अमरगढीमा एमालेले जितेपछि कांग्रेसमा 'रडाको'

डडेल्धुरा । कांग्रेसको ‘गढ’ मानिने डडेल्धुराको अमरगढीमा एमालेले जित हासिल गरेपछि डडेल्धुरा सदरमुकाम बागबजारमा कांग्रेसको एक समूहले सोमबार नारा जुलुस गरी र्‍याली निकालेको छ ।

अमरगढीमा एमालेले जित्नुको अर्थ ‘अन्तर्घात’ भएको भन्दै कांग्रेसको एक पक्षले कारवाहीको माग गर्दै भीमदत्त चोकमा कोणसभा गरेको हो । ‘अन्तर्घाती’लाई कारवाही नभएसम्म पार्टी कार्यालयमा तालाबन्दी हुने अमरगढीमा मेयर पदमा पराजित भएका कांग्रेस नेता दिल्लीराज जोशीले बताए ।

अमरगढी–६ बाट सदस्यमा निर्वाचित अधिवक्ता गणेशराज भट्टले ९० प्रतिशत कांग्रेस भएको अमरगढीमा पार्टीका नेताले टिकट नपाएको आवेगमा पार्टीलाई सहयोग नगरेको आरोप लगाए । ‘९० प्रतिशत कांग्रेस भएको नगरमा एमाले कहाँबाट आयो ? यो सरासर पार्टीका नेताले गरेको अन्तर्घात हो,’ उनले भने ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

यूएस बंगला विमानमा सवार थिए ३३ नेपाली, नामावली सहित