Posts

Showing posts with the label दसैंका लागि ६६ करोडको खसीबोका/च्यांग्रा

दसैंका लागि ६६ करोडको खसीबोका/च्यांग्रा

Image
भाद्र १९, २०७४- दसैंका लागि उपत्यकामा करिब ६६ करोड रुपैयाँ बराबरका खसीबोका/च्यांग्रा भित्रिने भएका छन् । खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त मूल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन् । संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याइएको छ । उक्त रकमबाट २५ सय खसीबोका/च्यांग्रा (१५ सय खसीबोका र एक हजार च्यांग्रा) खरिद गरिनेछ । व्यवसायीले खसीबोका र च्यांग्रा गरी करिब ४५ हजार हाराहारीमा ल्याउने तयारी गरेका छन् । मागको आधारमा संख्या थप बढ्न सक्ने संघका अध्यक्ष दीपक थापाले बताए ।  उनका अनुसार एउटा खसीबोकाको औसत मूल्य १४ हजार रुपैयाँ पर्छ । जसअनुसार करिब ६३ करोड रुपैयाँको आयात गर्ने तयारी भएको उनले बताए । दसैंमा खसीबोकाको माग उच्च हुने भएको सोहीअनुसार ल्याउन लागेको संस्थान र संघले जनाएका छन् । ‘सरकारले कम परिमाणमा भित्र्याए पनि मुख्य उद्देश्य बजार हस्तक्षेप गर्नु हो,’ संस्थानका प्रवक्ता सापकोटाले भने । उनका अनुसार खसीबोका खरिद प्रक्रिया अघि बढाउन जिल्ला कार्यालयमा पत्राचार गरिसकिएको छ । केही साताअघि तराई क...