बैतडीमा शहीद दिवस - शहीद दशरथ चन्दको जन्मघरमा पनि शहीद दिवस
१६ माघ- शहीद दशरथचन्दको जन्मभूमी बैतडीमा विविध कार्यक्रमको आयोजना गरि शहीद दिवस मनाइएको छ । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको केन्द्रिय कार्यालय सुन्दरखालीबाट शहीद दशरथचन्दको जन्मघर सम्म प्रभातफेरी गरिएको थियो । अमर शहीद दशरथ चन्दको जन्म घर बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटमा रहेको शहीद सदनमा बिशेष श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायधिश विष्णुप्रसाद गौतम प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सिद्धराज भट्ट, दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्द लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको २३ औं बार्षिकोत्सव समेत भएकाले प्रतिष्ठानका सचिव दुर्गादत्त जोशीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका अधिकांश वक्ताहरुले सहिदका सपना अझै पनि पूरा नभएकाले सहिदका सपना पूरा गर्ने दिशातर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । यसैबीच शहीद दशरथचन्दको जन्मघर हेर्न आउने पाहुनालाई सजिलो होस भन्नका लागि नजिकै होमस्टे सञ्चालनको ...