बैतडीमा ‘आत्महत्या’ गर्नेहरुको प्रकोप, चालु बर्षमा मात्रै २६ जनाको मृत्यु
बैतडी, वैशाख ९ गते । जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै २६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँक छ । यसमा महिला १२ र पुरुष १४ जना छन् । झुण्डिएर देहत्याग गर्नेको संख्या अधिक छ । यो अवधिमा २० जनाले झुण्डिएर र ६ जनाले विष सेवन गरेर देशत्याग गरेको प्रहरी तथ्याँकमा उल्लेख छ । आत्महत्या गर्ने १३/४५ वर्ष उमेर समूहका रहेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पछिल्लो चार वर्षको तथ्याँकले आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको देखाउँछ । आर्थिक वर्ष २०७१/७२ मा १६ जनाले आत्महत्या गरेकामा २०७२/७३ मा २९ जनाले आत्महत्या गरेको देखिएको छ । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा आत्महत्या गर्नेको संख्या बढेर ३६ पुगेको छ । मानवीय इच्छा र आँकाक्षाहरु अनगिन्ती हुने र ती पूरा नहुँदा निराश भएर आत्महत्याको बाटो रोज्ने विज्ञहरु बताउँछन् । बैतडीमा आत्महत्याको गर्नेको आँकडा डरलाग्दो रहेकाले यसलाई न्यून गर्न सचेतना कार्यक्रमको सञ्चालन गर्नुपर्ने आवश्यकता छ । आत्महत्याका घटनामा कमी ल्याउन प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । आत्महत्याको घटना कुनै एक व्यक्ति वा निकाय लागे...