Posts

Showing posts with the label सिमा विवाद

कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीबाट सधैंको त्रास

कंचनपुर २५ फागुन सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको महाकाली नगरपालिका–१० कुतियाकभरका पुरन सुनारले दुई वर्षअघि आफ्नो घरको आँगनमा आँपको बिरुवा रोपे । उक्त बिरुवा दशगजामा रोपेको भन्दे भारतीय सुरक्षाकर्मी घरमै पुगेर पुरनलाई धम्काउन थाले । दिनहुँको धम्की र त्रासपछि स्थानीयले छलफल गरी बिरुवा हटाउने सहमति भयो । तर पुरनलाई भने सीमा क्षेत्रमा आउजाउ गर्न समस्या हुन थाल्यो । उनले २/३ महिना सीमावर्ती बजार जानै बन्द गरे । गत वर्ष सोही ठाउँमा एक युवतीमाथि हातपात गर्ने भारतीय नागरिकलाई स्थानीयले निण्न्त्रणमा लिएर प्रहरीलाई बुझाए । त्यतिबेला पनि भारतीय गुण्डाहरूको समूह आएर कुतियाकभरवासीलाई कुटपिट गर्‍यो । २/३ जना घाइते पनि भए । खाद्यान्नदेखि औषधि उपचार सबैका लागि सीमावर्ती बजारमा निर्भर यहाँका बासिन्दालाई एसएसबीले समेत आउजाउमा कडाइ गरे । उक्त घटना पनि दुवै पक्ष बसेर मिलाए । दोधारा चाँदनी (महाकाली नगरपालिका) क्षेत्रको समेत टापुका रूपमा रहेको कुतियाकभरमा यस्ता घटना भई नै रहन्छन् । हतियारसहित भारतीय सुरक्षाकर्मी बस्तीमै पस्ने गरेको स्थानीय बताउँछन् । ‘सीमामा सधैं त्रास नै छ,’ पुरनले भने, ‘हामीलाई अनेक बहाना...