धनकुटामा जारी निषेधाज्ञा खुकुलो बन्दै
धनकुटा — जिल्लामा जारी तनाव अन्त्यका लागि आन्दोलनरत पक्ष र प्रशासनबीच सुक्रवार अपरान्ह भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । प्रशासनले जारी गरेको निषेधाज्ञा तथा आन्दोलनरत पक्षले गरेको आमहड्ताल लगायत समस्या समाधानका लागि अपरान्ह जिल्ला प्रशासन कार्यालयमा भएको वार्ता निष्कर्ष बिहिन भएको हो । आन्दोलनरत पक्षले बन्द हड्ताल फिर्ता लिनुपर्ने तथा प्रशासनले निषेधाज्ञा हटाउनेबारे निर्णय नहु‘दा वार्ता निचोडमा पुग्न सकेन । बन्द हड्ताल अन्त्य गर्नु पर्ने आन्दोलनरत पक्षलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । ‘आमहड्तालले नागरिकलाई सास्ती भएकोले तत्काल फिर्ता लिनु पर्छ’, उप्रेतीले भने, ‘प्रशासनले शान्ति सुरक्षा कायम गर्न लगाएको निषेधाज्ञा पनि फिर्ता लिन तयार छ ।’ निषेधाज्ञा पहिले हटाउनु पर्ने आफुहरुको अडान अघि सारिएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । यसैबीच प्रशासनले जारी गरेको निषेधाज्ञा भने शुक्रबार सॉझदेखि खुकुलो पार्दै जाने प्रमुख जिल्ला अधिकारी उप्रेतीले जानकारी दिए । अपरान्ह ५ बजेदेखि प्रहरी स्कर्टिङमा यातायात सञ्चालनमा आएको छ । निषे...