पौडी खेल्दा दुई बालकको डुबेर मृत्यु

असार १२, २०७४- पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । तानसेन नगरपालिका, ९ अम्ल्याहानमा डुबेर अमृत र अनुप कुमालको आइतबार मृत्यु भएको हो ।

विद्यँलय बन्द भएको र बाबुआमा रोपाइँमा गएको मौका पारेर उनीहरु तिनाउ खोलामा पौडी खेल्न गएका बेला डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । अमृत दमकडा मावि कक्षा ५ र अनुप रिभरभ्याली माविमा अध्ययनरत विद्यार्थी हुन् । असार १४ गते हुने स्थानीय तह निर्वाचनकालागि शुक्रबारदेखि विद्यालय बन्द छन् ।

 

 

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार