Posts

Showing posts with the label सन्दीप लामिछाने

आइपिएल खेल्न जानुअघि सन्दिपले भने– त्यहाँ सिकेका कुरा नेपाली क्रिकेटमा लागु गर्नेछु

काठमाडौं – युवा लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफूले राम्रो गर्न सके नेपालका अन्य खेलाडीलाई पनि अवसर मिल्न सक्ने बताएका छन्। चैत २४ गतेबाट हुने आइपिएल खेल्न भारत जानुअघि सोमबार सन्दीप लामिछानेले आइपिएलका लागि क्षमता भएका अन्य खेलाडी पनि भएको भन्दै आफूले राम्रो गर्न सके उनीहरुका लागि पनि ढोका खुल्ने बताए। ‘यो सुन्दर अवसर हो। आइपिएलमा धेरै कुरा सिक्न सकिन्छ र त्यहाँ सिकेका कुरालाई म नेपाली क्रिकेटमा लागु गर्नेछु,’ आइपिएलको क्लब दिल्ली डियरडेभिल्ससँग अनुबन्धन भएका सन्दीपले भने, ‘मैले त्यहा राम्रो गर्न सके भने नेपालका अन्य खेलाडीका लागि पनि अवसरको ढोका खुल्न सक्छ। मभन्दा सिनियर दाईहरु योग्य हुनुहुन्छ।’ सन्दीप नेपालबाट इन्डियन प्रिमियर लिगमा अनुबन्धन हुने पहिलो नेपाली खेलाडी हुन्। तथापी यसअघि शक्ति गौचनले राजस्थान रोयल्समा अभ्यास गर्ने मौका पाएका थिए। सन्दीपले नयाँ यात्रा भएकाले यो प्रतियोगितामा आफुलाई सबै कुरा नौलो हुने बताए। यद्यपी उनले राष्ट्रिय टोलीबाट खेल्न पाउनु नै सबैभन्दा खुशीको क्षण भएको बताए। ‘नेपालको राष्ट्रिय टोलीमा नभएको भए आज म यहाँसम्म नहुन पनि ...

आइपिएलमा सन्दीप लामिछानेलाई १ नम्बरको जर्सी

Image
काठमाडौं,९ चैत – नेपाली बलर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा लगाउने जर्सी सार्वजनिक भएको छ । काठमाडौंको एक होटलमा बिहीबार साँझ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले सन्दिपको जर्सी सार्वजनिक गरेका हुन् । दिल्लीले सन्दीपलाई १ नम्बरको जर्सी दिएको छ । दिल्लीले सन्दिपलाई २० लाख भारतीय रुपैयाँमा अनुवन्ध गरेको थियो । सन्दीप आउँदो मंगलबार आइपिएलको अभ्यासका लागि भारत जाँदैछन् । आगामी अप्रिल ४ बाट सुरु हुने आइपीएलमा सन्दीपले गौतम गम्भीरको कप्तानीमा दिल्ली डेयरडेभिल्सको तर्फबाट खेल्नेछन् ।