Posts

Showing posts with the label आन्दोलन

"नेपाली बोल्छौं, तर नेपाली होइनौ"

Image
पहाडमा सबै कुरा ठीक थियो। त्यहाँका मानिस आफ्नै धुनमा मस्त थिए। त्यहाँ पर्यटकहरुको आवतजावत जारी थियो र दार्जिलिङको चौरस्तामा रहेको नेपाली कवि भानुभक्त आचार्यको आधा कदको मूर्तिले गोरखालीहरुलाई आफ्नो मातृभाषा नेपालीको याद सधैं दिलाइरहन्थ्यो। त्यही बेला पश्चिम बंगाल सरकारले नौ कक्षासम्म बंगाली अनिवार्य अध्ययन गर्नै पर्ने नियम ल्यायो। उत्तर बंगालका पहाडी भागमा त्यो नियमको व्यापक विरोध भयो। र, यसले निभ्नै लागिसकेको गोरखाल्याण्डको आगो फेरि सल्कायो। गोरखाल्याण्ड चोक बजारमा "हाम्रो माग गोरखाल्याण्ड" भन्दै नारा लागाउदै हिँड्ने प्रितम कार्की आफ्नो मातृभाषाको विषयमा संवेदनशिल छन्। उनले नेपाली उनको मातृभाषा मात्र नभएर आफ्नो आमा समान भएको बताए। हो, हामी नेपाली बोल्छौं। नेपाली पढ्न र लेख्न पनि चाहन्छौं.... नेपाली बोल्ने हामी जस्ता लाखौं मानिस भारतीय हुन् र हामीलाई भारतीय हुनुमा गर्व छ प्रितम कार्की, दार्जिलिङ निवासी एक युवा यसले भाषाको मुद्दा किन यति महत्वपूर्ण छ र यसमा के समस्या छ भन्ने प्रश्न उठाउँछ। जवाफमा प्रितम कार्कीले भने, "हो, हामी नेपाली बोल्छौं। नेपाली पढ्न र लेख्न पनि चाहन्छ...