'मतगणना सात दिनमा सक्न निर्देशन'
तीन प्रदेशमा दोस्रो चरणको स्थानीय तह चुनाव भएलगत्तै कैयौ स्थानमा मतगणना कार्य शुरु भएको निर्वाचन आयोगका एक अधिकारीले बताएका छन्। कति स्थानमा मतगणना प्रारम्भ भइसकेको हो त्यसबारे पछिल्लो जानकारी आउन बाँकी छ। आयोगका अनुसार प्रदेश नम्बर १, ५ र ७ मा सम्पन्न स्थानीय तहको चुनावको मतगणना कार्य सात दिनभित्र सम्पन्न गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ। आयोगको भनाइमा भरतपुर महानगरपालिकाको मतगणना स्थलमा राजनीतिक दलका कार्यकर्ताबाट मतपत्र च्यातिएको जस्तो घटना अन्यत्र दोहोरिन नदिन विशेष सुरक्षा व्यवस्था गरिएको छ। पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणना द्रुत गतिमा हुन नसकेको भनी आलोचना खेपेको निर्वाचन आयोगले यस पटक एक हप्ताभित्र मतपरिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाइएको बताएको छ। तर त्यो कार्य चुनौतीपूर्ण हुनसक्छ। दोस्रो चरणको चुनावमा मतदाता र निर्वाचित हुने स्थानीय निकायका पदाधिकारीको संख्या पहिलो चरणको स्थानीय तहको निर्वाचनमाभन्दा बढी छ। निर्वाचन अधिकृतहरुलाई सकेसम्म धेरै टोलीहरु बनाएर गणना शुरु गर्न भनेका छौं। सात दिनमित्र महानगरपालिकाको र तीन दिनभित्र गाउँपालिकाको परिणाम आउनु पर्छ भन्न...