Posts

Showing posts with the label सिद्धनाथ विज्ञान क्याम्पस

सिद्धनाथ विज्ञान क्याम्पस होस्टेलमा बिद्यार्थीको हत्या

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीको आज बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरुले भत्र्सना गरेका छन् । बझाङ घर भई हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बिएससी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरमा शव भेटिएको थियो । मृतक जाग्रीले क्याम्पसमा रहेको क्यान्टिनसमेत लिजमा लिएर सञ्चालन गर्दै आएको बुझिएको छ । प्रहरीले प्रारम्भिक चरणमा घटनाबारे सोधपुछ गर्न क्यान्टिनका कारिगरसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । विभिन्न विद्यार्थी संगठनका नेताहरुले सामाजिक सञ्जालमार्फत घटनाको भत्र्सना गर्र्दै हत्यारा पत्ता लगाई कारबाहीको माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कैलाश चन्दले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । त्यस्तै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्र विष्टले संगठनका होनहार नेताको हत्याको गहन छानबिन हुनुपर्ने माग गरेका छन् । त्यसैगरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला अध...

शिक्षक नियुक्ति विवादले विज्ञान क्याम्पसमा बबाल

महेन्द्रनगर । महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा प्रक्रिया मिचेर आंशिक शिक्षक नियुक्त गरिएको आरोप लागेपछि बबाल मच्चिएको छ । सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरले प्रक्रिया मिचेर आंशिक शिक्षक नियुक्ति गरेको भन्दै अखिल क्रान्तिकारीले तत्काल नियुक्ति खारेजको माग गरेको छ । क्याम्पसले मनोमानी रुपमा रासायनशास्त्र विषयको शिक्षकमा दिल्लीप्रसाद खरेललाई नियुक्त गरेको क्रान्तिकारीको आरोप छ । क्रान्तिकारीका जिल्ला सचिव किशोर भट्टसहितका विद्यार्थी नेता आईतबार सिद्धनाथ विज्ञान क्याम्पस पुगेर प्रशासनसँग नियुक्ति खारेजीको माग गरेका हुन् । विज्ञान क्याम्पसका निमित्त प्रमुख विमला शाक्यलाई प्रक्रिया मिचेर गरिएको नियुक्ति तत्काल खारेज गर्न माग गरिएको सचिव भट्टले बताए । आंशिक शिक्षक पदपूर्तिका लागि क्याम्पसले विज्ञापन आव्हान गर्नुपर्ने, आवेदकले आवेदन दिएपछि छनौट प्रक्रियामा जानुपर्ने, शिक्षकको कक्षा अवलोकन गर्नुपर्ने भएपनि ती सबै प्रक्रियालाई मिच्दै आंशिक शिक्षक नियुक्त गरिएको उनले दावी गरे । निमित्त क्याम्पस प्रमुख शाक्यले शिक्षक नियुक्तिको प्रावधानका बारेमा आफूलाई जानकारी नभएको भन्दै गैरजिम्म...