राजविराज, बैशाख १६- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति मोइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक नमोबुध नगरपालिका–२ फूलबारी बस्ने मोइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । काठमाडौँबाट सप्तरीको फतेपुर आउँदै गरेको बा४ख ८२४८ नम्बरको मोइक्रोबस (हायस) र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०६ जीसी ७६६६ नम्बरको भारतीय ट्रक एकापसमा ठोकिएको थियो । ठक्कर दिने ट्रकको चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको इलाका प्रकरी कार्यालय कल्याणपुरले जनाएको छ ।
श्रावण २४, २०७४ गर्भवति महिलाको शव २४घण्टा देखि अस्पतालमै, डडेलधुराको जोगवुढा अस्पतालमा चिकित्सकको लापर वाहिको कारण गर्भवती महिलाको मृत्यु भएके भन्दै मृतकका आफन्त आक्रोशित भएका छन! विरोध स्वरुप आफन्तले २४घण्टा देखि शव उठाएका छैनन्! परशुराम नगर पालिका वडा नम्बर ६ की पशुपति जोशीको प्रशुतिकी क्रममा हिजो मृत्यु भएको थियो! सुत्केरी ब्यथा लागेपछि उनलाई गत आईतबार अस्पताल भर्ना गरिएके थियो! उपचारमा सँलग्न चिकित्सकलाई कारबाहि तथा पीडित पछ््यलाई छ््तिपूर्ति उपलब्ध नगराएसम्म शव नउठाउने पीडित पक्ष्य भनाई छ! अस्पतालका डाक्टर अविरल वरकोटीले प्रसव ब्यथाका कारण बच्चा अड्किएको तथा स्वसप्रस्वास र मुटुमा जटिल समस्या देखिएपछि समस्या समाधानका लागि अस्पताल ब्यवस्थापन, चिकित्सकीय टोलि, पीडित पछ्य, नगर प्रमुख भीम वहादुर साउद र स्थानिय प्रशासन बीच छलफल भई रहेको छ!
फागुन ०८ गते । बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । जीप दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बूढीनन्दा नगरपालिका–९ का सत्य माविका शिक्षक तथा नेपाल शिक्षक महासंघका अध्यक्ष जनकबहादुर शाही, गौमुल गाउँपालिका– ६ का गोरखबहादुर रोकाया, हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का खडक रोकाया, स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगरका २५ वर्षीय कर्णबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । घाइते भएकामध्ये स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगर गाउँपालिकाका कर्णबहादुर रोकायाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वलीले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अछामको बयलपाटा रिफर गरिएको प्रह...
Comments
Post a Comment