Posts

Showing posts with the label राकेश चन्द

कञ्चनपुरमा विहे गर्न नमानेपछि प्रेमीद्धारा प्रेमीकामाथि निर्धात कुटपिट

कञ्चनपुर, फागुन ३०, आफूसँग बिहे गर्न नमानेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनखेतमा २४ वर्षिय युवतीमाथि उनकै प्रेमीले निर्धात कुटपिट गरेका छन । आज बिहान घरमा आएर भीमदत्त नगरपालिका–१० गड्डाचौकीका २७ वर्षिय राकेश चन्दले सोनी चन्दमाथि निर्घात कुटपिट गरेका हुन । कुटपिटबाट सोनीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । राकेशले सोनीलाई आफूसँग विवाह गर्न दबाब दिँदै आएका थिए । घरमा रहेकी आमाले छोरीमाथि कुटपिट हुँदा रोक्न खोजेपछि आमामाथि समेत कुटपिट गरिएकोे छ । घरमा आमा र छोरी मात्रै बस्ने गरेका थिए । राकेशले घरमै आएर औलाहरूले आँखा घोचेको र अनुहारमा उम्लिरहेको घ्यू समेत फालेको सोनीका आफन्तले बताएका छन् । सोनीको महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको गेटा आँखा अस्पताल रेफर गरिएको छ । सोनीमाथि कुटपिट गर्ने राकेश चन्दको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।