आयुर्वेद विकासमा भारत सरकार सहयोग गर्न सकारात्मक
नयाँदिल्ली। रासस। - ०६ दिसम्बर २०१७ भारतले नेपालको आयुर्वेद विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपालका आयुर्वेद चिकित्सकसँग आज यहाँ भेट गर्दै भारतका आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी काम गर्ने आयुस मन्त्रालयका मन्त्री श्रीपद नाइकेले नेपालमा आयुर्वेद प्रदर्शनी, चिकित्सा शिक्षा र सेवालगायतका विकासमा काम गर्न सधैँ तयार रहेको बताए । भारतमा गत १८ गतेदेखि शुरू भएको आरोग्य अन्तर्र्राष्ट्रिय सम्मेलन २०१७ मा नेपालबाट आउनुभएका सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा वंशदीप शर्माखरेल, आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवाली, सहकारी आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा शंकर गौतम, आयुर्वेद विद्यार्थी समाजका अध्यक्ष डा सुमन खनालको टोलीले मन्त्री नाइकेसँग भारतमा आयुर्वेदको उच्च शिक्षाको कोटा बढाउन आग्रह गरेका थिए । अहिले भारतमा नेपाली विद्यार्थीका लागि १८ सिट मात्र छुट्याइएको छ । आयुर्वेद प्रतिष्ठान, पञ्चकर्म तथा योग केन्द्रको विकास, स्तरोन्नतिका लागि पहल गर्न पनि टोलीले आग्रह गरेको थियो । मन्त्री नाइकेले द्विपक्षीय सहयोगका लागि सदैव सकारात्मक रहेको तथा नेपालबाट औपचारिक प्रस्...