अपहरण शैलीमा गोर्खाल्यान्डका नेता काठमाडौंबाट बेपत्ता - नेपाल प्रहरीकै सहयोगमा भारतीय प्रहरीले पक्राउ गरेको अनुमान
काठमाडौँ — गोर्खाल्याण्ड आन्दोलनमा संलग्न एक जना नेता चार दिनदेखि काठमाडौबाट अपहरण शैलिमा बेपत्ता पारिएका छन् । धापासीस्थित काका ससुरा प्रकाशचन्द्र मुखियाको घरमा आएका बेला गोर्खाल्याण्ड टेरेटोरियल एडमिनिस्ट्रेसन (जीटीए)को बोर्ड सदस्य सञ्जय थुलुङलाई अपरिचित समूहले बसुन्धराबाट बेपत्ता बनाएको हो । काका ससुरा मुखियाले अज्ञात समुहले आफ्नी पत्नी सविता राईलाई समेत दुर्व्यवहार गरेको बताए । उनी गोर्खा जनमुक्ति मोर्चाको युवा संगठन गोर्खा जनमुक्ति युवा मोर्चाका पूर्व केन्द्रीय उपाध्यक्ष समेत थिए । गाडीमा आएका अज्ञात व्यक्तिहरुले आफूहरु नेपाल प्रहरी भएको बताएको सवितालाई उद्धृत गर्दै मुखियाले कान्तिपुरलाई जानकारी दिए । उनका अनुसार ज्वाईंको बेपत्ताबारे प्रहरी मुख्यालयमा समेत जानकारी गराइएको छ । ‘तर, घटनामा आफ्नो संलग्नता नरहेको प्रहरीले दाबी गरेको छ,' मुखियाले भने,‘कसले कहा बेपत्ता बनायो थाहै पाउन सकिएन ।’ अपरिचित समूहले थुलुङकी काकी सासु सविता राई मुखियालाई कतारबाट दाइले पठाएको सामान लिन आउनू भन्दै बोलाएका थिए । उनीहरुले राईलाई नियन्त्रणमा लिएर ज्वाईं सञ्जयलाई बोलाउन दबाब दिएका थिए । सविताले फो...