Posts

Showing posts with the label आक्रमण

गगन थापा माथि आक्रमण गरेको आशंकामा ४० जना पक्राउ

मंसिर १८, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभामा काठमाडौ क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेद्वार गगन थापा माथि बम आक्रमण गरेको आशंकामा प्रहरीले उपत्यका विभिन्न स्थानबाट ४० जनालाई  गिरफ्तार गरेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी रविन्द्रबहादुर धानुकले बुढानीलकण्ठ, कालिमाटी र बालाजु क्षेत्रबाट उनीहरुलाइ पक्राउ गरिएको जानकारी दिए । एसएसपी धानुकले अहिले काठमाडौं उपत्यकाको चारैतिर प्रहरीले चेकिड। थालेको बताउदै तीन वटै जिल्लाका मतदानस्थलमा म्यादी, जनपद्, शसस्त्र र बाहिरी घेरामा सेनाको सुरक्षा दिइएको बताए । उनले साँझ सशस्त्र प्रहरी र नेपाली सेनाको गस्ती पनि बढाइएको र शान्ति सुरक्षाको अवस्थामा कुनै कमजोरी हुन नदिइएको पनि बताए । उहाँले सुरक्षाको अवस्था बुझ्न तपाईँ आफै साँझ बाहिर निस्केर हेर्दा थाहा भैहाल्ने बताउनुभयो । चुनावी प्रचार अभियानमा रहेका थापालाइ लक्षित गरी सोमवार अपरान्ह बुढानिलकण्ठ नगरपालिका २ चपलीको महादेव कोलोनीमा बम आक्रमण भएको थियो । सो आक्रमणमा थापा सहित उनका ११ जना सहयोगी घाइते भएका छन् । घाइतेमध्ये दुइजनाको अवस्था गंभिर छ । टाउकोमा चोट लागेका थापा ...

गगन थापा माथि बम प्रहार

मंसिर १८ - झलारीखबर, काठमाडौंमा  पूर्वस्वास्थ्यमन्त्री गगन थापा लाई लक्षित गरेर बम विस्फोट गरिएको  छ । विस्फोटमा काठमाडौं ४ का उम्मेदवार गगन थापासहित ११ जना घाइते भएका छन् । उनीहरु मध्ये चारको अवस्था गम्भीर छ ।सबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घरदैलो अभियानका क्रममा सडकमा हिडिँरहँदा विस्फोट भएको थापाले बताएका छन् ।गगन थापाले भने, “घरदैलो निर्धारित समयभन्दा ढिला सुरु भएकाले जुलुसलाई अगाडि तान्नु पर्‍यो भनेर म र एक जना साथी अगाडि बढेका थियौं, त्यसैले म बचेँ “। विस्फोट आफूलाई लक्षित गरेर नै भएको हुनसक्ने उनले बताए ।