Posts

Showing posts with the label शिवशक्ती सामुदायीक बन

मानविय क्षती भएपछि विद्युतीय पासो थापेको आरोपमा ६ जना पक्राउ

धनगढी, २८ चैत्र धनगढी उप–महानगरपालिका वडा नम्वर ११ बेलामा सामुदायीक बनमै शिकारीले थापेको विद्युतीय पासोले एक जनाको मृत्यु र तिन जना गम्भीर घाईते भएपछि प्रहरीले घटनाको छानविन गर्न सुरु गरेको छ । घटनामा संग्लनको आरोपमा ६ जनालाई पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सामुदायीक बनमा पासो थापेको र त्यस्ले एक जनाको मृत्यु तथा तिन जना घाईते भएपछि लाल वहादुर राना, बमन राना, राधे चौधरी, टेकराज भट्टराई, लाल वहादुर चौधरी र चम्मन रानालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा दोषी ठहर भए कर्तव्य ज्यान मुद्धा लगाएर कारवाहीको प्रक्रिया अगाडी बढाउने कैलालीका प्रहरी नायव उपरिक्षक विरवहादुर बुढामगरले बताए । स्थानीयले कुनै पनि हालतमा दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । गत शुक्रवार बेलाको शिवशक्ती सामुदायीक बनमा राखीएको विद्युतीय पासोमा परि स्थानीय १४ वर्षीय अमन चौधरीको मृत्यु भएको थियो भने १२ वर्षीय सागर पनेरु, १५ वर्षीय अर्जुन कठायत र १४ वर्षीय नवीन खडायत गम्भीर घाईते भएका छन् ।

जंगलमा खुल्ला छोडिएको हाई भोल्टेज करेन्ट लागेर एक वालकको मृत्यु, तीन जना वालक गम्भीर घाईते

Image
धनगढी, २३ चैत्र । धनगढीमा जंगलमा खुल्ला छोडिएको हाई भोल्टेज भएको करेन्ट लागेर एक वालकको मृत्य भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्वर ११ को सेहरी जंगलमा छोडिएको करेन्ट लागेर १४ वर्षीय अमन चौधरीको मृत्यु भएको छ । उनीसँगै जंगल गएका तीन वालकको ३० प्रतिशत भाग जलेर गम्भीर घाईते भएका छन । १२ वर्षीय सागर पनेरु, १५ वर्षीय अर्जुन कठायत र १४ वर्षीय नवीन खडायत हाई भोल्टेज करेन्ट लागेर गम्भीर घाईते भएका हुन । आज दिउँसो १२ वजेतिर जंगलमा गएका वेला स्याउला मुनि रहेको तारले छुँदा आफुहरुलाई निकै टाढा हुत्ताएर फालेको घाईते नवीन खडायतले वताए उनीहरुलाई उपचारका लागि सेती अञ्चल अस्पतालमा पुराईएकोमा सामान्य उपचारपछि नेपालगंज रेफर गरिएको छ । उपचारमा संग्लन कन्सल्टेन्स सर्जन डाक्टर निराजन शर्माले हाई भोल्टेज करेन्टका कारण घाईते तीन जनाको ३० प्रतिशत शरिरको भाग र एक जनाको कपाल समेत जलेको वताए । विद्युत करेन्ट लागेमा विगतको कुरा सम्झिन नसकिने र यसको असर ७२ घण्टासम्म रहने हुँदा अवस्थाको वारेमा केही भन्न नसकिने डाक्टर शर्माको भनाई छ ।