Posts

Showing posts from April, 2018

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

राजविराज, बैशाख १६- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति मोइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक नमोबुध नगरपालिका–२ फूलबारी बस्ने मोइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । काठमाडौँबाट सप्तरीको फतेपुर आउँदै गरेको बा४ख ८२४८ नम्बरको मोइक्रोबस (हायस) र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०६ जीसी ७६६६ नम्बरको भारतीय ट्रक एकापसमा ठोकिएको थियो । ठक्कर दिने ट्रकको चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको इलाका प्रकरी कार्यालय कल्याणपुरले जनाएको छ ।

प्रदेश नं ५ को प्रदेशसभामा प्रधानमन्त्री सम्वोधन गर्दै

बुटवल, बैशाख १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रदेशसभामा गर्ने उहाँकोे यो पहिलो सम्बोधन हो । आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको सम्बोधन प्रदेशसभा र प्रदेश सरकारका आगामी जनसरोकारसँग सम्बन्धित विषयका बारेमा केन्द्रित रहने स्रोतले जनाएको छ । नीति तथा कार्यक्रम र बजेट पास गरेर विकास बजेट कार्यान्वयन तहमा लागेको प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनलाई विशेष किसिमले हेरिएको छ । संसद् सचिवालयका सचिव डा मानबहादुर विकेले बैठकमा अनिवार्य उपस्थित हुन सबै सदस्यलाई आग्रह गरी सूचना जारी गर्नुभएको छ । प्रदेशसभा बैठक यसअघि वैशाख २१ गतेका लागि बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि तीन दिनअघि सूचना टाँसेर आजलाई डाकिएको थियो ।

डोल्पामा नेपाली काँग्रेसको छायाँ सरकार

डोल्पा, वैशाख १६ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली काँग्रेसको छाँया सरकार गठन गरिएको छ । नेपाली काँगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो । त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको हो । छायाँ सरकारको सहयोगीका रुपमा त्रिपुरासुन्दरी नगरपालिका तरुण दलका संयोजक मदनबहादुर रोकायाको संयोजकत्वमा १८ सदस्यीय तरुण दल समिति गठन गरिएको पनि नेपाली काँग्रेस डोल्पाले जानकारी दिएको छ । छायाँ सरकारले त्रिपुरासुन्दरी नगरपालिकाभित्रका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरकारलाई राम्रो काममा सहयोग र नराम्रा काममा विरोध गर्ने पनि जनाइएको छ । अबको केही समयमै बाँकी ६ गाउँपालिका र ठूलीभेरी नगरपालिकामा पनि छायाँ सरकार गठन गर्ने तरुण दल, डोल्पाका सभापति तुलबहादुर बोहोराले जानकारी दिनुभयो । - (रासस)

घटाल देवताका पुजारी खड्काले छाउगोठ भत्काए, कुप्रथाविरुद्धको अभियानमा साथ

बाजुरा, वैशाख १६ गते । बाजुराको बडिमालिका नगरपालिका–३ पीपल गाउँस्थित दह घटाल देवताका पुजारी रामबहादुर खड्काले छाउगोठ भत्काउनुभएको छ । धार्मिक आस्था र विश्वासलाई बढावा दिने पुजारीले नै छाउगोठ भत्काएका हुन् । छाउगोठ भत्काएपछि खड्काको श्रीमती छोरी र बुहारी छाउ भएका बखत पनि एकै घरमै बस्न थालेका छन् । छाउ कुप्रथाविरुद्धको अभियानमा साथ दिन छाउगोठ भत्काएर घरमै बसाउने गरेको खड्काको भनाइ छ । वडा कार्यालय र संघसंस्थाले दबाब दिएकाले भत्काउन बाध्य भएको खड्काले बताउनुभएको छ । नजिकै देवताको मन्दिर र घरमै पनि देवता राखिएकाले शुरुमा डर लाग्यो तर सबैतिरबाट दबाब आउन थालेपछि एक्लै बाधक भएर बस्नु उचित होइन भनेर आफैँले भत्काएको पुजारी खड्को भनाइ छ । पीपलगाउँमा सात परिवार बस्छन् । गाउँको साझा छाउगोठ भत्काएपछि सबैजना घरमै बस्न थालेका हुन् । खान पकाउन र देवताको नजिक जान भने नदिएको उहाँले बताउनुभएकोे छ । सफा सुग्धर भएमा केही हुँदैन भन्ने थाहा पाएपछि वडा कार्यालय, निगरानी समूह, महिला समूहसहित सबैले गोठ भत्काउन संयुक्त आन्दोलन गर्ने बताएपछि वडाका सबै छाउगोठ भत्काइएको वडा सदस्य विमला खड्काको भनाइ छ । छाउगोठ धामी,

प्रदेश नं ७ मा ३१ हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध

बैतडी, वैशाख १६ गते । गरीब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन सरकारले शुरु गरेको स्वास्थ्य बीमा यहाँ प्रभावकारी बन्न थालेको छ । अहिलेसम्म बैतडीसहित प्रदेश नं ७ ९सुदूरपश्चिमका ३१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् । स्वास्थ्य बीमा बोर्ड, प्रदेश नं ७ को कार्यालयका अनुसार ५ हजार ७६४ परिवारका ३१ हजार ४६८ व्यक्ति स्वास्थ्य बीमामा आबद्ध भएका छन् । प्रदेश ७ मा बैतडी, कैलाली, अछाम र बाजुरा गरी ४ जिल्लामा उक्त कार्यक्रम लागू गरिएको छ । सबैभन्दा बढी कैलालीमा २४ हजार ९३० जनाले स्वास्थ्य बीमा गरेका छन् जसमा ४ हजार ४३८ परिवार रहेका छन् । यस्तै, बैतडीमा ७८० परिवारका ३ हजार ८३० जना र अछामका ५४६ परिवारका २ हजार ७०८ जना यस कार्यक्रममा आबद्ध भएका छन् । बाजुरामा भने गत चैत २५ गतेमात्रै यो कार्यक्रम शुरु भएकाले विवरण आइसकेको छैन । स्वास्थ्य बीमा लागू भएका ४ जिल्लाको कूल जनसंख्या १२ लाख ८४ हजार ८४ छ भने २ दशमलव ५ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बीमामा आबद्ध भएको देखिन्छ । भौगोलिक कठिनाइ, गरिबी, निरक्षर नागरिक लगायतका चुनौती रहेपनि बीमा कार्यक्रममा नागरिकको आकर्षण दे

कार्यक्रम शिक्षाको, अख्तियारी गृहको!

काठमाडौँ, १६ वैशाख – चालु आर्थिक वर्षका शिक्षा सम्बन्धी जिल्लागत कार्यक्रमको अख्तियारी प्रशासन कार्यालयलाई दिइएको छ । जिल्ला शिक्षा कार्यालय खारेज भई जिल्ला प्रशासन कार्यालय मातहत शिक्षा विकास तथा समन्वय इकाई खडा भएपछि सो कार्यक्रमको अख्तियारी प्रशासन कार्यालयलाई दिइएको हो । विद्यालय तहसम्मको शिक्षा व्यवस्थापन र सञ्चालनको अधिकार संविधानतः स्थानीय तहको भएपछि साविकका जिल्ला शिक्षा कार्यालय स्थानीय स्वायत्त शासन ऐन २०७४ बमोजिम गत चैत २८ देखि लागू हुने गरी खारेजी भएका हुन् । मन्त्रिपरिषद्को गत चैत २७ को निर्णयानुसार सो इकाइ खडा भएको हो। साविकका जिल्ला शिक्षा अधिकारीहरुले इकाइको प्रमुखको रुपमा काम गर्ने गरी मन्त्रिपरिषद्को यही वैशाख ४ गतेको बैठकले अन्तरिम संगठन संरचना स्वीकृत तथा दरबन्दी तेरिज स्वीकार गरेको थियो । सो निर्णय कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साविकका शिक्षा कार्यालयमा पत्राचार गरेपछि ती कार्यालयले “नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, विकास तथा समन्वय इकाइ”को नाममा साइनबोर्ड र छाप बनाउन शुरु गरेका छन् । आफैँ कार्यालय प्रमुख भई काम गरेका

निर्माणाधीन आयोजना समयमै सक्न पहल

काठमाडौँ, १६ वैशाख – नेपाल विद्युत् प्राधिकरण र सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना समयमै सक्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विशेष पहल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सम्बन्धित आयोजनाका प्रमुखसहितको टोलीले संयुक्त रुपमा माथिल्लो त्रिशूली थ्री ए, रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ । ऊर्जामा आत्मनिर्भर बनाउन र पेट्रोलियम पदार्थको आयात कम गर्दै जाने लक्ष्यका साथ मन्त्रालयले निर्माणाधीन आयोजनालाई तोकिएको समयमा पूरा गर्न विशेष पहल गरेको हो । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण निर्माणमा ढिलाइ भएका आयोजनालाई समयमै सक्दामात्रै भारतबाट आयात भइरहेको विद्युत् ल्याउनु नपर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सहयोग पुग्ने लक्ष्यका साथ उच्च सरकारी अधिकारीले स्थलगत अनुगमन तथा निरीक्षण कार्यलाई तीव्र पारेका हुन् । उच्च सरकारी टोलीले शुक्रबार माथिल्लो त्रिशूली थ्री ए आयोजनाको स्थलगत निरीक्षण गरेको थियो । आयोजनाको हाल ७० प्रतिशतभन्दा बढी भौतिक निर्माण

प्रदेश नं. ७ को बजेट पारित

धनगढी, १६ वैशाख – प्रदेश नं ७ प्रदेशसभाको बैठकले प्रदेश सरकारद्वारा चालु आव २०७४/०७५ का बाँकी अवधिको लागि प्रस्तुत गरेको बजेटसँग सम्बन्धित विनियोजन विधेयक–२०७५ सर्वसम्मतिले पारित गरेको छ । सभामुख अर्जुुनबहादुर थापाले उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नु हुँदा बैठकले सर्वसम्मतिले पारित गरेको हो । यसअघि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले विनियोजन विधेयक–२०७५ लाई सभाबाट पारित गरियोस् भनी बैठकमा प्रस्ताव पेश गर्नुभएको थियोे । मन्त्री बोहराले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि प्रस्तुत भएको बजेटको छलफलका क्रममा उठेका प्रश्न र विपक्षी प्रदेशसभा सदस्यले दर्ता गराएको खर्च कटौतीको संशोधन प्रस्तावसँग सम्बन्धित विषयमा जवाफ दिनुभएको थियो । खर्च कटौती गर्न राखिएको संशोधन प्रस्तावको जवाफमा मन्त्री बोहराले विपक्षी सदस्यको सुझावप्रति गम्भीर रहेको उल्लेख गर्दै बजेटमा अध्ययन, अनुसन्धान, अनुगमन शीर्षकमा छुट्याइएको रकम सार्वजनिक खरिद ऐनबमोजिम आवश्यक कार्यविधि बनाएर खर्च गरिने र आगामी वर्षको बजेट निर्माणमा सबैको भावना समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । मन्त्रीको जवाफपछ

अत्तरियामा सडक क्षेत्र अतिक्रमण गरि राखिएका खोका छाप्रा हटाउने काम तिब्र

Image
अत्तरीया बैशाख १६। अत्तरियामा सडक क्षेत्र अतिक्रमण गरि राखिएका खोका छाप्रा हटाउने काम तिब्र बनाइएको छ। सडक डिभिजन कार्यालय र गोदावरी नगरपालिकाको पहलमा अत्तरिया चोक र चारैतर्फ रहेका खोका छाप्रा लगायतका समरचना हटाउन लागिएको हो। शुक्रबार स्थानिय प्रसासनले आईतवार बिहान सम्म खोका छाप्रा लगायत अतिक्रमित क्षेत्रमा रहेको संरचना हटाउन सुचना जारी गरेको र आज बिहान सम्म पनि कतिपय संरचना नहटाइएपछी प्रहरी र सड्क बिभागका कर्मचारीहरुको सहयोगमा डोजरको प्रयोग गरि सडक क्षेत्र हटाउने काम तिब्र बनाइएको छ। अत्तरिया क्षेत्रको सडक खाली गराउन इलाका प्रहरी र जिल्ला बाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ। सडक बिभागले अत्तरिया चोक बाट पुर्वमा मनेहरा पुल सम्म पश्चिममा गोदाबरी नदि पुल, र उत्तरमा दुर्गा लक्ष्मी मा.बि सम्मको सडकको बिच बाट २५÷२५ मिटरको दुरि भित्र पर्ने संरचना हटाउने जनाएको छ। यसैबिच आज बिहान स्थानिय प्रसाशनले सडक क्षेत्रमा रहेका खोका छाप्रा हटाउन लागेपाछी खोका छाप्रा व्यव्सायीहरुले उचित स्थानमा व्यवस्थापनको माग गर्दै चर्का नारावाजी सहित बजार परिक्रमा गरेका थिए। श्रोत - दिनेश खबर

मैले जवानलाई कुटेको हैन, सम्झाएको मात्रै होः डिएसपी मगर

Image
धनगढी, वैशाख १६। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बिरबहादूर बुढामगरले आफुले प्रहरी जवान दिपेन्द्र चन्दलाई कुटपिट नगरेको दाबी गरेका छन्। आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली मार्फत संचार माध्यमहरुमा ईमेल पठाउदै उनले आफु सहित कुनै पनि अधिकृतले जवान चन्दलाई कुटपिट नगरेको उल्लेख गरेका छन्। तर प्रहरी अनुशासन भन्दा बाहिर गएको भन्दै जवान चन्दलाई सम्झाई बुझाई गरेको भने स्वीकार गरेका छन्। पत्रमा प्रहरी जवानलाई डिएसपीद्धारा कुटपिट भन्दै प्रकासन प्रसारण भएका समाचारप्रति जिल्ला प्रहरी कार्यालय कैलालीको गम्भीर ध्यानाकषर्ण भएको उल्लेख छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान दिपेन्द्रवहादुर चन्दले आफुलाई डिएसपी मगरले फाँटमा बस्न पाउनु पर्ने माग गर्दै आईजिपीलाई निवेदन किन गरेको भन्दै कुटपिट गरेको थिए। हुलाकबाट आईजीपीलाई पत्र पठाएका प्रहरी जवान चन्दले आफ्नो माग पत्रमा प्रहरी कर्मचारीले पहुँचका आधारमा मात्रै फाँटमा बस्न पाउने चलन अन्त्य गरेर सबैले समान रुपमा फाँटमा बस्न पाउँने व्यवस्था गर्न माग गरेका थिए। सोही विषयलाई लिएर प्रहरी नायव उपरिक्षक बुढामगरले प्

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन शुरु

रुपन्देही, वैशाख १५। भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । गोष्ठीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गरे। ३८ देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्रा्ष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकासकोषको सचिवालयले जनाएको छ । गोष्ठीमा अमेरिका, जापान, भारत, इण्डोनेसिया, चीन श्रीलंकालगायत मुलुकका विश्वविद्यालयका प्रोफेसर, प्रकाण्ड बौद्ध धर्मगुरु सहभागी भएका छन्। सम्मेलनमा विभिन्न देशका बौद्ध विद्वान्हरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछन् । दुई दिनसम्म चल्ने सम्मेलनले लुम्बिनी घोषणापत्रसमेत जारी गर्नेछ। लुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन समितिका संयोजक प्रा डा नरेशमान बज्राचार्यले विश्वका पुरातत्वविद् र बौद्ध विद्वान्हरुले लुम्बिनीलाई गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर प्रचारप्रसार गर्ने बताए। - रासस

अछाममा चट्याङ र असिनापानीः सात जना घाइते, गहुँबाली नष्ट

अछाम, वैशाख १५। मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन् । असिनापानीसँगै परेको चट्याङ लागेर नगरपालिका–५ का मनिषा भाटलगायत ७ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, घाइते सातमध्ये मनिषा भाटलाई बढी चोट लागेका र केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए। ६ जनाको सामान्य उपचारपछि घर फर्किएका छन्। यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए। किसानले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन्। यसैबीच असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउदले जानकारी दिए। आधा केजीसम्मको असिना परेपछि तरकारी र गहुँखेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताए।

अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य अलपत्र

बैतडी,१४ वैशाख धुर्मुुस सुन्तलीले अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको चर्चा पाईरहेका बेला बैतडीमा भने निर्माणाधिन अवस्थामा रहेको दशरथचन्द अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य केही बर्षदेखि अलपत्र अवस्थामा रहेको छ । जिल्लाको दशरथचन्द नगरपालिका सुन्दरखाली वि स २०६३ मा दशरथचन्द नगरपालिकाले निर्माण सुरु गरेको क्रिकेट मैदानलाई र वि स २०७१ सालमा राष्ट्रिय खेलकुद परिषदले दशरथचन्द अन्र्तराष्ट्रिय क्रिकेट मैदान भनेर निर्माण सुरु गरेको हो । वि स २०३४ सालमा दशरथचन्द नगरपालिका स्थित सुन्दरखालीमा मात्र क्रिकेट खेल्ने गरिन्थ्यो त्यसपछी वि स २०५२ सालपछी त्यस मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन सबैको ध्यान पुग्यो । सदरमुकाम नजिकैको सुन्दरखाली क्रिकेट मैदानमा चार वर्ष अघिसम्म क्रिकेट प्रतियोगिता सञ्चालन हुन्थ्यो । त्यही मैदानमा खेलाडीले अभ्याससमेत गर्न पाउथे । जिल्ला स्तरदेखि क्षेत्रीयस्तरका प्रतियोगिता हेर्ने पाउँदा स्थानियबासी हर्षित भएका थिए । तर अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएपछि प्र्रतियोगिता समेत हुन पाएको छैन । मैदान निर्माण कार्य अधुरो भएपछि खेल सञ

जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा दुर्गममा निशुल्क घुम्ती शिविर सञ्चालन

बैतडी,१५ वैशाख गाउँमै सरकारी सेवा प्रदान गर्ने उद्देश्यले बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा आजदेखि निशुल्क घुम्ती शिविर सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वय र सम्बन्धित स्थानीय तहको आयोजनामा पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा घुम्ती शिविर सञ्चालन हुन लागेको हो । आज र भोली पञ्चेश्वरको कुलाउमा घुम्ती शिविर सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । शिविरमा नेपालीको नागरिकताको प्रमाणपत्र, फोटोसहितको मतदाता परिचयपत्र, अपांगता परिचय पत्र लगायतका सेवाहरु प्रदान गरिने वितरण गरिने उहाँले बताउनुभयो । वैशाख १७ गते शिवनाथको शर्माली र १८ गते सुल्लेखानमा शिविर सञ्चालन हुनेछ । शिविरमा आई सेवा लिनका लागि जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह समेत गरेको छ । नागरिकलाई घरदैलोमै सरकारी सेवा एकीकृत रुपमा प्रदान गर्नका लागि शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । शिविरमार्फत दुर्गम क्षेत्रका नागरिकले सरकारी सेवा प्राप्त गर्ने जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ ।

‘झोले क्याम्पस’ खारेज गर्दै त्रिवि

काठमाडौं,१४ बैशाख– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धन लिएका तर सञ्चालनमा नरहेका ‘झोले’ क्याम्पस खारेज गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमार्फत् आएका उजुरीमाथि त्रिविले कारबाही प्रक्रिया अघि बढाएको हो । त्रिवि अनुगमन निर्देशनालयले अनुगमन तथा नियमन प्रक्रिया थालेको कार्यकारी निर्देशक विष्णुप्रसाद खनालले बताए । अनुगमन गर्दा त्रिविको रेकर्डमा क्याम्पसको नाम, सञ्चालन गर्ने ठाउँ र सञ्चालक फेला नपरेका तथा कतिपय किनबेच भइरहेको फेला परेपछि खारेज प्रक्रिया अघि बढाइएको त्रिवि पदाधिकारीले जनाएका छन् । कतिपय क्याम्पसले त्रिविबाट सम्बन्धन तथा सञ्चालन अनुमति लिएका विषय तथा कार्यक्रम नपढाई रद्द गराएका विषय पढाइरहेका समेत भेटिएको छ । त्यसैगरी सम्बन्धन मात्र लिएका केही क्याम्पसको भने कार्यालय, साइनबोर्ड र सञ्चालकसमेत फेला परेका छैनन् ।

१४ गते पार्टी एकीकरणको मिती तोकीने, एकतापछि पछुताउनुभन्दा समय लिनु राम्रोः प्रचण्ड

चितवन, वैशाख ११ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरण गर्ने मिति वैशाख १४ गते तोकिने बताएका छन । आज चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका विषयमा केही जटिलता नभएको तर समय अभावले केही पर सरेको बताएका हुन । वैशाख १४ गते भित्र सबै समझदारी भइसक्ने र लगत्तै पार्टी एकीकरण हुने बताउँदै उनले दुई अध्यक्षको व्यस्तताले ढिला भएको बताए । समय निकालेर छिट्टै टुंगोमा पुगिने उनको भनाई छ । केही दिन ढिलाई हुँदैमा केही समस्या नहुने बताउँदै अध्यक्ष प्रचण्डले पार्टी एकीकरणपछि पछुताउनु भन्दा एकताअघि नै समय लिनु राम्रो भएको बताए । वैशाख महिनाभित्रै पार्टी एकीकरण हुने उनले बताए ।

धुर्मुस सुन्तली फाउन्डेशनले १५० बालबालिका लाई विद्यालय भर्ना

Image
बैसाख १३, धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन्। फाउन्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै सो बस्तीका विपन्नका बालबालिकालाई बस्तीकै छेउमा रहेको नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना गराउनुभयो । सो अवसरमा प्रदेशसभा सदस्य भरतप्रसाद साहले विद्यालयलाई शैक्षिक गुणस्तर सुधार्न रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभयो । गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले शिक्षामा देखिएको बेथितिलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो ।

झापामा नाम-थर मिलेको आधारमा निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा, सांसदद्वारा आपत्ती

काँकडभिट्टा, वैशाख १३ गते । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार चन्द्रगढी कारागारबाट मुक्त गरिएको हो । घटना विवरणअनुसार २०६४ जेठ २२ गते झापा जिल्लाको साविक टाघनडुब्बा वडा नं २ का गुलाम रसुल मियाँ मौलबीको घरबाट ठूलो परिमाणको रक्त चन्दनको काठ प्रहरीले बरामद गरेको थियो । सो काठ लुकाएको अभियोगमा मेचीनगर–१० काँकडभिट्टाका अर्कै श्याम थापा नाम गरेका व्यक्तिलाई झापा जिल्ला अदालतले रु २६ लाख ९९ हजार २०० जरिवाना र छ महिना कैद सजाय हुने ठहर गरेको थियो । तर फरार अभियुक्तको खोजी गर्ने सिलसिलामा प्रहरीले घटना भएका बेला वैदेशिक रोजगारीमा कतारमा रहेका निर्दोष श्याम थापालाई गत चैत ३० गते पक्राउ गरेर कारागारमा कैद गरेको थियो । निर्दोष श्याम थापाले परराष्ट्र मन्त्रालयबाट आफू घटना भएका बेला कतारमा रहेको प्रमाण निकालेर अदालतमा पेश गरेपछि मात्र उनलाई झापा जिल्ला अदालतले बुधबार निर्दोष सावित गर्दै रिहा गरेको हो । अद

सप्तरीमा आगलागीबाट तीन घर नष्ट

राजविराज, वैशाख १३ गते । सप्तरीको महदेवा गाउँपालिका–५ मा बुधबार आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् । स्थानीय रामनारायण साहको गाईगोठमा बालेको घुरबाट सल्केको आगोले निजको एउटा गाईगोठ र छिमेकी रामदेव साहका एउटा घर तथा गाईगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । सो आगलागीमा खाद्यान्न, लत्ताकपडा, अन्नपात, फर्निचर र अन्य सामग्री गरी करिब रु पाँच लाख मूल्यबराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानियवासी, प्रहरी र राजविराज नगरपालिकाबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।

उद्योग वाणिज्य संघमा लगाईएको ताला तोडियो

धनगढी बैशाख १३ नक्कली सदस्यता खारेजको माग गर्दै कैलाली उद्योग बाणिज्य संघमा गरिएको तालाबन्दी सुरक्षा निकायको प्रयोग गरी खोलिएको छ । वडा प्रहरी कार्यालयले आज दिउँसो तालाबन्दी खोलेको हो । वास्तविक व्यवसायीहरुले नक्कली सदस्यता खारेज गर्न पटक–पटक लिखित र मौखिक रुपमा माग गर्दा पनि वर्तमान कार्यसमितीले वास्ता नगरेको भन्दै आज विहान तालाबन्दी गरेका थिए । उनीहरुले यसअघि नै जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि उजुरी दिएका थिए भने वर्तमान कार्य समितीलाई पटक–पटक लिखित र मौखिक रुपमा नक्कली सदस्यता खारेजको माग सहित निवेदन पनि गरेका थिए ।

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार

दार्चुला, वैशाख १३ बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि मालिकार्जुन गाउँपालिका ४ का २९ वर्षीय पुष्करसिह धामी र कान्छी पत्नी २० वर्षीया तारा कार्की फरार भएको प्रहरीले जनाएको छ । बैशाख १२ गते जेठी पत्नी गोविन्दी धामीले पतिले बहु विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् । उजुरी लगत्तै दुवै जना फरार रहेका छन् । लामो समय भारतमा काम गर्दै आएका धामीले महाकाली नगरपालिका–१ छापरीबाट दोस्रो विवाह गरेका हुन्। घरमा आफु हुँदा हुँदै दोस्रो विवाह गरेको भन्दै पिडितले प्रहरीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले दुवै जनाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवंम् निमित्त प्रहरी प्रमुख लालबहादुर साउँदले जानकारी दिए।

कैलाली उद्योग बाणिज्य संघमा तालाबन्दी

Image
धनगढी बैशाख १३ नक्कली सदस्यता खारेजको माग गर्दै कैलाली उद्योग बाणिज्य संघमा तालाबन्दी गरिएको छ । वास्तविक व्यवसायीहरुले नक्कली सदस्यता खारेज गर्न पटक–पटक लिखित र मौखिक रुपमा माग गर्दा पनि वर्तमान कार्यसमितीले वास्ता नगरेको भन्दै आज विहान तालाबन्दी गरेका हुन् । वास्तविक व्यवसायीहरुले यसअघि नै जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि उजुरी दिएका थिए भने वर्तमान कार्यसमितीलाई पटक–पटक लिखित र मौखिक रुपमा नक्कली सदस्यता खारेजको माग सहित निवेदन पनि गरेका थिए । झण्डै ९ हजार संघका सदस्य मध्ये चार हजार भन्दा वढी नक्कली सदस्यहरु रहेको र यसपाली पनि थप भएकोले उनीहरुलाई खारेज गर्नुपर्ने माग सहित आज विहान ७ बजे तालाबन्दी गरिएको हो । उनीहरुले वैशाख २२ गते हुने साधारण सभा अगाडी नै नक्कली सदस्यता खारेज गर्नुपर्ने माग गरेका छन् । वास्तविक व्यवसायीहरुले नयाँ सदस्यहरुलाई प्यान र भ्याटमा दर्ता गराएर मात्रै मतदाधिकारको प्रयोग गर्न दिनुपर्ने पनि माग गरेका छन् । व्यवसायिक हक हितका साथै प्रदेशका विभिन्न सामाजिक अभियान सञ्चालन गराउनका लागि नक्कली सदस्यहरुलाई हटाएर वास्तविक व्यवसायीको संघ वनाउन उनीहरुको माग छ । य

डाेटीमा करेन्ट लागेर एक जनाकाे मृत्यु

डाेटी, १२ बैषाख। सेती प्राबिधिक शिक्षालय डाेटीमा अाेभरसियर प्रथमबर्षमा अध्ययनरत १९ बर्षिय पवन किमाडिकाे हाईटेन्सन लाईनबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको छ । प्रत्यक्ष दर्सिहरुको भनाइ अनुसार शिक्षालयकै खेलमैदानमा दिउसाे ५ बजेतिर क्रिकेट खेरिरहेकै बेला बल मैदान बाहिर जादा बल लिन रेलिङ्ग/ बार माथि चढि बाहिर जाने बेलामा माथि रहेकाे बिधुत लाईनमा छुन पुग्दा करेन्ट लागेकाे हाे । डाेटि जिल्ला शिखर नगरपालिका ११ किमडा गाउका मृतक बिधार्थि बिगत १ बर्ष देखि शिक्षालयमा अध्ययनरत थिय । मृतककाे शब दिपायल पिपल्ला स्थित शैलेश्वरि अस्पतालमा राखियकाे छ ।

पानी नपाएर अत्तरियामा छाडा चौपाया मर्दै

अत्तरिया, बैशाख १३ । कैलालीको अत्तरिया बजार क्षेत्रमा रहेका छाडा चौपाया पानी पिउन नपाएर दैनिकजसो मर्न थालेका छन् । गर्मी मौसम बढ्दै गएको छ भने सामुदायिक बन क्षेत्र पनि सुख्खा भएका कारण पानी पिउन नपाएर छाडा गाईगोरुहरु दैनिक रुपमा मर्न थालेका हुन् । सोमबार अत्तरिया बसपार्कमा पानी पिउन नपाएर गाई मरेको थियो भने मंगलबार पुर्बरोडमा र बुधवार अत्तरिया चोक नजिकै गाई मरेको स्थानियबासीले बताएका छन् । पानीका लागी बजार क्षेत्रमा रहेका गाई गोरु दिनभरी बजार क्षेत्रमा चाहार्ने गरेको भएपनि पानी नपाउने गरेकाले प्यासमा नै मर्ने गरेको उनीहरुको भनाई छ । गोदाबरी नगरपालिकाले छाडा पशु चौपायको ब्यबस्थापनका लागी बिभिन्न स्थानमा गौशाला निर्माणको प्रकृया अगाडी बढाएको भएपनि बजार क्षेत्रमा रहेका छाडा पशु चौपायको अबस्था उस्तै रहेको छ । दैनिक जसो मरेका गाईगोरुको ब्यबस्थापन समयमा नै नगर्ने गरेका कारण कारण बजार क्षेत्र समेत दुर्गन्धीत बन्दै गएको छ ।

सुदुरपश्चिमेली नेपाली समाज भारतको पहिलो अधिवेसन धनगढीमा सुरु

धनगढी बैशाख १२। सुदुरपश्चिमेली नेपाली समाज भारतको पहिलो अधिवेसन धनगढीमा सुरु भएको छ । अधिवेसनको एक कार्यक्रमका विच प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरे। अधिवेसनको उद्धघाटन गर्दै मुख्यमन्त्री भट्टले भारतमा मजदुरी गर्नुपर्ने बाध्यता अव प्रदेश सरकारले न्युनिकरण गर्ने बताए। विगतमा एकात्मक शासनका कारण भारत जानुपर्ने सुदुरपश्चिमेलीहरुको बाध्यता भएपनि अव प्रदेश सरकार बनिसकेकाले त्यो बाध्यता न्युनिकरण हुदै जाने मुख्यमन्त्री भट्टको भनाई छ। कार्यक्रममा अन्तराष्ट्रिय सुदुरपश्चिमेली समाजका अध्यक्ष धन वहादुर रोक्कामगरले अवसर पाए प्रदेश नम्वर ७ को समृद्धीका लागि प्रवासी सुदुरपश्चिमेलीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए। सुदुरपश्चिमेली नेपाली समाज भारतका संयोजक दिपक मल्लको अध्यक्षतामा भएको उद्धघाटन समारोमा विभिन्न सास्कृतीक प्रस्तुती पनि राखिएको थियो। अधिवेसनले नयाँ नेतृत्व चयन गर्ने समाजका अध्यक्ष मल्ले बताए। अधिवेसनमा भारतका विभिन्न शहरमा रोजागरी गर्ने सुदुरपश्चिमेलीहरुको सहभागिता रहेको छ।

प्रदेश ७ को स्थायी राजधानीका लागि अत्तरियामा जग्गा खोजी सुरु

धनगढी, बैशाख १३ । प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा रहेपनि स्थायी राजधानी भने कैलालीकै अत्तरियामा राख्ने तयारी भईरहेको छ । अत्तरियामा स्थायी राजधानीका लागि जग्गाको खोजी भईरहेको हो । अत्तरियामा प्रदेश ७ का सबै जिल्लाहरुको पायक पर्ने भएकोले तेघरी व्यारेक नजिकको क्षेत्र र नेपाल विद्युत प्राधिकरणको शव स्टेशनको दक्षिण क्षेत्रमा राजधानीका लागि जग्गाको छनौट गर्न अध्ययन भईरहेको श्रोतले जनाएको छ । यस क्षेत्रका प्रभावशाली नेताहरुले अत्तरियालाई राजधानीका लागि समर्थन गरेपछि त्यहाँ जग्गाको खोजी सुरु गरिएको हो । तर प्रदेश ७ को व्यवस्थापिका संसदमा भने अहिले सम्म पनि प्रदेशको राजधानी र नामाङकनको बिषयले प्रवेश पाएको छैन । धनगढीमा अस्थायी राजधानी तोकिए पनि स्थायी राजधानी वनाउनका लागि जग्गा खोजेर मन्त्रालयहरु स्थापना गर्ने गरी अत्तरियामा राजधानी स्थापना गर्ने तयारी भईरहेको हो । मुख्य राजनितिक दलका ठुला नेताहरुले अत्तरियालाई नै प्रदेशको राजधानी बनाउने भित्रभित्रै सहमती गरेसंगै त्यहाँ जग्गाको खोजी सुरु भएको सहरी विकास तथा भवन निमार्ण बिभाग डिभिजन कार्यालय धनगढीका प्रमुख रविन्द्र बोहराले वताए । स्था

सुरक्षात्मक लकिङ प्रणली अपनाएर पेट्रोलियम पदार्थको ढुवानी

रुपन्देही, १२ वैशाख २०७५ । नेपाल आयाल निगम क्षेत्रीय कार्यालय भलबारीले तेल बोक्ने ट्यांकरमा मंगलवारबाट सुरक्षात्मक लकिङ प्रणली लागू गरेको छ । बीच बाटोबाट चुहावट तथा चोरी हुन नदिन भन्दै नेपाल आयाल निगमले भलबारी डिपोका लागि ट्यांकरमा सिलका साथै ताला लगाएर मात्रै पेट्रोलियम पदार्थको ढुवानी गर्ने भएको हो । निगमको भलबारी डिपोका लागि डिजेल र पेट्रोल ढुवानी गर्न भारतको बैतालपुर पुग्ने ट्यांकरमा पेट्रोलियम पदार्थ लोड गरेपश्चात् ताला लगाएर ढुवानीको शुरुआत गरिएको थियो । बैतालपुरबाट सुरक्षात्मक लकिङ सिस्टम लागू गरी आएका ट्यांकरको ताला खोलेर उक्त प्रणालीको शुरुआत गरिएको हो । आयाल निगमले शुरु गरेका सुरक्षात्मक लकिङ प्रणालीले आयल निगमको आन्तरिक सुधारलाई महत्वपूर्ण योगदान पुग्ने निगमका कार्यकारी निर्देशक ई. सुशील भट्टराईले जानकारी दिनुभयो । “ढुवानीका क्रममा बीच बाटोबाट हुन सक्ने पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण र चोरी–निकासी तथा अन्य खालका बदमासी हुन नदिन निगमले यो कार्य सञ्चालन गरेको हो,” उहाँले भन्नुभयो, “पहिलो चरणमा भारतको सिलुगुढी डिपोदेखि झापा डिपोसम्म यो प्रविधि लागू गरिएको र मंगलवारदेखि भा

धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा डिपबोरिङमार्फत खानेपानी

खोटाङ, वैशाख १२ गते । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमलस्थल हलेसीमा मंगलबारदेखि डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको हो । बसाहागुफादेखि केही माथिल्लो भागमा ड्रिलिङ मेसिन जडान गरेर निकालिएको खानेपानी केही तल निर्माण गरिएको २० हजार लिटरको ट्याङ्कीमा जम्मा गरेर वितरण शुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले जानकारी दिनुभयो । “करिब रु १४ लाखको लागतमा योजना सम्पन्न भएको छ,” उहाँले भन्नुभयो, “अहिले प्रतिसेकेण्ड आठ लिटरका दरले पानी निकालेर जम्मा गर्ने व्यवस्था गरिएको छ ।” लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका हलेसीवासीका लागि तत्कालका लागि डिप बोरिङमार्फत जमिनमुनिको पानी निकालेर वितरण गरिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय, खोटाङका प्रमुख विजय ठाकुरले बताउनुभयो । “खानेपानी अभावमा काकाकुल बनेका हलेसी क्षेत्रका करीब ३५० घर परिवार यो योजनाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो, “यो योजनाले हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक र

हत्याको अभियोगमा २०५८ सालमा २० बर्षको कैदको फैसला, फरार अभियुक्त १९ वर्षपछि पक्राउ

गुलरिया, बर्दिया, वैशाख ११ गते । उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ । गुलरिया–२ खैरापुरका नवराज पौडेलको हत्याका दोषीमध्येका ६५ वर्षीय पीताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । पौडेललाई २०५५ चैत १६ गते आपसी लेनदेनका विषयमा विवादपछि हत्या गरिएको थियो । ढकाललाई जिल्ला अदालतले २०५८ माघ २२ मा २० वर्ष कैद फैसला सुनाएको थियो । उनी बुटवलमा बस्दै आएका थिए । पौडेल हत्याका पाँच आरोपितमध्ये दुई जनालाई अदालतले सफाइ दिएको छ । अन्य दुई अझै फरार छन् । पौडेलको शव हत्या गरी गहुँबारीमा फालिएको अवस्थामा १३ दिनपछि फेला परेको थियो । (रासस)

सैनिक भर्तीमा पनि कीर्ते, ३ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ, १२ वैशाख । नक्कली शैक्षिक प्रमाणपत्र र भाडामा परीक्षार्थी प्रयोग गरी सैनिक जवानमा भर्ती गराउने एक गिरोहलाई बाँकेको कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । सेनाको आग्रहका आधारमा नै उक्त गिरोहका सदस्यहरु वैजनाथ गाउँपालिका १ चिसापानीका २८ वर्षिय टीकाराम बस्नेत, २२ वर्षीय वसन्त विक र सप्तरी घर भएका ३७ वर्षीय राजेश यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कोहलपुर प्रहरीलाई उद्धृत गर्दै राजधानी दैनिकले समाचार छापेको छ ।

काठमाडौँ महानगरपालिकाले स्मार्ट पार्किङ निर्माण गर्ने

काठमाडौँ, १२ वैशाख । काठमाडौँ महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ । उक्त पार्किङ पहिलो चरणमा न्यूरोडमा निर्माण गरिनेछ । पहिलो चरणमा परीक्षणका रुपमा निर्माण गर्ने उक्त पार्किङको प्रभावकारिता हेरी अन्य स्थानमा निर्माण गरिने कामपा सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार यस किसिमको पार्किङ अत्यन्तै सुविधासम्पन्न हुन्छ, कोही व्यक्ति न्यूरोड जाँदै हुनुहुन्छ भने अन्य कुनै स्थानबाट पहिलेनै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सकिन्छ । कुनै कारणवस अन्य व्यक्तिले पहिलेनै बुक गरिसकेको भए सो स्थानमा सवारीसाधन पार्किङ गर्न लगेमा सवारीसाधन त्यस स्थानमा राख्न सकिने छैन । दर्ता गरेको सवारीको नम्बर सही छ वा छैन भनी सेन्सरले जाँच गर्ने भएकाले दर्ता भएको सवारीसाधन मात्र पार्क सर्न सकिन्छ । जुन सवारीसाधनको नम्बर दर्ता भएको छ उक्त सवारीसाधनले मात्र उक्त स्थानमा पार्किङको सुविधा लिन पाउने काफ्लेले राससलाई जानकारी दिनुभयो । यस पार्किङ निर्माणबाट सहजरुपमा सवारीसाधनको व्यवस्थापन गर्न सकिने कामपाले विश्वास लिएको छ

वृद्धवृद्धाको स्वास्थ्योपचारको लागि चौरासी वर्षीय वृद्धद्वारा अक्षयकोष

वालिङ, स्याङ्जा, वैशाख १२ गते । यहाँका एक ८४ वर्षीय वृद्धले शिव पार्वती वृद्धाश्रममा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–६, मिर्दी निवासी जयबल्लभ तिवारीले वृद्धवृद्धाको स्वास्थ्योपचार लगायतका क्षेत्रमा प्रयोग गर्ने गरी अक्षयकोष स्थापना गरेको शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाका अध्यक्ष कविता गैह्रेले बताउनुभयो । “आफू पनि वृद्ध भएकाले वृद्धवृद्धाको समस्या मैले बुझेको छु” अक्षयकोष दाता तिवारीले भन्नुभयो, “विशेष गरी वृद्धवृद्धाको स्वास्थ्योपचारका क्षेत्रमा प्रयोग गर्ने योजना भए पनि अक्षयकोषको नाम र रकम प्रयोगका लागि फेरि निर्णय गर्नेछु ।” स्याङ्जा र पाल्पाको संगमस्थल रामनदी धाम, राम्दीमा हाल ७३ जना वृद्धवृद्धा आश्रय लिएर बस्दै आएका छन् । यसैबीच, मंगलबार तिवारीले आफ्नो चौरासी पूजाको अवसर पारेर वृद्धवृद्धालाई भोजन, दान दक्षिणा तथा लत्ताकपडा वितरण गर्नुभएको हो । त्यस्तै, मंगलबार नै वृद्धाश्रममा बस्दै आएका वृद्धवृद्धाको भोजनका लागि वालिङ नगरपालिका–८, वालिङ बस्ने दानवीर बालप्रसाद श्रेष्ठले रु एक लाख पाँच हजार आर्थिक सहयोग गर्नुभएको छ ।

३३ किलो सुन तस्करी प्रकरण, २३ जनामाथि अनुसन्धान हुँदै

मोरङ, वैशाख ११ । सनम शाक्य हत्या काण्डको बिषयमा अहिले सबैको चासो गइरहेका बेला मोरङ प्रहरीले आज एकै दिन २३ जनालाई जिल्ला अदालत मोरङमा म्यादथप गरेको छ । हिरासतमा लिइएका २३ जनाविरुद्ध अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकु्मार बिसीले जानकारी दिए । आइतबार पक्राउ गरी सोमबार विराटनगर ल्याइएका नेपाल प्रहरीका पुर्व डिआईजी गोविन्द निरौलालाई हिजै मात्र २ दिनको म्याद थप गरिएकोमा आज अनुसन्धानको दायरामा पक्राउ परेका सबैलाई एकैसाथ म्याद थप गरिएको हो । विराटनगर सुन कारावारी सनम शाक्यको हत्या अभियोगमा ३८ जनाविरुद्ध प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएको छ । अवैध रुपमा आयत गरिएको सुन हराउँदा भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा ३८ जना माथि अनुसन्धान अघि बढाएको हो । ३८ जनामध्ये २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने १५ जना अझै फरार छन् । प्रहरीको फरार सूचीमा ३३ किलो सुन आयात र समन शाक्य हत्या प्रकरणमा नाइके भनिएका चुणामणी उप्रेती ‘गोरे’पनि छन् । गोरेका केही आफन्त पनि प्रहरीको खोजी सूचीमा परेका छन् । यसरी प्रहरीको अनुसन्धानमा बालकृष्ण श्रेष

घरमा आगलागी हुँदा ६० वर्षीय वृद्धकाे ज्यान गयो

गुल्मी, वैशाख १२ । धुर्कोट गाउँपालिका–३ हाडहाडे सोमरभोमरमा मंगलबार राति आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागीमा परेर ज्यान जानेमा ६० वर्षीय कृष्णबहादुर पुन रहेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताउनु भयो। सोमबार राती ११ बजे घरको चुल्होवाट सल्किएको आगोले पुनको घर गोठ र अन्नपात पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीमा पुनको एउटा भैँसी पनि मरेको छ । सुस्त मनस्थीति भएका पुन घरमा एक्लै बस्दै आएका थिए । स्थानीयको सक्रियतामा राति नै आगो नियन्त्रणमा आएको नयाँगाउँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिवनाथ यादवले जानकारी दिनु भयो ।

दैजी– छेला औद्योगिक क्षेत्र स्थापनाः चर्चाको २३ वर्ष बित्दा पनि काम सुरु भएन

कञ्चनपुर, ११ बैसाख। २३ वर्षदेखि चर्चामा रहेको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अझै सुरु हुन सकेको छैन् । २०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहेका बेलादेखि दैजीमा औद्योगिक क्षेत्र स्थापना हुने चर्चा चलेपनि हालसम्म काम सुरु हुन नसकेको हो । अधिकारी प्रधानमन्त्री हुँदा २ लाख बजेट विनियोजन गरी दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम निर्माणको चर्चा सुरु भएको थियो । वेदकोट नगरपालिका २ र ३ को छेलामा निर्माण हुने औद्योगिक क्षेत्रको जग्गामा पर्ने वन क्षेत्रको जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने भनि २०७३ बैशाख १२ मा मन्त्रीपरिषद बैठकले निर्णय गरेको थियो । तर सरकारले निर्णय गरेको २ बर्षसम्म पनि जग्गाको भोगाधिकार दिइएको छैन् । वेदकोट नगरपालिकाका प्रमुख अशोक बहादुर चन्दले सरकारले वनको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई नदिदा निर्माणमा ढिलाई भइरहेको बताए । सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागि कायम गरेको ९ सय बिगाह मध्ये जनचेतना सामुदायिक वनको करिब २ सय हेक्टर र वेदकोट सामुदायिक वनको ४ सय ५० हेक्टर जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र

देशभरी तेह्रौँ लोकतन्त्र दिवस मनाइदै

काठमाडौँ, ११ वैशाख । तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शङ्ंखला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो । विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा

प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो

काठमाडौँ, ११ वैशाख, नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ । आर्थिक वर्ष २०७३÷७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो । महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३÷७४ सम्म सरकारको कूल ऋण दायित्व रु छ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ । आन्तरिक ऋण रु दुई खर्ब ८३ अर्ब ७१ करोड रहेको छ । यस्तै वैदेशिक ऋण रु चार खर्ब १३ अर्ब ९८ करोड रहेको छ । उक्त ऋण आव २०७३÷७४ को कूल गार्हस्थ्य उत्पादनको २६.८४ प्रतिशत रहेको हो । त्यसमा आन्तरिक ऋण १०.९१ प्रतिशत र वैदेशिक ऋण १५.९३ प्रतिशत रहेको छ । कूल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कूल ऋण दायित्व रु २४ हजार २७६ रहेको छ ।

वाणी–कृष्णपुर खण्डमा रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर, बैशाख १०। कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। आज बिहान कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको म १ क १३९ नं को ट्रकमा से ४ त ८०२४ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो। ट्रकमा ठक्कर दिँदा मोटरसाइकल चालक कैलालीको साविक दुर्गौली गाउँपालिका–१ का ५२ वर्षीय लिखराम चौधरीको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले जानकारी दिए। ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि धनगढी पु¥याइएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार बर्दियाको राजापुरका २५ वर्षीय प्रवीन चौधरी सामान्य घाइते भएका छन्। घाइते चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

पञ्चेश्वरमा सहमति जुटाउन बैठक

काठमाडौँ, १० वैशाख । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आज सोमबारदेखि काठमाडौँमा शुुरु हुने भएको छ । पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई एकरुपता दिइ आयोजना अगाडि बढाउने लक्ष्यका साथ संयुक्त बैठकको आयोजना हुन लागेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल र भारतका ऊर्जा सचिवस्तरीय गभर्निङ बडी र सहसचिवस्तरीय संयुक्त कार्यदल (ज्वाइन्ट कमिटी) को बैठक आयोजना गरिएको हो । ती समितिको बैठकको तयारीस्वरुप आवश्यक छलफल भएको प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिनुभयो । प्रमुख कार्यकारी अधिकृत गुरुङका अनुसार यो गभर्निङ बडीको छैटौँ बैठक हो भने संयुक्त कमिटीको भने चौथो बैठक हो । करीब दुई वर्षपछि गभर्निङ बडीको बैठक बस्न लागेको हो । सन् २०१६ को डिसेम्बर २२ मा त्यस्तो बैठक बसेको थियो । सोमबारदेखि शुरु हुन लागेको बैठकले विशेष गरी पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदनका सम्बन्धमा देखिएको विवाद समाधानका लागि विशेष पहल गर्ने विश्वास लिइएको छ । सो

सडक क्षेत्र खाली गर्न अटेरीपछि डोजर लगाएर खाली गरिँदै

धनगढी बैशाख ९। निर्माण कार्य सुरु भएको एक वर्ष हुन लाग्दा पनि सडक क्षेत्र खाली गर्न अटेरी गरेपछि सोमवार डोजर लगाएर खाली गरिने भएको छ। आयोजना कार्यालय र धनगढी उपमहानगरपालिका कार्यालय संरचना भत्काउन अटेरी भईरहेकोले डोजर लगाएर भत्काउने निर्णयमा पुगेका हुन्। पटक पटक पछाडी हटेको आयोजना कार्यालय र धनगढी उपमहानगरपालिका सुरक्षाकर्मीको सहयोगमा संरचना भत्काउने निर्णय पुगेसँगै सोमवार विहान १० वजेदेखि संरचना भत्काउने काम सुरु गरिन लागेको धनगढी उपमहानगरपालिका कार्यालयले जनाएको छ। सर्वोच्च अदालतले संरचना भत्काउन दिएको आदेश दुई महिनासम्म पनि कार्यान्वयन नभएकोले सुरक्षाकर्मीको साथमा डोजर लगाएर पनि सडक क्षेत्र खाली गरिने भएको हो। संरचना भत्काउन अटेरी गरेकाहरुले आज धनगढी उपमहानगरपालिकामा भईरहेको वैठकमै गएर थर्काउने र धम्काउने प्रयास गरेको भएपनि अव पछाडी नहड्ने उपमहानगरपालिका मेयर नृपवहादुर ओडले वताए। यसअघि १२ जना घरधनीले सर्वोच्चमा मुद्धा हाल्दै विकास रोकेकोमा संरचना भत्काउन आदेश दिएको दुई महिनासम्म पनि अटेरी गरेकाहरु फेरि पनि नभत्काउने चलखेल गरिरहेका छन्। कसैले नापजाँचको काम नमिलेको भन्दै अटेरी गरिरहेक

विश्वका सवै भन्दा जेष्ठ नागरिकको निधन

टोक्यो, वैशाख ९ गते । विश्वभरीका जिवित मानिसहरु मध्ये सवै भन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको छ । स्थानीय अधिकारीहरुले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन् । जापानी महिला नाबी ताजिमाको ११७ बर्षको उमेरमा शनिबार बेलुका झण्डै ८ बजेतिर निधन भएको स्थानीय सञ्चार माध्यमहरुले आइतबार समाचार संप्रेषण गरेका छन् । उहाँको जन्म सन् १९०० को अगस्ट ४ का दिनमा भएको थियो । किकाइ द्विपको कागोसिमा क्षेत्रमा पर्ने अस्पतालमा उहाँको निधन भएको सरकारी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । सन् २०१५ को सेप्टेम्बर महिनामा ताजिमा जापानको सवै भन्दा जेष्ठ नागरिक बन्नु भएको थियो । ‘गिनिस बुक अफ बल्ड रिकर्डका अनुसार यसअघि विश्वको नै जेष्ठ नागरिक जमाइकाका भोइलेन्ट ब्राउन सन् २०१७ को सेप्टेम्बरमा निधन भएपछि विश्वको सवै भन्दा जेष्ठ नागरिकको खोजी भएको र ताजिमा विश्वको सवै भन्दा जेष्ठ नागरिक बन्नु भएको थियो । ताजिमाको निधनपछि विश्वकै अर्का जेष्ठ सदस्य पनि जापानकै नागरिक हुनुभएको छ । झण्डै ११२ बर्षका मसाजो नोनाका अहिले जिवित नागरिक मध्ये सवै भन्दा जेष्ठ नागरिक बन्नु भएको हो

डोटी दुर्घटनाः मृतकको संख्या पाँच पुग्यो

Image
डोटी, वैशाख ९ गते । डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेका छन् । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।  थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बाटामा मृत्यु हुनेमा शिखर नगरपालिका–८ लाटामाडौँकी ३५ वर्षीया झाकरी भुल र नगरपालिका–३ की २८ वर्षीया धौलीदेवी भुल छन् । यसअघि शिखर–३ जोरागाउँकी ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय सुरज भुलको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा घाइते रहेका १४ जनामध्ये एक जनाको नेपालगञ्ज र १३ जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । शनिबार अपराह्न दिपायलबाट शिखर–३ जोरागाउँ जान लागेको ग १ ख ५२७५ नंको बोलेरो जीप दुर्घटना भएको थियो । (रासस)

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती आक्रमण, ५७ जनाको मृत्यु १०० भन्दा बढी घाइते

काबुल, वैशाख ९ गते । अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आक्रमणकारीसहित ३१ सर्वसाधारण रहेका स्थानीय टेलिभिजनले आइतबार जनाएको छ । घटनामा परी अरु ५४ जना घाइते एका छन् । स्थानीय एक विद्यालय अगाडि रहेको मतदाता दर्ता कार्यालय लक्षित गरी डास्ती बार्चीको क्वाला ए नाजिर क्षेत्रमा विस्फोटन भएको हो । बम पड्किने बेलामा मतादाता परिचयपत्र लिनका लागि कैयौ मानिस दर्ता कार्यालय अगाडि रहेका थिए । स्थानीय समयानुसार बिहान १०ः१० मा घटना भएको हो । घटनास्थललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोगले गत अप्रिल एक तारिखका दिन आउदो अक्टोबर २० मा निर्वाचन गर्ने घोषणा गरेको थियो । अफगाननितस्तानमा तालिबान आतङ्ककारी समूहले जारी राखेको द्वन्द्वको कारण यसअघि पनि तय गरिएको मिति सरेर अक्टोबर २० मा तय गरिएको थियो । ताजा समाचार लेख्दासम्म प्राप्त अफगानिस्तानको अन्तरिक मामिला तथा स्वास्थ्य मन्त्रालयका कर्मचारी हरु द्वारा प्राप्त जानकारी अनुसार ५७ जनाको मृत्यु

बैतडीमा ‘आत्महत्या’ गर्नेहरुको प्रकोप, चालु बर्षमा मात्रै २६ जनाको मृत्यु

बैतडी, वैशाख ९ गते । जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै २६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँक छ । यसमा महिला १२ र पुरुष १४ जना छन् । झुण्डिएर देहत्याग गर्नेको संख्या अधिक छ । यो अवधिमा २० जनाले झुण्डिएर र ६ जनाले विष सेवन गरेर देशत्याग गरेको प्रहरी तथ्याँकमा उल्लेख छ । आत्महत्या गर्ने १३/४५ वर्ष उमेर समूहका रहेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पछिल्लो चार वर्षको तथ्याँकले आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको देखाउँछ । आर्थिक वर्ष २०७१/७२ मा १६ जनाले आत्महत्या गरेकामा २०७२/७३ मा २९ जनाले आत्महत्या गरेको देखिएको छ । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा आत्महत्या गर्नेको संख्या बढेर ३६ पुगेको छ । मानवीय इच्छा र आँकाक्षाहरु अनगिन्ती हुने र ती पूरा नहुँदा निराश भएर आत्महत्याको बाटो रोज्ने विज्ञहरु बताउँछन् । बैतडीमा आत्महत्याको गर्नेको आँकडा डरलाग्दो रहेकाले यसलाई न्यून गर्न सचेतना कार्यक्रमको सञ्चालन गर्नुपर्ने आवश्यकता छ । आत्महत्याका घटनामा कमी ल्याउन प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । आत्महत्याको घटना कुनै एक व्यक्ति वा निकाय लागे

अब नेपालमा पनि ‘बिग बोस’, सुनिल थापा प्रस्तोता

काठमाडौँ, वैशाख ९ । बलिउडमा निकै चर्चित भएको रियालिटी शो ‘बिग बोस’ अब नेपालमा पनि आयोजना हुने भएको छ । बिग ब्रोदरको फम्र्याटमा सूत्र मोडलिङ एण्ड आर्ट कृयसन र एण्डिमोल साइन ग्रुप मिलेर बिग बोसलाई नेपाल ल्याउन लागेका हुन् । बिग बोस नेपाल नाम दिइएको कार्यक्रमलाई अभिनेता सुनिल थापाले होस्ट गर्नेछन् । कार्यक्रममा १२ सेलिब्रेटी र ८ जना सामान्य व्यक्तिको सहभागी गराइने बताइएको छ । यति बेला बिग बोस नेपालको अफिसियल पेजमा सहभागी हुने आवेदन फर्म खुलिसकेको छ । राष्ट्रिय टेलिभिजनमा प्रसारण हुने यो कार्यक्रम कहिले र कुन टेलिभिजन मार्फत प्रसारण गरिन्छ त्यो भने खुलाइएको छैन ।

तेह्रथुमका चौध वटा स्वास्थ्य संस्थामा गर्भपतन सेवा शुरु

तेह्रथुम, वैशाख ९ गते । तेह्रथुमका चौध वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा शुरु भएको छ । जिल्लाका १४ वटा स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी नौ हप्तासम्मको गर्भपतन गर्न पाउने सेवा सञ्चालन भएको छ । सुरक्षित गर्भपतन गर्न पाउने महिलाको प्रजनन स्वास्थ्य अधिकार दुर्गम बस्तीका महिलाले उपभोग गर्न थालेका छन् । कानुनी रुपमा गर्भपतनले मान्यता पाएपछि सरकारले निःशुल्क सुरक्षित गर्भपतनको सेवासमेत थालेको थियो । तर सदरमुकाममा रहेको जिल्ला अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थामा सो सेवा विस्तार हुन सकेको थिएन । अब आइपास नेपालको सहयोगमा जिल्ला अस्पतालसहित संक्रान्तिबजार र वसन्तपुरका प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि सो सेवा शुरु भएको छ । यस्तै चुहानडाँडा, इवा, सम्दु, पोक्लाबाङ, ओयाक्जुङ, मोराहाङ र आङबुङ स्वास्थ्य चौकीबाट समेत औषधिको प्रयोग गरी सुरक्षित गर्भपतन सेवा प्रदान भइरहेको छ । यस्तै सोल्मा, हमरजुङ, ओख्रे र फाक्चामारा स्वास्थ्य चौकीबाट पनि गर्भपतन सेवा शुरु भएको जिल्ला स्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताउनुभयो । सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि जिल्लाभर २६ जना दक्ष स्वास्थ्यकर्मी

महानगरीय प्रहरी द्वारा यौन व्यवसायमा संलग्न ३४ पक्राउ - १९ पुरुष, १५ महिला

काठमाडौँ, वैशाख ९ गते । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो । जसमा १९ पुरुष र १५ महिला रहेका छन् । प्रभागका प्रमुख प्रताप पौडेलले वैशाख महिना नयाँ बसपार्क क्षेत्रलाई मानव बेचबिखन तथा ओसारपसार र यौन दुव्र्यसन नियन्त्रण क्षेत्र बनाउने कार्ययोजनाअनुसार गरिएको अपरेशनमा उनीहरुलाई नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले पक्राउ परेकाको अनुसन्धान भइरहेको र जसमध्ये १२ जनालाई मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

यातायात व्यवशायीको आन्दोलनबिरुद्ध उत्रिदै बैतडी प्रसासन

Image
बैतडी,९ वैशाख- सरकारले सिन्डिकेट खारेज गरेपछी यातायात व्यवशायीले आन्दोलनको घोषणा गरेसंगै सरकारले पनि आन्दोलनबिरुद्ध उत्रिने भएको छ ।गृह मन्त्रालयले देशभरीका जिल्ला प्रसासन कार्यालयहरुलाई पत्राचार गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ । जिल्ला प्रसासन कार्यालय बैतडीले पनि एक सुचना जारी व्यवशायीले बन्द तथा आन्दोलन गरे प्रसासनले कार्वाहीले दायरामा ल्याउने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार आचार्यद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ “आवश्यक सेवा सञ्चालन ऐन,२०१४ को दफा ४,५र ६ मा निषेध गरिएको हड्ताल गर्ने वा त्यसमा भाग लिने , भाग लिईराख्ने व्यक्ति र नगदी सहयोग गर्ने ब्यक्तिलाई कार्वाही गर्न सक्ने ब्यवस्था रहेको छ” । यसका साथै सर्वोच्चको २०६७ माद्ध १९ को फैसला अनुसार एकाधिकार कायम हुने सिन्डिकेट नगर्न नगराउन भनी आदेश दिईसकेकोले आन्दोलन नगर्न आग्रह गरेको छ । व्यावशायीले आन्दोलन गरे सरकारले दिएको आदेश अनुसार नै कार्वाही हुने सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

बैतडीमा १ सय बढी सम्भावित हात्तीपाईलेका रोगी भेट्टिए

बैतडी, ९ वैशाख, बैतडीमा १ सय बढी सम्भावित हात्तीपाईलेका रोगी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गत चैतमा सञ्चालन गरेको हात्तीपाईले खोजी अभियानका क्रममा १ सय २० जना सम्भावित हात्तीपाईले रोगी भेट्टिएका हुन । जिल्लाका १० स्थानिय तहमा दुई चरणमा सञ्चालन गरेको खोजी अभियानका क्रममा ६० जना हाईड्रोसिलका रोगी तथा ६० जनाको हातखुट्टा सुन्निएका व्यक्ती भेट्टिएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोस पाण्डेयले जानकारी दिनुभयो । हाईड्रोसिल र हातखुट्टा सुन्निएका व्यक्तिहरुलाई हात्तीपाईले भएको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । हाईड्रोसिल हात्तीपाईलेका कारण पनि हुने भएकोले हात्तीपाईले भएको हुनसक्ने अनुमान गरिएको हो भने हात,खुट्टा सुन्निने लक्षण हात्तिपाईलेको भएकोले हात्तिपाईले नै भएको भन्ने अनुमान गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । खोजी अभियानवाट आएको उक्त प्रारम्भिक रिपोर्टलाई चेकजाँच गर्न बाँकी रहेकोले परिक्षण तथा चेकजाँचपश्चात मात्रै हात्तिपाईले भए नभएको पुष्टि हुने बताईएको छ । हात्तीपाइले रोग निर्मूल गर्ने नीतिका साथ यसअघि बैतडीमा ६ पटकसम्म

डोटी जिप दुर्घटना: मृत्यु हुनेको सङख्या चार पुग्यो

धनगढी बैशाख ०९ डोटीको शिखर नगरपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङख्या चार पुगेको छ । ३ जनाको घटना स्थलमै मृत्यू भएकोमा थप एक जनाको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते ३५ बर्षिय झाकरी भुलको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा भुत्यु भएको हो । दिपायल बाट शिखर नगरपालिका ३ जोरागाउ जान लागेको ग १ ज ५२७५ नम्बरको महेन्द्रा बोलेरो जिप दुर्घटना हुँदा शिखर नगरपालिका ३ बस्ने ३२ बर्षकी कट्टी सार्की, सोही ठाउका १४ बर्षका सुरज भुल र ४० बर्षकी खिनतोली भुलको घटनास्थलमै मृत्यु भईसकेको थियो । घाईते १५ जनाको कोहलपुर मेडीकल कलेज र सेती अस्पतालमा उपचार भईरहेको छ । घाईते हुनेमा वडा नम्बर ३ का चुनादेवी भुल, सपना भुल, कैलाश भुल, शुरेश भुल, खिमा भुल, वली भुल, शंकर भुल, धौली भुल, नारु भुल, अम्रित भुल, बाशु भुल र अर्जुन भुल रहेका छन । दुर्घटनामा चालक २४ बर्षका भिम भुल, उनकी श्रीमती टिकरा भुल र २ बर्षिय छोरा अनुज भुल पनि घाईते भएका छन । उकालो मोडमा मोड्न नसक्दा जिप पल्टीएको उहाँले बताउनुभयो ।

लागु औषध चरेश सहित २ जना पक्राउ

धनगढी, बैशाख ८। प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ प्रकृतिनगरम बाट लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ। प्रकृतिनगरमा पसल सञ्चालन गरीबस्ने ३५ बर्षका प्रजापति पन्त र वडा नम्बर ४ का रामसिह धामिलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले पन्तको पसलबाट खरीदबिक्रि भईरहेको अवस्थामा ३ किलो ४ सय ग्राम लागु औषध चरेश सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Breaking–डोटीमा जिप दुर्घटना, ३ जनाको घट्नास्थलमै मृत्यु

धनगढी बैशाख ८। डोटीको शिखर नगरपालीका ३ कालागाडमा जिप दुर्घटना हुदा ३ जनाको घट्नास्थलमै मृत्यु भएको छ। १६ जना घाईते भएका छन। कालागाड बाट जोरा गाउँ जाने कच्ची बाटोमा जिप दुर्घटना भएको हो। घटना स्थलमा प्रहरी केहीबेर अघि मात्रै पुगेको छ। मृतकको संख्य अझै बढ्न सक्ने अनुमान गरिएको छ। डोटीको शिखर नगरपालिकामा जिप दुर्घटना हुदा मृत्यु भएका ३ जनाको सनाखत भएको छ। ग १ ज ५२७५ नम्बरको शैलेश्वरी यातायातको जिप शिखरनगरपालिका ३ कालागाडबाट जोरागाँउ जाने कच्ची सडकमा दुर्घटना भएको हो। दुर्घटनामा परि शिखर नगरपालिका वडा नम्बर ३ का चिनपुरी भुल, कटी सार्कि र शुरज भुलको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाईते भएका १६ जनालाई उद्धार गरी अस्पताल ल्याउने काम भईरहेको छ।

सुदूरपश्चिमेली नेपाली समाज भारतको प्रथम महादिवेशन बैशाख १२ गते हुने, मुख्यमन्त्री भट्ट द्वारा उद्घाटन

नागेन्द्र जोशि, नयाँ दिल्ली, ८ बैसाख । सुदूरपश्चिमेली नेपाली समाज भारतको प्रथम महादिवेशन यहि बैशाख १२ गते धनगढीमा हुने भएको छ। सुदूरपश्चिमेली नेपाली समाज भारतले शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रथम महादिवेशन बारे जानकारी दिएको हो। समाजको तदर्थ समितिका संयोजक दीपक मल्लले धनगढीको ओम प्यालेसमा हुने महादिवेशन समारोहको प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए। महादिवेशनमा भारतमा रोजगारी गर्दै आएका करिब २ सय जनाको उपस्थिती रहने विश्वास लिइएको छ। प्रदेश नम्बर ७ घर भई भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका युवाहरु दीपक मल्ल, करन कठायत, मोहनविर साँवद, परमानन्द साँवद, दीपक खडका लगायतको अगुवाइमा सुदूरपश्चिमेली नेपाली समाज भारतको गठन गरिएको हो। भारतमा रहेका सुदूरपश्चिमेली मजदुरको हक हितका साथै यहाँको विकास र उन्नतीमा सहयोग गर्ने समाजको मुख्य उदेश्य रहेको छ।

‘सुनबहादुरलाई अदालतको शङ्काको सुविधा’

काठमाडौँ, वैशाख ८ गते । सर्वोच्च अदालतले जीउ मास्ने बेच्ने अभियोगमा दोषी ठहर भएका नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङलाई रिहा गर्न बिहीबार आदेश दियो । तर, अदालतको आदेशअनुसार तामाङ रिहा भएसँगै पुनः पक्राउ भएका छन् । मानव बेचबिखनको फरकफरक मुद्दामा नुवाकोट जिल्ला अदालतले चैत ९ गते तामाङलाई ३७ वर्ष कैद सजाय सुनाएको थियो । बिहीबार भने सर्वोच्चले तामाङलाई २०६८ को फैसला कार्यान्वयनका क्रममा गरिएको थुनाबाट मुक्त गर्न आदेश दिएको थियो । जीउ मास्ने बेच्ने मुद्दामा उनलाई २०६८ मा नुवाकोट जिल्ला अदालतले ६ वर्ष कैद सजाय सुनाएको थियो । मानव बेचबिखनको मुद्दा अनुसन्धानका क्रममा पुरानो मुद्दाको लगत फेला परेपछि काठमाडौँ जिल्ला अदालत तहसिल शाखाको अभिलेखअनुसार तामाङलाई केन्द्रीय कारागार पठाइएको थियो । उक्त पत्राचारपछि उनका छोराले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए । रिटमा सुनुवाइ गर्दै रिहाइको आदेश भएको हो । बिहीबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले कैद सजाय भएका व्यक्ति सुनबहादुर नै हुन् वा होइनन् भन्ने यकिन नभएकाले रिहा गर्न आदेश

अस्पतालका आकस्मिक कक्ष तोडफोड गर्ने युवक प्रहरी खोरमा

जुम्ला, वैशाख ८ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक शुक्रबार प्रहरी खोरमा पुगेका छन् । अभियुक्तमा चन्दननाथ नगरपालिका– ७ जुम्लाका तेजेन्द्र महत र दीप महत रहेको प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो । वैशाख ६ गते साँझ ७ः३० बजे दुवै जनाले मादक पदार्थ सेवन गरी अस्पतालमा पुगेर शल्यक्रिया कक्षका ढोकाको सिसा र बत्ती तोडफोड गरेको प्रहरी नायब उपरीक्षक डा दाहालले बताउनुभयो ।

यही महिनाभित्र पार्टी एकता हुने

काठमाडौँ, वैशाख ८ गते । वैशाख महिनाभित्र दुई वाम दलको पार्टी एकता घोषणा गर्ने गरी दुईवटा कार्यदलले बुझाएको प्रतिवेदनमाथि केन्द्रित भएर दुवै दलका अध्यक्षबीच शुक्रबार पनि सघन र सकारात्मक वार्ता भएको छ । ललितपुरको जावलाखेलस्थित एक कार्यकर्ताको निवासमा भएको करिब दुई घन्टा लामो छलफल र संवादमा कार्यदलले बुझाएको प्रतिवेदनमा सहमति नभएका विषयमा केन्द्रित भएर छलफल भएको नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी गराएको छ । कार्यदलले बुझाएको प्रतिवेदनमा माओवादी केन्द्रले ‘जनयुद्ध’ शब्दलाई विधानको प्रस्तावनामा राख्नुपर्ने भनेको छ । त्यस्तै एमालेले राखेको प्रस्तावअनुसार दलको चुनाव चिह्न सूर्यको विषयमा केन्द्रको सहमति खोजिरहेको छ । सोहीअनुसार कार्यदलले प्रस्ताव गरेको १० वटा पार्टी कमिटीमा बराबर सङ्ख्याको हैसियत माओवादी केन्द्रले खोजेको छ । त्यस विषयलाई एमालेले स्वीकार गरेको छैन । प्रमुख यी तीन विषयलाई मिलाउने जिम्मा कार्यदलले दुई अध्यक्षलाई दिएको छ । सोहीअनुसार एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नियमित

दोगडाकेदारमा महिला तथा पुरुष भलिबल प्रतियोगिता

बैतडी,७ वैशाख- बैतडीको दोगडाकेदारमा भोली शनिवारदेखि प्रथम अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा गाउँपालिकामा रहेका ८ वटै वडा महिला तथा पुरुष गरी १६ टोलीको सहभागिता रहने खेल संयोजक भरत महराले जानकारी दिनुभयो । दोगडाकेदार गाउँपालिकाको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता वैशाख ११ सम्पन्न हुने भएको छ । प्रतियोगितामा महिला तथा पुरुषमा प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार रु ३० हजार , तृतिय पुरस्कार रु २० हजार र चौथो हुने हुने टोलीलाई रु १० हजार पुरस्कार रहेको छ । यस्तै उत्कृष्ट हुने एक एक खेलाडीलाई म्यान अफ द सिरिज एक जनालाई नगद १ हजार ५ सयका दरले पुरस्कार राखिएको छ । चनैराज खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको भोली बिहान ११ बजे एक कार्यक्रमका बिच उद्दघाटन गरिने दोगडाकेदार गाउँपालिकाले जनाएको छ । उक्त प्रतियोगिताले गाउँपालिकामा भलिबल खेलको बिकासका साथै खेलाडी उत्पादन गर्न सहयोग मिल्ने अपेक्षा गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

बझाङमा स्कुले विद्यार्थी यार्सागुम्बा टिप्न लेक तीर, बिद्यार्थी भर्ना अभियान प्रभावित

बझाङ बैशाख ६। अभिभावक सहित स्कुले विद्यार्थी यार्सा टिप्न लेक तिर गएपछि जिल्लामा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । बझाङको उत्तरी क्षेत्रका झण्डै सात हजार स्कुले विद्यार्थी यार्सा टिप्न लेक तिर गएपछि अभियान प्रभावित भएको हो। चैतको अन्तिम सात देखी यार्सा टिप्नका लागी शिक्षक, अभिभावक सहित विद्यार्र्थीहरु लेक तिर गएपछि सरकारको १५ दिने भर्ना अभियान यहाँका झण्डै ४४ बटा विद्यालयमा प्रभावित भएको हो। यार्सा बाट मनग्य आम्दानी हुने र एक सिजन लाखौ रुपयाँ कमाई हुने भए पछि जिल्लाको उत्तरी क्षेत्रका स्थानिय बासीहरु बर्षेनी स–परिवार यार्सा टिप्न लेक तिर जाने गर्दछन् । चैत्र देखि सुरु हुने हुने यार्सा टिप्ने सिजन साउनमा मात्र सकिने भएकाले बर्षेनी सात हजार बिद्यार्र्थीको पढाई प्रभावित हुदै आएको छ । यार्सा टिप्ने सिजनमा प्राय बिद्यालय नै बन्द गर्नु पर्ने अवस्था बर्षेनी अउने गरेको साईपाल गाँउपालिका स्थानिय जसबिर बोहराले बताए। जिल्ला शिक्षा कार्यालयले बैशाख १ गते देखि भर्ना अभियानका लागी घरदैलो लगायत चेतना मूलक कार्यक्रम सञ्चालन गरेको भए पनि उत्तरी क्षेत्रका झण्डै ४५ वटा बिद्यालयमा भने त्यसको कुनै

महाकालीमा हाम फालेकी महिलाको मृत्यु

दार्चुला, वैशाख ७। महाकाली नदीमा हाम फालेकी एक महिला मृतावस्थामा भेट्टिएकी छन्। ती महिला महाकाली नगरपालिका–७ धाप की ४५ वर्षीया द्रोपती कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। विहिबार बिहान ९ बजेतिर घरबाट हिँडेकी कोलीले महाकाली नदीमा हाम फालेको प्रहरीले जनाएको छ। नदीमा हाम फालेको एक÷दुई किलोमिटर तल नगरपालिकाकै वडा नम्बर ८, असिगडा नजिक कोली मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लालबहादुर साउदले जानकारी दिए। मृतक महिलाको घरमा श्रीमान् तथा छोराछोरी रहेका छन्। मृतक महिला केही दिन अघिदेखि बिरामी भएको तथा उपचार गराइहेको पारिवारिक स्रोतले जनाएको छ। मृतक कोलीको शव जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक लालबहादुर साउदको नेतृत्वमा गएको टोलीले प्रहरी मुचुल्का तयार पारी परीक्षणका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएकोमा परीक्षणपछि शव आफन्तको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस

अनुमती लिएर मात्रै सिसिटिभी क्यामेरा जडान गर्न अनुरोध

बैतडी,७ चैत- जिल्ला प्रसासन कार्यालय बैतडीले अनुमती लिएर मात्रै सिसिटिभी क्यामेरा जडान गर्न अनुरोध गरेको छ । यसका साथै यसअघि अनुमती नलिएर सिसिटिभी जडान गरेकाहरुलाई समेत जिल्ला प्रसासन कार्यालयको अनुमती लिन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार आचार्यले जानकारी दिनुभयो । अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न बिद्युतिय उपकरणको प्रभावकारी बढाउने प्रयोजनका लागी सिसिटिभी क्यामेरा प्रयोगलाई प्रोत्साहन गर्न उद्देश्यले जडान तथा सञ्चालन सम्वन्धी कार्यबिधि , २०७२ स्वीकृत लिई मात्रै जडान गर्नुपर्ने भएकोले यस्तो आग्रह गरिएको हो । सिसिटिभी जडान तथा कार्यबिधि, २०७२ अनुसार सार्वजनिक निकायहरुले गृह मन्त्रालयमा प्रयोजन खुलाई व्यापारिक केन्द्र , निजी प्रयोगकर्ताले पनि जिल्ला प्रसासनवाट अनुमती लिनुपर्ने जनाएको छ । कुनै पनि व्यक्ति , व्यापारिक केन्द्र, संघ संस्थाले हालसम्म पनि जिल्ला प्रसासन कार्यालय बैतडी अनुमती लिएको छैन् ।

बैतडीमा चितुवाको फेरी आक्रमण - बृद्धा गम्भिर

बैतडी,७ वैशाख- चितुवाको आक्रमणमा परि बैतडीको तल्लोस्वराडमा एक बृद्धा गम्भिर घाईते भएका छन् । घाईते हुनेमा मेलौली नगरपालिका ८ कोटिगाउ जोगीझाडकी ६७ बर्षिया डिगरी देवी विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गएराती १ बजे घरभित्रै सुतिरहेकी बृद्धालाई झ्यालवाट भित्र पसेको चितुवाले आक्रमण गरेको हो । घाईते डिगरीको टाउकोमा गम्भिर चोट रहेको छ । घाईतेलाई उपचारका लागी उप क्षेत्रिय अस्पताल डडेल्धुरा लैजाने तयारी भएको छ । चितुवाले वि स २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ । प्रसासनले धेरैपटक चितुवा मार्नका लागी तल्लोस्वराडमा प्रहरी र बनरक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकि फर्किने गरेको छ । गत फागुन १४ गते राती मात्रै मेलौली नगरपालिका–९ रोकटाका डेढ बर्षिय बालक गणेश बहादुर चन्दलाई आफ्नै घरकै भुइँतले भान्छा कोठामा रहेका बेला चितुवाले आक्रमण गरी गम्भीर घाईते बनाएको थियो ।

महाकालीमा हाम फालेकी महिलाको मृत्यु

दार्चुला, वैशाख ७। महाकाली नदीमा हाम फालेकी एक महिला मृतावस्थामा भेट्टिएकी छन्। ती महिला महाकाली नगरपालिका–७ धाप की ४५ वर्षीया द्रोपती कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। विहिबार बिहान ९ बजेतिर घरबाट हिँडेकी कोलीले महाकाली नदीमा हाम फालेको प्रहरीले जनाएको छ। नदीमा हाम फालेको एक÷दुई किलोमिटर तल नगरपालिकाकै वडा नम्बर ८, असिगडा नजिक कोली मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लालबहादुर साउदले जानकारी दिए। मृतक महिलाको घरमा श्रीमान् तथा छोराछोरी रहेका छन्। मृतक महिला केही दिन अघिदेखि बिरामी भएको तथा उपचार गराइहेको पारिवारिक स्रोतले जनाएको छ। मृतक कोलीको शव जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक लालबहादुर साउदको नेतृत्वमा गएको टोलीले प्रहरी मुचुल्का तयार पारी परीक्षणका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएकोमा परीक्षणपछि शव आफन्तको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस

वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि

काठमाडौँ, वैशाख ६ गते । वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ । ‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद भट्टले आज वीर अस्पतालका निर्देशक प्रा डा भूपेन्द्रकुमार बस्नेतलाई सो प्रविधि हस्तान्तरण गर्नुभएको हो । प्राप्त प्रविधि थाइराइड क्यान्सर पत्ता लगाउन प्रभावकारी हुने अस्पतालका निर्देशक बस्नेतले बताउनुभयो । सो सफ्टवेयर अनुसन्धानमा प्रयोग गरिने उहाँले बताउनुभयो । ‘एम्क्याड–भिटी’ सफ्टवेयरका माध्यमबाट थाइराइडका स–साना ट्युमरसमेत पत्ता लगाउन सकिने, रोगको पहिचानमा सहयोग पुग्ने तथा उपचार सस्तो हुने छ । क्यान्सरको खतरा र अन्यत्रबाट क्यान्सर सरेको वा नसरेको सहजै पत्ता लगाउन सकिने बताइएको छ । हेल्थ केयर सोलुसनका निर्देशक भट्टले सफ्टवेयर जुनसुकै अल्ट्रासाउण्डका मेसिनमा राख्न मिल्ने बताउनुभयो । उक्त सफ्टवेयर ताइवानस्थित एम्क्याड बायोमेड कर्पोरेसनले निर्माण गरेको हो । रासस

भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिँदै

लहान, वैशाख ६ गते । सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ । भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो । भारतीय सीमासँग जोडिएको सिरहाको विभिन्न नाकाबाट सेतो अण्डा र कुखुरा भित्रिने गरेको छ । सीमावर्ती क्षेत्रमा बर्डफ्लुको उच्च जोखिम रहेको छ । भारतीय सीमासँग जोडिएको सिरहाको भगवानपुर, माडर, बरियारपट्टि, ठाडी, जिझौललगायत बजारमा सेतो अण्डा खुलेआम बिक्री वितरण भइरहेको स्थानीयवासी बताउँछन् । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीकै मिलेमतोमा बरियारपट्टि, झाझपट्टि, माडर, ठाडी, कुसण्डीलगायत नाकाबाट भारतीय कुखुरा र अण्डा तस्करी हुने गरेको छ । भारतीय कुखुराको मासु प्रतिकिलो रु ५० देखि रु १०० सम्म सस्तो पर्छ । झाझपट्टि नाकाबाट दैनिक १० देखि १५ भ्यान भारतीय कुखुरा तस्करी भएर लहान, गोलबजारलगायत बजारमा पुग्ने गरेको कुसण्डीका रामप्रसाद यादव बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले अँध्यारोमा तस्करी हुन्थ्यो, अहिले त दिउँसै हुन थालेको छ ।” कुखुरा तस्करी गर्न

शुक्लाफाँटा नगरपालिकाका १४ वटा कानून राजपत्रमा प्रकाशित

कञ्चनपुर, वैशाख ६। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चौध वटा कानून राजपत्रमा प्रकाशन गरेको छ। राजपत्रमा चार वटा ऐन, तीन वटा नियमावली, पाँच वटा कार्य्विधि, एक आचारसंहिता र एक निर्दे्शिका प्रकाशन गरिएका हुन्। कार्यपालिकाको बैठकबाट कार्य्विधि, निर्दे्शिका, आचारसंहिता र नगरसभाबाट ऐन पारित गरिएपछि राजपत्रमा प्रकाशन गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए। राजपत्रको भाग–१ मा प्रकाशन भएका ऐनमा शुक्लाफाँटा नगरपालिका स्थानीय तहको आर्थिक ऐन २०७४, स्थानीय तहको विनियोजित ऐन २०७४, आर्थिक कार्य्विधि नियमित र व्यवस्थित गर्न बनेको ऐन २०७४, प्रशासकीय कार्य्विधि नियमित गर्ने ऐन २०७४, कार्यसम्पादन नियमावली २०७४, नगर कार्यपालिका कार्य्विभाजन नियवाली २०७४ र नगर कार्यपालिकाको निर्णय आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्य्विधि नियमावली, २०७४ रहेका छन्। यसैगरी, राजपत्रको भाग–२ मा शुक्लाफाँटा नगरपालिका एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्य्विधि २०७४, योजना सञ्चालनसम्बन्धी कार्य्विधि २०७४, स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्य्विधि २०७४, शुक्लाफाँटा नगरपालिका पदाधिकारीहरुको आचारसंहिता २०७४ र शुक्लाफाँटा नगरपाल

क्यानको विशेष साधारणसभा आजदेखि

काठमाडौं, ६ वैशाख – नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा आजदेखि काठमाडौंमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधि र राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रतिनिधिको उपस्थितिमा विशेष साधारणसभाले पारित गरेपछि क्यानले नयाँ विधान पाउनेछ । विधान अनुमोदनका लागि हुनलागेको यो दोस्रो विशेष साधारणसभा हो । शुक्रवारसम्म जारी रहने साधारणसभा विधान बनेपछि क्यानको निर्वाचन गराउनका लागि मनिटरिङ कमिटी गठन हुनेछ । मनिटरिङ कमिटीले क्यानको चुनाव गराउँदै नयाँ नेतृत्व प्रदान गर्नेछ । मनिटरिङ कमिटीमा आइसीसीका तीन, राखेप र निर्वाचित क्यानका समान एक/एक प्रतिनिधि सदस्य रहनेछन् । वि.सं. २०७२ मंसिरमा चतुरबहादुर चन्द क्यानको अध्यक्षमा निर्वाचित भएका थिए । क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङ समूहले उक्त अधिवेशन रोक्न राष्ट्रिय खेलकुद परिषदमा उजुरी दिएको थियो । राखेपले निष्पक्ष र वैधानिक तरिकाले निर्वाचन नभएको भन्दै रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो । क्यानको निपष्क्ष निर्वाचन नभएको र सरकारी हस्तक्षेप रहेको भन्दै आइसीसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । आइसीस

तीनसयको झोलालाई स्कुलले लियो एक हजार !

काठमाडौंँ, वैशाख ६ गते । नयाँ शैक्षिक सत्र शुरु भएदेखि अभिभावक चर्को शुल्कको तनावमा हुन्छन् । त्यति मात्र होइन विद्यार्थी सङ्गठन, अभिभावक सङ्घ सङ्गठनले पनि चर्को शुल्कको विरोधमा विभिन्न कार्यक्रम पनि शुरु गर्छन् । तर विस्तारै यी मुद्दा त्यसै सेलाउँछन् । राष्ट्रिय जनता पार्टी नेपालका पूर्वसांसद बीपी यादवले आफ्नो छोरालाई विद्यालयले दिएको झोला देखाउँदै भन्नुहुन्छ, ‘ल यो हेर्नुस् बजारमा तीनसय रुपियाँमा पाइने झोला एक हजारमा स्कुलले किन्न बाध्य पारेको छ ।’ निजी विद्यालयले चर्को शुल्क लिन्छन् नै । त्यसबाहेक कपाल काट्नेदेखि लिएर जुत्ता, मोजासम्म । सातदोबाटोस्थित एक इन्टरनेसनल स्कुलमा आफ्ना बच्चालाई कक्षा १ मा भर्ना गराउँद ५० हजार रुपियाँ तिर्नुभएका वीरेन्द्र अधिकारीले भन्नुभयो, एकजना बच्चा पढाउन एकजनाको कमाइले नपुग्ने भयो । बच्चा भर्ना गर्न ऋण गर्नुपर्यो ।’ यस्तो पीडा शहर बजारका अधिकांश अभिभावकको रहेको छ । तर, सरकारी स्तरबाट त्यसको समाधान गर्ने उपायमा निकालेको देखिदैन । कहिले काहीँ अनुगमन गरे पनि औपचारिकता मात्र पूरा गरेको हुन्छ । आइतबार एक कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्या

डेढ किलो चरेस सहित एक वृद्ध पक्राउ

ध्ननगढी, वैशाख ५ लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय महेन्द्रनगरले एक किलो ५ सय ग्राम चरेस सहित एक ७४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । मंगलवार साँझ भीमदत्तनगरपालिका–४ बसपार्क क्षेत्रबाट बझाङ छविस पाथीभरा गाउँपालिका–४, कडेलका चन्द्रदेव जोशीलाई व्यूरोको टोलीले चरेस सहित पक्राउ गरेको हो । पक्राउ गरेका जोशीलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

अनियमित विद्युत भोल्टेजले नगरबासी हैरान

धनगढी बैशाख ५। केही दिनयता विद्युतमा भईरहेको अनियमित भोल्टेजका कारण धनगढी उपमहानगरपालिकाबासी हैरान भएका छन्। विगत ४÷५ दिनयता विद्युत भोल्टेज अनियमीत हुन थालेपछि नगरबासी हैरान भएका हुन्। अनियमित र अनियन्त्रित भोल्टेजले विद्युतीय उपकरणमा समेत क्षती पुग्न थालेपछि आगलागिको डरले स्थानीय त्रसित हुन थालेका छन्। साँझ र बिहानको समयमा कहिले डिमबत्ति त कहिले हाई भोल्टेज आउन थालेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित हुनुकासाथै व्यापार व्यवसाय समेत प्रभावि तभएको छ। उपमहानगरपालिकाको धनगढी चौराह, तारानगर, शहिदगेट, केदार टोल लगायतका क्षेत्रमा भइरहेको अनियमित र अनियन्त्रित भोल्टेजले बल्ब, टिभी, फ्रिज तथा तार सर्ट हुने समस्या निम्त्याएको भन्दै स्थानीबासी आक्रोशित समते भएका छन्। चटकपुरकी स्थानीय महिला बसन्ती आलेले हाई भोल्टेजका कारण आफ्ना घरका विद्युतीय समाग्रीमा क्षती पुगेको बताईन् । ‘मेरो घरमा बल्ब फुट्यो, छिमेकमा टिभी, फ्रिज लगायतका समानमा क्षती पुगेको छ।’ उनले भनिन्, बत्ति बाल्न नै डर लाग्छ।’ गर्मी बढ्दै गएका बेला भइरहेको अनियमित भोल्टेजले स्थानीय हैरान मात्र भएका छैनन् की आगलागी हुने जोखिम पनि उत्तीकै

मुख्यमन्त्री भट्टद्धारा छोरीलाई सामुदायिक विद्यालयमा भर्ना

धनगढी बैशाख ५। मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीलाई धनगढीको एक सामुदायिक विद्यालयमा भर्ना गरेका छन्। धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार मुख्यमन्त्री भट्टले कान्छी छोरी पुष्पा भट्टलाई भर्ना गरेका हुन्। भट्टले १४ वर्षिय पुष्पालाई कक्षा ८ मा भर्ना गरेका हुन्। छोरीलाई भर्ना गर्दै मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न आ–आफ्नो स्थानबाट लाग्न आह्वान गरे। सामुदायिक विद्यालयको गुणस्तर अभिबृद्धि गर्न सबैले आफुबाट नै सुरुवात गर्नुपर्ने आवश्यकता रहेको समेत मुख्यमन्त्री भट्टको भनाई थियो । मुख्यमन्त्री भट्टकी जेठी छोरी लक्ष्मी डोटीको केआइसिँह गाँउपालिकाको देवस्थल माध्यमिक विद्यालयमा र छोरा विकास सुजंग माावि डोटीमा अध्ययन गर्दै आएका छन्।

एचआइभी परीक्षण गर्नै मान्दैनन् सर्वसाधारण

तेह्रथुम, वैशाख ५ गते । जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे-नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन् । जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांशले एचआइभी परीक्षण गर्नु पूर्व जानकारी दिँदा परीक्षण गर्नै नमान्ने गरेका हुन् । जिल्लाभित्र ल्याब सेवा रहेको जिल्ला अस्पतालसहित वसन्तपुर र सक्रान्ति प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी परीक्षण गर्ने सुविधा छ । त्यसबाहेक हालैमात्र जिल्ला जनस्वास्थ्य कार्यालयको निर्देशनबमोजिम सबै स्वास्थ्य संस्थामा एचआइभी भए/नभएको परीक्षण गर्न गर्न थालेपनि जिल्लाका स्वास्थ्य संस्थामा आउने बिरामीले परीक्षण गर्नै नमान्ने गरेका जिल्ला जनस्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताउनुभयो । “एचआइभी भन्ने सुन्नासाथ नकारात्मक सोच जन्मिएर होला, कसैले पनि परीक्षण गर्न मान्दैनन् ।” उहाँले भन्नुभयो, लाज, डर र त्रासका कारण परीक्षण गराउन नमान्ने गरेका होलान । ” जिल्लामा गर्भवती महिलाको भने अनिवार्य एचआइभी परीक्षण हुने गरेको छ । अन्य व्यक्तिमा भने शंका लागेमामात्र परीक्षण गर्ने गरिएको छ । कार्यालयले हालै शुरु गरेको सेवाबाट विशेषगरी गर्भ