भिभो आईपीएलको प्रायोजक

चिनियाँ फोन निर्माण भिभोले मंगलबार इन्डियन प्रिमियर लिगको अर्को पाँच वर्षको प्रायोजन सम्झौता गरेको छ । भारतीय क्रिकेट बोर्डका अनुसार ट्वान्टी–ट्वान्टी प्रतियोगिताका लागि ३४ करोड ११ लाख डलर तिरेको हो । भिभोले प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा दुई सिजनअघि पेप्सीलाई विस्थापित गरेको थियो ।

‘आउने पाँच सिजन (सन् २०१८–२०२२) भिभो आईपीएलको मुख्य प्रायोजक हुनेछ,’ बोर्डले भनेको छ, ‘हामीले यसबीच खेल आयोजना, मैदानभित्र र बाहिर प्रचारमा सहकार्य गर्नेछौं ।’ बोर्डले थपेको छ, ‘पहिलेको तुलनामा यो अनुबन्ध ५ सय ५४ प्रतिशत वृद्धि हो ।’ भारतीय घरेलु ट्वान्टी–ट्वान्टी लिग पूरा विश्व क्रिकेटमा लोकप्रिय छ ।

Comments

Popular posts from this blog

प्रदेश ७ को मन्त्री परिषदको बैठक, निम्न चारवटा निर्णय स्वीकृत

शुक्लाफाँटा का जन प्रतिनिधि लाइ कुटपिट को आरोप

अछाममा कांग्रेस र माओवादीद्वारा मतदान प्रक्रिया खारेजीको माग