भारत र चीनबीच तनाव
दुई पक्षले दिएका वक्तव्यबाजी चेतावनीपूर्ण र खतरनाक सुनिन्छन्। दिल्लीको एउटा अखबारले अहिले देखिएको तनाव एउटा पूर्णस्तरको द्वन्द्वमा बदलिनसक्ने चेतावनी नै दिएको छ। अर्को अखबारले त्यस्तै धारणा राख्दै लेखेको छ, "तनावका माझ चिनियाँ अडान अझै कडा बन्दै गएको छ।" बेइजिङमा चाहिँ सरकारले चलाएको सञ्चारमाध्यमले भारतलाई सन् १९६२ मा सीमा क्षेत्रमा भएको युद्धमा उसले भोगेको पराजय सम्झाउन थालेका छन्। उनीहरुले पुराना समाचार र त्यसबेलाका द्वन्द्वका तस्वीरहरु समेत छापेका छन्। ग्लोबल टाइम्स अखबार विशेष गरी आक्रामक देखिएको छ। शुरुमा उसले भारतले सडक परियोजनामा हस्तक्षेप गरेर भुटानको सार्वभौमसत्तालाई अवमूल्यन गरेको आरोप लगायो। त्यसपछि भारतले विभिन्न सीमा क्षेत्रहरुमा तनावलाई बढावा दिए उसले चीनसँग पूर्ण स्तरको मुठभेडको सामना गर्नुपर्ने चेतावनी दियो। दोक्लाम पछिल्लो तनाव मध्य जुनमा शुरु भएको हो। त्यसबेला भारतमा दोक्लाम र चीनमा दोङलाङ भनेर चिनिने पठार क्षेत्रमा चीनले सडक बनाउने प्रयास गरेकोमा भारतले विरोध गर्यो। चीन, उत्तरपूर्वी भारतीय राज्य सिक्किम र हिमालय अधिराज्य भुटानको त्रिदेशीय सीमा विन्दु नजिक प...