Posts

Showing posts with the label सिन्धुपाल्चोक

बस दुर्घटनामा तीनको मृत्यु, नौ घाइते

मेलम्ची, चैत ९ गते । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस आज दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ । आमाहेल्मो यातायातको बा३ख ४३२५ नंको बस दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको छ भने दुईजनाको सनाखत हुन बाँकी छ । बसमा सवार ३५ जनामध्ये नौजना घाइतेको काठमाडौँस्थित नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिनुभयो । (रासस)

सिन्धुपाल्चोक - महिला सशक्तीकरणका पक्षमा जनप्रतिनिधि

सिन्धुपाल्चोक – महिला सशक्तीकरणका लागि स्थानीय तहले प्रभावकारी काम गर्ने जनप्रतिनिधिहरूले प्रतिबद्घता जनाएका छन्। चौतारा–साँगाचोकगढी नगरपालिकामा आयोजित स्थानीय तहको नीतिपैरवी संवाद कार्यक्रममा बोल्दै  प्रमुख अमानसिंह तामाङले महिला अधिकार तथा सशक्तीकरणका लागि कार्यक्रम ल्याउन लागेको जानकारी दिए। उपप्रमुख जानुका पराजुलीले नगरपालिकाले स्थानीयस्तरमै महिलाका निम्ति रोजगारीमूलक कार्यक्रम ल्याउन लागेको बताइन्। महिला उत्थानका लागि समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ। वैदेशिक रोजगारीमा जान चाहने महिलाका लागि आवश्यक सूचना दिन आगामी वर्षदेखि थप कार्यक्रम ल्याउने नगरपालिकाको तयारी छ। ‘सूचना, सीप र स्रोतमा महिलाको पहुँच नहुँदा वैदेशिक रोजगारमा गएका महिला बेचबिखन, दुव्र्यवहार आदिको उच्च जोखिममा छन्। सिन्धुपाल्चोकमा भूकम्पपछि वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेको छ,’ पराजुलीले भनिन्। स्थानीय सरकारले अब बनाउने नीतिमा महिलाका आर्थिक अधिकार तथा  वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने तरिकाबारे अधिवक्ता मिलन श्रेष्ठले कार्यपत्र प्रस्तुत गरे। सहभागीले वडास्तरमै वैदेशिक र...