Posts

Showing posts with the label बाम गठबन्धन

प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता

काठमाडौँ, चैत ११ गते । नेकपा (माओवादी केन्द्र)ले एमालेसँग जारी पार्टी एकीकरण प्रक्रिया छिट्टै टुङ्गयाउन प्रस्ताव गरेको छ । माओवादीको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै पार्टी एकता टुङ्गयाउन प्रस्ताव गरेको माओवादी नेता विश्वनाथ साहले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले चैत २३ देखि भारत भ्रमण गर्ने तयारी गर्नुभएकाले त्यसअघि नै पार्टी एकता घोषणा गर्न प्रस्ताव गरेको नेता साहले बताउनुभयो। यस अघि नेकपा (एमाले) र माओवादी केन्द्रबीच वैशाख १० गते पार्टी एकीकरणको घोषणा गर्ने सहमति भएको थियो । यही सहमतिका आधारमा अहिले दुवै पार्टीले एकीकरणका लागि गृहकार्य अन्तिम चरणमा समेत पुऱ्याएका छन् । एकता प्रक्रियालाई अघि बढाउन गठन गरिएका दुई कार्यदलले आ–आफ्नो प्रतिवेदन तयार गरिरहेका छन् । दुवै कार्यदलले १० दिनभित्र प्रतिवेदन दिने बताइएको छ । प्रतिवेदन आएपछि त्यसलाई अन्तिम रूप दिएर पार्टी घोषणा हुने साहले बताउनुभयो । जिम्मेवारी हेरफेर माओवादी केन्द्रले पार्टीभित्र जिम्मेवारी पनि हेरफेर पनि गरेको छ । विभिन्न प्रदेशका इन्चार्ज रहनुभएका नेताहरू मन्त्री भएपछि उहाँको ठाउँमा अर्कालाई ...

चुनाबी सभा मा प्रहरी ले गोलि चलायो- चुनाब रोक्ने षड्यन्त्र-बाम गठबन्धन

रौतहट – रौतहटको गरुडा नगरपालिका मोहमदपुर गाउँमा साँझ गोली चलेको छ । मधेसबादी दलका नेता कार्यकर्ताले प्रोजेक्टरमा स्थानिय बासिन्दालाई मेधस आन्दोलनको भिडियो देखाइरहेकै बेला प्रहरीले नियन्त्रयणमा लिन खोज्दा झडप भएको हो  । प्रहरी र स्थानिय बीच झडप हुँदा दर्जन बढि स्थानिय व्यक्ति तथा केही प्रहरी घाईते भएको बताइएको छ । उक्त क्षेत्र अहिले तनाव ग्रस्त बनेको बताइएको छ ।  घटनाको विस्तृत विवरण भने आउन बाँकी नै छ । यसै बीच रौतहट ३ का बाम गठबन्धनका उमेद्वार प्रभु साहले भने, सरकारको कमजोरी  हो ।’ चुनाव सार्ने षड्यन्त्रपूर्वक आयोजकलाई नसमाई अन्धाधुन्ध गोली चलाउनु सरकारको खोट देखिएको उनले बताए ।