कानुन पनि मान्दैन ब्रम्हदेवको सिद्धनाथ मन्दिर समितिले - पूर्णगिरि माताको दर्शन गरेपछि जानैपर्ने तिर्थस्थल
महेन्द्रनगर । पूर्णागिरी यात्राको दोस्रो महत्वपूर्ण ब्रम्हदेवस्थित सिद्धनाथ मन्दिरमा प्रसाादी ठेक्कामा व्यापक अनियमितताको संकेत प्राप्त भएको छ । वार्षिक करिब २ करोडको आय हुने सो मन्दिरको व्यवस्थापन समितिले सार्वजनिक खरिद ऐनको वेवास्ता गर्दै मनोमानी गरिरहेको पाइएको छ । भीमदत्त नगरपालिका वडा नम्बर ९मा रहेको सिद्धनाथ मन्दिरको प्रसादी ठेक्का मंन्दिर संरक्षण समितिले मनपरी ठेक्का लगाउने गरेको प्रमाण समेत पाइएको छ । सार्वजनिक खरिद ऐनको व्यवस्था नाघेर समितिले बोलपत्र आव्हान गरेको छ । मन्दिर संरक्षण समितिले प्रसादी ठेक्काको बढाबढ प्रक्रियालाई प्रभावित गर्ने नियतले सूचना जारी गरी बुधबार बोलपत्र समेत खोलेको छ । हातले लेखेको सूचना मन्दिर वरपरका केही स्थानमा टाँसेर समितिले सो ठेक्का प्रक्रियामा वडा नम्बर ९ का वासिन्दा मात्रै सामेल हुन सक्ने अवस्था निर्माण गरेको छ । सार्वजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँभन्दा धेरैको बोलपत्रका लागि कम्तीमा २१ दिनको म्याद हुनु पर्ने र त्यसमा मूल्य अभिवृद्धि करमा दर्ता फर्मले मात्रै सामेल हुन पाउने भए पनि समितिले त्यसको ठीक उल्टो गरेको छ । कुनै पनि पत्रपत्रिकामा प्रका...