Posts

Showing posts with the label उत्तर कोरिया

कोरियाली विवाद: ट्रम्पद्वारा चीनको आलोचना

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियासँग चीनले व्यापार सम्बन्ध बढाइरहेको भन्दै आलोचना गरेका छन्। उत्तर कोरियाले पछिल्लोपटक फेरि क्षेप्यास्त्र परीक्षण गरेपछि ट्रम्पको त्यस्तो प्रतिक्रिया आएको हो। उक्त परीक्षणको प्रतिक्रियामा अमेरिका र दक्षिण कोरियाले संयुक्त रुपमा 'बलिस्टिक' क्षेप्यास्त्र प्रक्षेपणको अभ्यास गरेका छन्। चीन र रुसले भने दुवै पक्षलाई सैनिक शक्ति प्रदर्शन बन्द गर्न आह्वान गरेका छन् र उत्तर कोरियामा सत्ता परिवर्तन गराउने प्रयासको विरोध गर्ने बताएका छन्। रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले उत्तर कोरियाको संकटलाई बलपूर्वक समाधान गर्ने कुनै पनि कदमको रुस र चीनले विरोध गर्ने बताएका छन्। उत्तर कोरियालाई आर्थिक रुपमा एक्ल्याउने प्रयासको पनि ती दुई देशले विरोध गर्ने उनले बताएका छन् उत्तर कोरियाका थुप्रै परीक्षणमध्येको सो पछिल्लो परीक्षणले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रतिबन्धको उल्लंघन गरेको थियो। यसै हप्ता परीक्षण गरिएको सो क्षेप्यास्त्र अमेरिकाको अलास्का राज्यसम्म पुग्न सक्ने विज्ञहरुको अनुमान छ। अमेरिकाले सो विषयमा छलफल गर्नका लागि तुरुन्तै सुरक्षा परि...