Posts

Showing posts with the label नेत्रविक्रम चन्द विप्लव

धनगढीमा विप्लवका कार्यकर्ता र प्रहरीविच दोहोरो झडप

Image
धनगढी चैत २४। धनगढीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरी विच दोहोरो झडप भएको छ । जनआन्दोलन दिवसको अवसरमा बर्तमान सरकार विरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीविच धनगढीको ट्राफीक चौराहमा झडप भएको हो । प्रहरीले प्रशासनबाट अनुमति बिनानै ऱ्याली निकालेर सडक बन्द गर्न खोजेको र रोक्न खोज्दा प्रहरीमाथि हातपात गरेकाले झडप भएको जनाएको छ । [caption width="960" align="aligncenter"] © Dineshkhabar[/caption] नेकपाले भने जनआन्दोलन दिवस मनाईरहँदा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ । उस्ले आफ्ना १५ जना कार्यकर्ताहरु झडपमा परि घाईते भएको र एकोहोरो झडप भएको दावी गरेको छ । प्रहरीमाथि नै हातपात गर्न खोजेपछि १५ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विप्लवका गतिविधि गैरराजनीतिक र अतिवादी - गृहमन्त्री थापा

चितवन, चैत २४ गते । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिनुभएको छ । प्रेस सेन्टर र प्रेस चौतारीले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा विप्लवका क्रियाकलाप राजनीतिक नभइ ध्वंसात्मक भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“शान्ति, स्थायित्वको विरुद्ध अतिवादी अराजकतातिर लैजान खोजिदैछ त्यो सरकारलाई स्वीकार्य छैन।” विप्लव नेतृत्वको माओवादीले संविधान र कानून विरोधी गतिविधि गरिरहेको भन्दै उहाँले यो गैरराजनीतिक गतिविधि सरकारले रोक्ने दृढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–“यो राजनीतिक गतिविधि मानिदैन, गैरराजनीतिक गतिविधि हो । गृहमन्त्रालयले केही दिनअघि कार्ययोजना सार्वजनिक गरेको भन्दै उहाँले विकास, समृद्धि र सुशासनका लागि देशमा शान्ति सुरक्षा, अमनचयन कायम गर्नुपर्ने बताउनुभयो । उहाँले वैशाखको दोस्रो सातासम्ममा दुई कम्युनिष्ट पार्टी एक हुने भन्दै यसले विश्वका सबै अग्रगामी शक्तिलाई प्रेरणा दिने विचार व्यक्त गर्नुभयो । गृहमन्त्री थापाले अब प्रहरी महानिरीक्षक नियु...

विप्लवलाई प्रधानमन्त्रीको चेतावनी

काठमाडौं, २० चैत्र– प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा आतंक मच्चाउने सम्पूर्ण गतिविधी अस्वीकार्य भएको बताएका छन्। भुमिगत शैलीमा हिडिरहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले क्रान्तिकारी परिवर्तनका नाममा जनता तर्साउने, आतंक सिर्जना गराएर बलजफ्ती चन्दा असुली गर्नेलाई सरकारले नछोड्ने स्पष्ट पारे। ‘समाजमा मान्छे तर्साउने, आतंक सिर्जना गराएर बलजफ्ती चन्दा असुली, अन्य अपराधजन्य तस्करी, भष्टाचारजस्ता कुरा र त्यसबाट उत्पन्न हुने अपराध स्वीकार्य छैन्’, ओलीले भने– ‘म दृढतापूवर्क भन्न चाहन्छु, सरकारले नियन्त्रण गर्छ, यो जनआकांक्षा र समयको माग होइन, सरकारले मान्दैन, स्वीकार्देन। नियन्त्रण गर्छ।’