Posts

Showing posts with the label दुर्घटना

वाणी–कृष्णपुर खण्डमा रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर, बैशाख १०। कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। आज बिहान कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको म १ क १३९ नं को ट्रकमा से ४ त ८०२४ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो। ट्रकमा ठक्कर दिँदा मोटरसाइकल चालक कैलालीको साविक दुर्गौली गाउँपालिका–१ का ५२ वर्षीय लिखराम चौधरीको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले जानकारी दिए। ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि धनगढी पु¥याइएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार बर्दियाको राजापुरका २५ वर्षीय प्रवीन चौधरी सामान्य घाइते भएका छन्। घाइते चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

दोलखामा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चरीकोट, वैशाख २ गते । नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ । दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो । दोलखाको शैलुङ गाउँपालिकाबाट रामेछापतर्फ जाँदै गरेको बा९२प ७२१४ नंको मोटरसाइकल गए राति जिल्लाको तामाकोशी गाउँपालिका–१ भीरकोट, माझीगाउँस्थित मोडमा दुर्घटनामा परेको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनामा परी उनीहरुको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । प्रहरीका अनुसार नयाँ वर्षमा उनीहरु साथीसँग घुम्न आएको र तीव्र गतिमा मोटरसाइकल दौडाएकाले दुर्घटना भएको हो । मोटरसाइकल सडकबाट करीब १५० मिटर तल खसेको थियो. । (रासस)

कञ्चनपुरमा ट्याक्टरबाट खसेर ६ वर्षीय बालकको मृत्यु

कञ्चनपुर, ३० चैत। कञ्चनपुरमा बुबाले चलाएको ट्याक्टरबाट खस्दा ६ वर्षीय बालकको मृत्यु भएको छ । भीमदत्तनगरपालिका–१ का टेक साउदका छोरा विकास साउदको आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । खेत जोतिरहेका बेला ट्याक्टरमा सवार विकास साउद लडेर घाइते भएका थिए। बालकको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतमा फेरि अर्को दुर्घटना १८को मृत्यु, १५ घाइते

नयाँदिल्ली, चैत २७ गते । भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सडकको डिभाइडरमा ढोक्किएर दुर्घटना हुँदा ट्रकमा रहेका मजदुरहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतको महाराष्ट्र राज्यको पुनेदेखि सतरासम्मको राजमार्गमा पर्ने पुने जिल्लाकै खान्डाला भन्ने ठाउँमा ट्रक दुर्घटना भएको जनाइएको छ । घटनास्थल महाराष्ट्र प्रदेशको राजधानी मुम्बईदेखि ८१ किलोमिटर पूर्वतर्फ पर्छ । “सामान बोक्ने एउटा ट्रकले ४० जना मजदुरलाई बोकेर ल्याइरहेको थियो, त्यो ट्रक आज बिहान खान्डाला भन्ने ठाउँमा दुर्घटनामा परेको छ”, पुनेका एकजना प्रहरी अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भने । उनले थप स्पष्ट पार्दै भने, “ट्रक दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने अरु १५ जना घाइते भएका छन् ।” अधिकारीहरुका अनुसार दुर्घटनामा परेका ती मजदुरहरु ट्रकमा चढेर दैनिक मजदुरीका लागि कार्यस्थलतर्फ जाँदै गरेका थिए । घाइतेहरु सबैलाई स्थानीय सतरा नागरिक अस्पतालमा भर्ना गरिएको छ । उपचार भइ...

ट्याक्टर दुर्घटनामा चालकको मुत्यु

धनगढी, चैत २३ गते। कैलालीको जोशीपुर गाउँपालिका ३ लक्कडमा ट्याक्टर दुर्घटना हुदा चालकको घटना स्थलमै मुत्यु भएको छ । मुत्यु हुनेमा सोही ठाउका अन्जादी २६ वर्षीया मोनि राम कठरिया रहेको इलाका प्रहरी कार्यलय भजनीका प्रहरी निरिक्षक दान बहादुर रोकायाले बताउनुभयो। ट्याक्टरमा सवार अर्का एक जना सकुसल रहेको बताईएको छ । शुक्रबार साझँ साढे ६ बजे से १ त ३४३४ नम्बरको ट्याक्टर लक्कड बाट फाडिया गाउँ जाने क्रममा सडक बाट नालिमा पल्टेको प्रहरीले जनाएको छ। ट्याक्टर के करणले दुर्धटना भएको हो भन्ने बारेमा अनुसन्धान भैरहको प्रहरीको भनाई छ।

बैतडीमा जीप दुर्घटना, ३ जना घाईते

१६ माघ- जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका ७ बाझँपानीमा आज बिहान जीप दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । घाईते हुनेहरुमा जीप चालक कृष्णपुर २ कञ्चनपुरका ३० बर्षिय महेश भट्ट, गौरीगंगा नगरपालिका ३ कैलालीका ४० बर्षिय वीर वहादुर चौधरी र उहाँकी ३५ बर्षिया श्रीमती सुन कुमारी चौधरी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । घाईतै तीनै जनाको बैतडीमा उपचार हुन नसकेपछी थप उपचारका लागी सुदूरपश्चिम उप–क्षेत्रिय अस्पताल डडेल्धुरा लगिएको छ । धनगढीवाट बझाङ जादै गरेको बा १६ च ८८६५ नं.को जीप आज बिहान ८ बजेर ४५ मिनेटमा खोडपे–बझाङ सडकखण्डको बाझँपानीमा दुर्घटनामा परेको हो । बिहानको समयमा सडकमा तुसारो जमेकाले जीप चिप्लीएर दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । जीप सडकवाट ३० मिटर तल खसेको छ ।

Man dies after falling off cliff in Baitadi

Image
A man died after falling off a cliff in Baitadi on Sunday. The deceased has been identified as Jay Singh Karki, 22, of Rikhali of Dogadakedar Rural Municipality-7. [caption id="attachment_1059" align="aligncenter" width="696"] Representational Image[/caption] He fell off the cliff while he was on the way back to home after observing the Dashain festival at Darkuri Temple in Dogadakedar-7. Critically injured in the incident, Karki breathed his last while being taken to the District Hospital in Baitadi, according to the District Police Office, Baitadi. The body has been kept at the same health facility for autopsy.

बनसमिति मा सडक दुर्घटना, एक को मृत्यु

आज मंगलबार बिहान लगभग ९ बजे तिर  शुक्लाफांटा नगरपालिका स्थित पश्चिम राजमार्ग को बनासमिति मा सडक दुर्घटना परि एक जना को घटना स्थल मै मृत्यु भएको छ। से . १ प . ४५५५ नम्बर को मोटरसाईकल र ना. ३ ख . ३९५५ नम्बर को बस एक आपस मा ठोक्किदा दुर्घटना  भई  मोटरसाईकल चालक को मृत्यु भएको हो। उक्त बस पुर्णागिरि दर्शनमा गई रहेको र मोटरसाईकल चालक पनि पुर्णागिरि बाट नै फर्की रहेको जानकारी पयिएको छ। [gallery type="slideshow" size="large" link="none" ids="147,146,145,144,155"] मोटरसाईकल पछाडी सवार महिला गम्भीर घाईते भएको र निज लाई उपचार को लागि महाकाली अञ्चल अस्पताल पुर्यैएको छ। बाकी जानकारी आउँ बाकी छ।