हँसिया प्रहार गरी श्रीमानको हत्या

मालिका गाउँपालिका, ५ देविस्थानको जुग्जाकी तारादेवी घर्तीले (६१) श्रीमान् खड्कबहादर घर्तीलाई (७१) हँसिया प्रहार गरी हत्या गरेकी छिन ।

प्रहरीका अनुसार बुधवार साँझ करिव ८ बजे पारिवारिक विवादमा श्रीमतिले हँसिया र खुर्पा प्रहार गरी हत्या गरेकी हुन । साँझ घर आउँदा बाबुको हत्या भएको देखेपछि छोरा उमेशले नै इलाका प्रहरी कार्यालय दरवाङ्गमा टेलिफोनगरी खवर गरेका थिए ।

मृतकको जिल्ला अस्पतालमा पोष्ट मार्टम गरिएको छ । तारादेवीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

 

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

यूएस बंगला विमानमा सवार थिए ३३ नेपाली, नामावली सहित