पाँच हजार विद्यार्थीले दार्जिलिङ छाडे- गोर्खाल्याण्ड आन्दोलन

असार ११, २०७४- दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनको प्रत्यक्ष प्रभाव त्यहाँको शैक्षिक क्षेत्रमा परेको छ । अनिश्चितकालिन वन्द भएयता दश दिनमा करिव ५ हजार विद्यार्थीले दार्जिलिङ छाडिसकेका छन् ।

केही विद्यार्थीहरु अहिले पनि फर्किरहेका छन् । आन्दोलनका कारण दार्जिलिङको शैक्षिक क्षेत्र, चिया व्यापार र समग्र पर्यटन क्षेत्र अस्तव्यस्त वनेको छ । भारतीय संचार माध्यमहरुका अनुसार वन्द हड्ताल र हिंसात्मक आन्दोलनका कारण देश विदेशका विद्यार्थीहरुको दार्जिलिङ छाड्ने क्रम जारी छ । भारतीय अखवार दैनिक जागरणले हिंसात्मक आन्दोलन भएपछि त्यहाँ अध्ययनरत भारतसहित भुटान, नेपाल र थाइलेन्डका विद्यार्थीहरु घर फर्किन थालेका छन् ।

दार्जिलिङको प्रसिद्ध जेन्ट जोसेप, कालिम्पोङको कुमुदिनी होम्स, सेन्ट जजलगायत खरसाङ र मिरिक क्षेत्रका विभिन्न स्कुल र कलेजमा अध्ययनरत विद्यार्थी धमाधम पढाई छाड्दै घर फर्किएका हुन् ।

गोर्खा जनमुक्ति मोर्चाको भ्रातृ संगठन विद्यार्थी मोर्चाका अनुसार गोर्खाल्याण्ड आन्दोलनका समर्थनका लागि विद्यार्थीहरुले दार्जिलिङ छाडेका हुन् । ‘आन्दोलन सफल भएपछि फर्किने भन्दै विद्यार्थीहरुले दार्जिलिङ छाडिरहेका छन्’, विद्यार्थी मोर्चाका नेता सुनिल शर्माले भने । मोर्चाले घर फर्किने विद्यार्थी तथा अभिभावकका लागि सवारीको व्यवस्था समेत गरेको थियो ।

गोर्खाल्याण्ड आन्दोलनका कारण विद्यार्थीले पटक–पटक सास्ती भोग्दै आएका छन् । खासगरी नेपाल, भुटान र थाइलेन्डका विद्यार्थीहरुका लागि आन्दोलनले प्रत्यक्ष असर पुगेको छ । गुणस्तरीय शिक्षाका लागि दार्जिलिङ भारतमै लोकप्रिय गन्तव्य मानिन्छ  । पछिल्लो समय भने दार्जिलिङमा विद्यार्थीको आकर्षण घट्दो क्रममा रहेको बुझिन्छ । ‘आन्दोलनका कारण अभिभावकले आफ्ना नानीहरुलाई दार्जिलिङको साटो वेंगलोर जस्ता सहर पढ्न पठाइरहेका छन्’, सिलिगुडीका शिक्षक सुकराज दियाली भन्छन्, ‘अभिभावकको मनसाय के देखिन्छ भने खर्च गरेपछि आफ्ना नानीहरुले शान्तिसंग वढ्न पाउन ।’



झापाको काँकडभिट्टा र इलामको पशुपति नगर नाकावाट दैनिकजसो विद्यार्थी आउने क्रम छ । खासगरी काठमाडौं, पोखरा जस्ता सहरका विद्यार्थी दार्जिलिङमा पढ्दै आएका छन् । स्थानीय झापा ट्राभल्स एजेन्सीका अनुसार दैनिक १०/१२ जना विद्यार्थी घर फर्किरहेका छन् ।  ट्राभल्सका कर्मचारी भवानी निरौलाका अनुसार दुई दिन अघि दार्जिलिङवाट फर्किएका विद्यार्थीका कारण तीन वटा जहाज भरिएको थियो । सम्वन्धित स्कुलहरुले काँकडभिट्टा र पशुपतिनगर नाकासम्म ‘स्कर्टिङ’ गरेरै विद्यार्थीलाई ल्याइदिने गरेका छन् । ‘आन्दोलन नटुंगिएसम्म दार्जिलिङमा पठनपाठन ठप्प नै हुने देखिन्छ’, विद्यार्थी मोर्चाका शर्माले भने,‘आन्दोलन सफल भएपछि मात्रै विद्यार्थी आउने सम्भावना देखिन्छ ।’

 

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप