Posts

Showing posts with the label सभामुख

सभामुख थापाले लिए पद तथा गोपनीयताको सपथ, फागुन ६ गते उपसभामुखको निर्वाचन

धनगढी । प्रदेश नम्बर ७ मा निर्विरोध हुनु भएका सभामुख अर्जुनबहादुर थापाले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले सभामुख थापालाई सोमवार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ दिनुभयो । यसअघि सोमवार बसेको प्रदेश संसदको बैठकमा थापा निर्विरोध सभामुख चयन हुनु भएको थियो । प्रदेश सभा सदस्य दीर्घ सोडारीको समर्थन र माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टले प्रस्ताव गरेपछि जेष्ठ प्रदेश सभा सदस्य दिब्यश्वरी शाहले थापालाई सभामुख चयन भएको घोषणा गर्नुभएको थियो । सभामुखमा चयन हुन भएका थापा बझाङ ‘ख’ निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुन भएको हो । लामो समय शिक्षण पेशा, त्यसपछि विभिन्न संघसंगठनको नेतृत्व गरिसक्नु भएका थापाले अब भने संविधानले दिएको अधिकार अनुसार प्रदेश नम्बर ७ को समृद्धीका लागि खटिने बताउनुभयो । प्रदेश संसदको बैठक फागुन ६ गते उपसभामुखको निर्वाचनको मिति तोक्दै स्थगित भएको छ ।

प्रदेश ७ को पहिलो बैठक सकियो, सभामुखको चुनाव माघ २९ गते

धनगढी माघ २१ गते । प्रदेश नम्वर ७ को प्रदेशसभा बैठक आउँदो माघ २९ गते बस्ने गरी स्थगित भएको छ । आइतबार बसेको पहिलो बैठकले प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधी पनि पारित गरेको छ । बैठक प्रदेशसभाका जेष्ठ सदस्य ७४ बर्षीय दिव्यश्वरी शाहले सभामुखको हैसियतमा सञ्चालन गर्नुभएको थियो । सभामुख शाहले प्रदेश प्रमुख मोहनराज मल्लबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४ दलका एक–एक जना सांसदहरुले संबोधन गरेका थिए । प्रदेश ७ मा नेकपा एमालबाट प्रकाश वहादुर शाह, नेपाली काग्रेसबाट भरत वहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट त्रिलोचन भट्ट र राष्ट्रीय जनता पार्टीबाट मालामती रानाले पहिलो संसदलाई सम्वोधन गर्नुभएको थियो । बैठकले सभामुख र उपसभामुख नहुदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा माया भट्ट, देवराज पाठक, पुर्णा जोशी, विरमान चौधरी र कृष्ण चौधरी रहेका छन् । आइतबारकै बैठकमा सभामुखले प्रदेश ७ को प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधी पनि पास गरीएको छ । उक्त प्रस्ताव पास भएसंगै सभामुखको निर्वाचनको लागी माघ २९ गतेको म...