाली गरिने भएको हो। संरचना भत्काउन अटेरी गरेकाहरुले आज धनगढी उपमहानगरपालिकामा भईरहेको वैठकमै गएर थर्काउने र धम्काउने प्रयास गरेको भएपनि अव पछाडी नहड्ने उपमहानगरपालिका मेयर नृपवहादुर ओडले वताए। यसअघि १२ जना घरधनीले सर्वोच्चमा मुद्धा हाल्दै विकास रोकेकोमा संरचना भत्काउन आदेश दिएको दुई महिनासम्म पनि अटेरी गरेकाहरु फेरि पनि नभत्काउने चलखेल गरिरहेका छन्। कसैले नापजाँचको काम नमिलेको भन्दै अटेरी गरिरहेक...

लागु औषध चरेश सहित २ जना पक्राउ

धनगढी, बैशाख ८। प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ प्रकृतिनगरम बाट लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ। प्रकृतिनगरमा पसल सञ्चालन गरीबस्ने ३५ बर्षका प्रजापति पन्त र वडा नम्बर ४ का रामसिह धामिलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले पन्तको पसलबाट खरीदबिक्रि भईरहेको अवस्थामा ३ किलो ४ सय ग्राम लागु औषध चरेश सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

डेढ किलो चरेस सहित एक वृद्ध पक्राउ

ध्ननगढी, वैशाख ५ लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय महेन्द्रनगरले एक किलो ५ सय ग्राम चरेस सहित एक ७४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । मंगलवार साँझ भीमदत्तनगरपालिका–४ बसपार्क क्षेत्रबाट बझाङ छविस पाथीभरा गाउँपालिका–४, कडेलका चन्द्रदेव जोशीलाई व्यूरोको टोलीले चरेस सहित पक्राउ गरेको हो । पक्राउ गरेका जोशीलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

अनियमित विद्युत भोल्टेजले नगरबासी हैरान

धनगढी बैशाख ५। केही दिनयता विद्युतमा भईरहेको अनियमित भोल्टेजका कारण धनगढी उपमहानगरपालिकाबासी हैरान भएका छन्। विगत ४÷५ दिनयता विद्युत भोल्टेज अनियमीत हुन थालेपछि नगरबासी हैरान भएका हुन्। अनियमित र अनियन्त्रित भोल्टेजले विद्युतीय उपकरणमा समेत क्षती पुग्न थालेपछि आगलागिको डरले स्थानीय त्रसित हुन थालेका छन्। साँझ र बिहानको समयमा कहिले डिमबत्ति त कहिले हाई भोल्टेज आउन थालेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित हुनुकासाथै व्यापार व्यवसाय समेत प्रभावि तभएको छ। उपमहानगरपालिकाको धनगढी चौराह, तारानगर, शहिदगेट, केदार टोल लगायतका क्षेत्रमा भइरहेको अनियमित र अनियन्त्रित भोल्टेजले बल्ब, टिभी, फ्रिज तथा तार सर्ट हुने समस्या निम्त्याएको भन्दै स्थानीबासी आक्रोशित समते भएका छन्। चटकपुरकी स्थानीय महिला बसन्ती आलेले हाई भोल्टेजका कारण आफ्ना घरका विद्युतीय समाग्रीमा क्षती पुगेको बताईन् । ‘मेरो घरमा बल्ब फुट्यो, छिमेकमा टिभी, फ्रिज लगायतका समानमा क्षती पुगेको छ।’ उनले भनिन्, बत्ति बाल्न नै डर लाग्छ।’ गर्मी बढ्दै गएका बेला भइरहेको अनियमित भोल्टेजले स्थानीय हैरान मात्र भएका छैनन् की आगलागी हुने जोखिम पनि उत्तीकै...

धनगढी उपमहानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले ९ महिनामा ६५ लाख भत्ता बुझे

धनगढी बैशाख ०४ धनगढी उप–महानगरपालिकामा विकासे योजना अलपत्र परेका बेला सेवा सुविधाकालागि भने करोडौ रकम खर्च भएको छ । चालु आर्थिक बषैको सुरुवातसंगै आएका जनप्रतिनिधिहरुको ध्यान विकास निर्माण भन्दा पनि आफ्ना र आफु निकटका कर्मचारीका सेवा सुविधा थप्नमा केन्द्रित बनेको हो। जस्ले गर्दा विकास निर्माणको बजेट ठुलो मात्रामा खर्च हुन बाँकी छ भने चालु तर्फको बजेट एकै महिनामै करोडौ खर्च भईरहेको छ । उप–महानगरपालिकाका जनप्रतिनिधिहरुले भत्ता, ईन्धन, सेवा शुल्क, भ्रमण, र अन्य विविध शिर्षकमा अनुमान गरे भन्दा धेरै बजेट खर्च गरेका छन् । चिल्ला आश्वासन बाडेर धनगढी उप–महानगरपालिकाकामा वडा सदस्यदेखि मेयर सम्म विजयी भएका जनप्रतिनिधिहरुको ध्यान नगवासीको चाहना भन्दा पनि आफ्नै चाहना पुर्तीमा केन्द्रित बनेको हो । झण्डै ९० करोड विकास बजेट रहेको धनगढी उप–महानगरपालिकाले आर्थिक बर्षको तीन महिनामात्रै बाँकी रहेका बेला ३८ प्रतिशत अर्थात ३४ करोड ३२ लाख बजेट मात्रै खर्च गरेकाछन् । त्यसमा पनि सार्वजनिक निर्माण खर्च ३२ करोड मात्रै छ । १ करोड ५ लाख बढि बजेट उप–महानगरपालिकाका जनप्रतिनिधिहरुकालागि सवारी साधन खरिद गर्नमा खर्च गर...

सेती अञ्चल अस्पतालमा शल्यक्रियाका लागि ८ महिना कुनुपर्ने

धनगढी, २ वैशाख, सेती अञ्चल अस्पतालमा शल्यक्रिया गर्नका लागि ८ महिनाभन्दा वढी समय कुनुपर्ने वाध्यता रहेको छ । दुई जना सर्जन र दुई वटा शल्यक्रिया कक्ष रहेको अस्पतालमा शल्यक्रिया गर्नका लागि लामो समय कुर्नु परेपछि विरामीहरु मर्कामा परेका छन । उनीहरु समयमै उपचार नहुने भएपछि निजि अस्पताल धाउन वाध्य भएका छन । सस्तोमा हुने शल्यक्रिया महँगोमा गर्नुपर्ने विरामीहरुको वाध्यता रहेको छ । दुई जना सर्जन र दुई वटा शल्यक्रिया कक्ष रहेको सेती अञ्चल अस्पतालमा आउँदो मंसीर महिनासम्म शल्यक्रिया गराउनेहरुको नाम दर्ता भईसकेको छ। वर्षमा दुई हजार जनाको शल्यक्रिया हुने गरिएकोमा त्यसका लागि धेरै समय कुर्नुपर्ने अवस्था रहेको छ । सोमवार र वुधवार हुने शल्यक्रिया अन्तर्गत एक हप्तामा ४० जनासम्मको शल्यक्रिया गरिदै आएकोमा विरामीहरुको लाईन भने निकै वढी भएका कारण ८ महिनासम्म कुर्नुपर्ने अवस्था रहेको छ । हर्निया, पित्त शैली, हाइड्रोसिल जस्ता समस्याको शल्यक्रियका लागि बिरामीले ८ महिना कुनुपर्ने वाध्यता रहेको कन्टलट्रयान्ट सर्जन डाक्टर सुरेन्द्र वस्नेतले जानकारी दिए । डाक्टर वस्नेतका अनुसार सर्जरी वाडमा ४५ वेड रहेको अवस्थामा...

मानविय क्षती भएपछि विद्युतीय पासो थापेको आरोपमा ६ जना पक्राउ

धनगढी, २८ चैत्र धनगढी उप–महानगरपालिका वडा नम्वर ११ बेलामा सामुदायीक बनमै शिकारीले थापेको विद्युतीय पासोले एक जनाको मृत्यु र तिन जना गम्भीर घाईते भएपछि प्रहरीले घटनाको छानविन गर्न सुरु गरेको छ । घटनामा संग्लनको आरोपमा ६ जनालाई पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सामुदायीक बनमा पासो थापेको र त्यस्ले एक जनाको मृत्यु तथा तिन जना घाईते भएपछि लाल वहादुर राना, बमन राना, राधे चौधरी, टेकराज भट्टराई, लाल वहादुर चौधरी र चम्मन रानालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा दोषी ठहर भए कर्तव्य ज्यान मुद्धा लगाएर कारवाहीको प्रक्रिया अगाडी बढाउने कैलालीका प्रहरी नायव उपरिक्षक विरवहादुर बुढामगरले बताए । स्थानीयले कुनै पनि हालतमा दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । गत शुक्रवार बेलाको शिवशक्ती सामुदायीक बनमा राखीएको विद्युतीय पासोमा परि स्थानीय १४ वर्षीय अमन चौधरीको मृत्यु भएको थियो भने १२ वर्षीय सागर पनेरु, १५ वर्षीय अर्जुन कठायत र १४ वर्षीय नवीन खडायत गम्भीर घाईते भएका छन् ।

कैलारी बलात्कार गर्न खोज्ने १ जना र बलात्कारको आरोपीलाई कालोमोसो दल्ने ६ जना पक्राउ

धनगढी, २८ चैत्र, कैलालीको कैलारी गाउँपालिकामा महिलालाई बलात्कार गर्न खोजेको अभियोगमा एक जना र बलात्कारको आरोपीलाई कालोमोसो दलेर जुत्ताको माला लगाउने ६ जना पक्राउ परेका छन् । गाउँपालिकाको वडा नम्वर १ दक्षिण मन्झरामा महिलालाई बलात्कार गर्न खोज्ने कृष्णबहादुर चौधरी र उनलाई कालोमोसो दल्ने अन्य ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चौधरीलाई कालोमोसो दलेर जुत्ताको माला लगाउने कार्यमा संलग्न भएको आरोपमा भलमन्सा बुद्धिराम चौधरी, स्थानीय खोजराम चौधरी, छेदुराम चौधरी, दुखिराम चौधरी र मसराम चौधरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक विरवहादुर बुढामगरले बताए । महिलामाथि दुव्र्यवहार गर्ने कृष्ण चौधरीलाई जबरजस्ती करणी र अन्य पक्राउ परेका ६ जनालाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको बुढामगरले बताए । चैत २३ गते शुक्रावर रातिको समयमा महिला एक्लै घरमा भएको बेला चौधरीले महिलामाथि बलात्कारको प्रयास गरेका थिए । स्थानीयले चौधरीलाई चैत २४ गते कालोमोसो र जुत्ताको माला लगाउदै दुई लाख जरिवाना गराउने कागज गराएका थिए ।

बलात्कार गर्न खोज्नेलाई महिलाहरुले गरे कारवाही

Image
कैलाली, २७ चैत्र, कैलाली जिल्ला कैलारी गाउँपालिकाका किसनाप्रसाद चौधरी नामका युवक महिला कारवाहीमा परेका छन् । उनले २०७४ चैत २३ गते राति करिब १२ बजेतिर कैलारी गाउँ पालिका वार्ड न.१ दक्षिण मझरा गाउँमा एक युवतीलाई बलात्कार गर्न खाेजेका थिए । श्रीमान बाहिर कमाउन गएको र घरमा महिला र छोरी मात्रै रहेको मौका छोपी किसना प्रसाद चौधरी (टुक्की) नाम गरेका उक्त ब्यक्तिले बलात्कार, जबरजस्ती गर्ने प्रयास गर्दा महिलाले प्रतिकार गरेकी थिइन् । प्रतिकार गर्दा किसना कुटपिटमा उत्रिएपछि उनी चिच्याइन् र अावाज सुनेर गाउँ टोलका मानिसहरु आएर किसनालाई समातेका थिए । भोलि पल्ट गाउँका महला, गाउ समाज जुटेर सोधपूछ गर्दा किसना प्रसाद चौधरीले साे कुरा स्वीकार गरेपछि गाउँका महिलाहरु मिलेर बलात्कार गर्न खोज्ने किसनाप्रसादलाई जुत्ताको माला लगाएर, कालोमोसो दलेर कारवाही गरेका थिए । पीडितले समाजकै अगाडि जुत्ता चप्पलले किसनालाई भकुरेकी थिइन् । किसनाले अाइन्दा यस्तो कहिल्यै नगर्ने, गरे कानुन बमोजिम कारवाही गर्नू भनी सबैको अगाडि पीडितसँग माफी मागेका थिए । साथै समाजले पीडकले पीडितलाई २ लाख रुपिया दिनुपर्ने भनी जरिबाना समेत तोकेको ...

गौरिफन्टा नाकालाई सुविधा युक्त बनाउन एमाले प्रदेश ७ को माग

धनगढी चैत २६। नेकपा एमाले प्रदेश नम्बर ७ ले गौरिफन्टा नाकालाई सुविधा युक्त बनाउनका लागि भारत सरकारसँग वार्ताको कुटनीतिक पहल गर्न माग गरेको छ । एमाले ७ नम्बर प्रदेश कमिटिको सोमवार सम्पन्न बैठकले गौरीफन्टा नाकालाई सुविधा युक्त बनाउन भारतसँग वार्ताको कुटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गरेको हो। लामो समयदेखी सञ्चालनमा रहेको नाका भारतले एकतर्फी रुपमा बन्द गर्न लागेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ। त्यस्तै संघीय मन्त्रीपरिषदमा प्रदेश ७ बाट प्रतिनिधित्व नगराईएको भन्दै आपत्ति समेत प्रकट गरिएको छ। बैठकबाट पारित प्रस्तावहरु समेटिएको प्रेस विज्ञप्तीको २ नम्बर बुदामा विकास सुचकाङ्क पछाडी रहेको प्रदेश बाट पार्टीले संघीय मन्त्रीपरिषदमा प्रतिनिधित्व नगराईनु अन्यायपूर्ण भएको उल्लेख छ भने न्यायोचित प्रतिनिधित्व गराउन समेत माग गरिएको छ। बोक्सीको अरोपमा कुटपीटमा परेकी कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधा चौधरीको घटनाको विरोध गर्दै यस्ता घटना पुनः नदोहोरिन दिन प्रदेश सरकारलाई कानूनको पालना गराउने लगायतका कार्य गर्न पनि माग गरिएको छ। असिना पानिले अछाम र डोटीका विभिन्न स्थानमा हिउँदे बालीमा गर...

कैलालिको अत्तरिया बाट लागू औसध चरेस सहित दुई जना पक्राउ

अत्तरिया चैत २६। लागू औसध चरेस सहित कैलालिको अत्तरिया बाट प्रहरीले सोमबार साझ दुई जना महिला लाई पक्राउ गरेको छ। अत्तरिया बजारको पुर्वी रोडमा खोका पसल सञ्चालन गर्ने सुनिता गुरुङ र अमृता बिष्ट लाई चरेश सहित पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय मालाखेतिको टोलिले पसलमा चरेस बिक्रि गरिरहेको अबस्थामा सुनिताको साथ बाट एक सय ग्राम र अमृताको साथ बाट २ सय ८० ग्राम चरेसको पुडिया सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जना लाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले बताए।

धनगढीमा विप्लवका कार्यकर्ता र प्रहरीविच दोहोरो झडप

Image
धनगढी चैत २४। धनगढीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरी विच दोहोरो झडप भएको छ । जनआन्दोलन दिवसको अवसरमा बर्तमान सरकार विरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीविच धनगढीको ट्राफीक चौराहमा झडप भएको हो । प्रहरीले प्रशासनबाट अनुमति बिनानै ऱ्याली निकालेर सडक बन्द गर्न खोजेको र रोक्न खोज्दा प्रहरीमाथि हातपात गरेकाले झडप भएको जनाएको छ । [caption width="960" align="aligncenter"] © Dineshkhabar[/caption] नेकपाले भने जनआन्दोलन दिवस मनाईरहँदा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ । उस्ले आफ्ना १५ जना कार्यकर्ताहरु झडपमा परि घाईते भएको र एकोहोरो झडप भएको दावी गरेको छ । प्रहरीमाथि नै हातपात गर्न खोजेपछि १५ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा चालकको मुत्यु

धनगढी, चैत २३ गते। कैलालीको जोशीपुर गाउँपालिका ३ लक्कडमा ट्याक्टर दुर्घटना हुदा चालकको घटना स्थलमै मुत्यु भएको छ । मुत्यु हुनेमा सोही ठाउका अन्जादी २६ वर्षीया मोनि राम कठरिया रहेको इलाका प्रहरी कार्यलय भजनीका प्रहरी निरिक्षक दान बहादुर रोकायाले बताउनुभयो। ट्याक्टरमा सवार अर्का एक जना सकुसल रहेको बताईएको छ । शुक्रबार साझँ साढे ६ बजे से १ त ३४३४ नम्बरको ट्याक्टर लक्कड बाट फाडिया गाउँ जाने क्रममा सडक बाट नालिमा पल्टेको प्रहरीले जनाएको छ। ट्याक्टर के करणले दुर्धटना भएको हो भन्ने बारेमा अनुसन्धान भैरहको प्रहरीको भनाई छ।