Posts

Showing posts with the label पञ्चेश्वर बहुउद्देश्यीय परियोजना

पञ्चेश्वरमा सहमति जुटाउन बैठक

काठमाडौँ, १० वैशाख । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आज सोमबारदेखि काठमाडौँमा शुुरु हुने भएको छ । पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई एकरुपता दिइ आयोजना अगाडि बढाउने लक्ष्यका साथ संयुक्त बैठकको आयोजना हुन लागेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल र भारतका ऊर्जा सचिवस्तरीय गभर्निङ बडी र सहसचिवस्तरीय संयुक्त कार्यदल (ज्वाइन्ट कमिटी) को बैठक आयोजना गरिएको हो । ती समितिको बैठकको तयारीस्वरुप आवश्यक छलफल भएको प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिनुभयो । प्रमुख कार्यकारी अधिकृत गुरुङका अनुसार यो गभर्निङ बडीको छैटौँ बैठक हो भने संयुक्त कमिटीको भने चौथो बैठक हो । करीब दुई वर्षपछि गभर्निङ बडीको बैठक बस्न लागेको हो । सन् २०१६ को डिसेम्बर २२ मा त्यस्तो बैठक बसेको थियो । सोमबारदेखि शुरु हुन लागेको बैठकले विशेष गरी पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदनका सम्बन्धमा देखिएको विवाद समाधानका लागि विशेष पहल गर्ने विश्वास लिइएको छ । सो ...

पञ्चेश्वर परियोजनाबारे द्वीपक्षीय छलफल

पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणका निम्ति पानीको बाँडफाँड तथा अन्य नमिलेका विवाद सल्टाउन काठमाण्डूमा शुरु भएको दुई देशका जलस्रोत विज्ञहरुको छलफलको पहिलो चरण मंगलवार सकिंदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा जारी उक्त छलफललाई निकै महत्त्वका साथ हेरिएको छ। २० वर्षअघि देउवा प्रधानमन्त्री भएकै बेला पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणबारे सम्झौता भएको थियो र यसपालिको उनको भ्रमणमा पनि उक्त एजेण्डा समावेश गरिएको बताइएको छ। साढे ६ हजार मेगावाटसम्म बिजुली उत्पादन हुन सक्ने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको बिजुली दुवै देशले आधा-आधा बाँड्ने सहमति भएपनि पानी बाँडफाँडमा भारतले धेरै भाग खोजेकोले कुरा अझै नमिलेको बताइन्छ। विवाद विवाद लम्बिंदै जाँदा सम्झौता भएको २० वर्ष नाघिसक्दा पनि सो परियोजनाको अहिलेसम्म 'डीपीआर' अर्थात् विस्तृत परियोजना प्रतिवेदन समेत तयार हुन नसकेको बताइन्छ। 'टिम् अफ् एक्स्पर्ट्स्' अर्थात् विज्ञहरुको टोली नाम दिइएको दुई देशका सचिवस्तरीय उक्त समूहले प्राविधिक विषय मिलाउन ५ वटा टोली र सैद्धान्तिक विषयमा सहमति जुटाउन छ...

पञ्चेश्वर प्रभावित क्षेत्रका भारतीय नागरिक आन्दोलित

नेपाल–भारत सीमा नदी महाकालीमा बन्न लागेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट)ले अन्याय गरेको भन्दै भारततर्फको प्रभावित क्षेत्रका नागरिक आन्दोलित भएका छन् । डिपिआरमा डुबान क्षेत्रका नागरिकको पुनस्र्थापनाबारे बेवास्ता गरिएको भन्दै भारतीय नागरिकले दुई महिनादेखि आन्दोलन गरिरहेका छन् । ०७२ सालमा बनेको डिपिआरबारे जानकारी पाएदेखि नै प्रभावित क्षेत्रका भारतीय नागरिक असन्तुष्ट थिए । वापकोस कम्पनीले तयार पारेको सो डिपिआर खारेज गर्न उनीहरूले माग गरेका छन् । प्रभावित गाउँ बौनकोट, पीपलतडा, तडिगांव, डाकुला, बलतडी, मनानीगाड, अमखोला, बसेडा, सिमु, कानडी, रज्युडा, झुलाघाट आदि क्षेत्रका स्थानीय आन्दोलनमा उत्रिएका छन् । महाकालीसँग जोडिएका भारतका तीन जिल्लाका नागरिक पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबाट प्रभावित छन् । पञ्चेश्वर उच्च बाँध तथा रुपालीगाड रि–रेगुलेटिङ बाँध आयोजनाको जम्मा लगानी नेपाली रुपैयाँ ३ सय ३६ अर्ब (४,४७५ मिलियन अमेरिकी डलर) मध्ये नेपालले नेपाली रुपैयाँ करिब १ सय २६ देखि १ सय ३० अर्ब मात्र लगानी गर्नुपर्ने हुन सक्ने परियोजनाले जनाएको छ। १० वर्ष निर्माण अवधि भए...