मोहनापुल–अत्तरिया ६ लेन सडकको रिटको पेसी तेस्रो पटक सर्यो
धनगढी माघ १८ गते । मोहनापुल–अत्तरिया ६ लेन सडकको बुधवार हुने भनिएको रिट निबेदनको फैसला फेरि तेस्रो पटक सरेको छ । सुरुमा पुस २६ गते हुने भनिएको फैसला सरेर माघ २ गते पुगेको थियो । यस्तै रिट काठमाण्डौंको कलंकी–त्रिपुरेश्वरको पनि परेकाले दुबै मुद्धा सँगै राख्ने आदेश दिदै फैसला माघ ८ वा ९ गते गर्ने भनिएकोमा सो मितिमा पनि बुधवारका लागि सारीएको थियो । बुधवार पनि समय अभाव भन्दै मुद्धाको पेसी सारेको सडक आयोजनाका प्रमुख मनिषकुमार शाहले जानकारी दिनुभयो । मोहनापुल–अत्तरिया सडकमा परेका संरचनाको क्षतीपुर्ती दिनुपर्ने माग गर्दै धनगढीका धना जोशी, लोकवहादुर कुँवर गंगा शाह यज्ञराज ओझा मानहवादुर चन्द जानवहादुर विष्ट कुसुमलता गैरे महेन्द्रनाथ गैरे मानवहादुर खड्का दुर्गा खड्का सुरज विक्रम श्रेष्ठ र सरफ सिंह वोहोरा गरी १३ जना घरधनीहरुले सर्वोच्चमा रिट हालेकोमा मीनकाजी श्रेष्ठले मुद्धा फिर्ता लिएसँगै १२ जना घरधनीको विषयमा बुधवार पनि फैसला हुन नसकेको हो। मुद्धाको विषयमा माघ २१ गते आईतवार वहस हुने सर्वोच्च अदालतले जनाएको छ । न्यायधीश द्वय दिपक जोशी र डवलकुमार शाहीको संयुक्त ईजलासले आजको लागि दोस्रो नम्वरमा रहे...