साइबेरियन बकुल्ला महोत्तरीमा

गौशाला, असार ३० गते  । महोत्तरी जिल्लाको गौशाला नगरपालिका क्षेत्रमा अहिले साइबेरियन बकुल्ला आउन थालेका छन् ।



वर्षेनी गर्मी र वर्षायाम शुरु भएसँगै महोत्तरीको गौशालामा हुलका हुल आएका साइबेरियन चराका कारण यतिखेर गौशाला बजार र वरपरका रुख सेता भएका देखिन्छन् ।

गर्मी र वर्षायामको शुरुवात भएसँगै आउने यो चरा जाडोको शुरुवातसगै पुनः साइबेरिया नै फर्कने गरेका छन् ।

गौशाला इलाका प्रहरी कार्यालय परिसर र त्यसका वरिपरि क्षेत्रमा रहेका रुखलाई आफ्नो वासस्थानका रुपमा प्रयोग गर्ने गरेको साइबेरियन बकुल्लालाई हेर्न अहिले यहाँ मानिसको भीड लागने गरेका छन् । मानिसको भीडलाई हेर्दा यहाँ चरा महोत्सव भएजस्तै लागने गरेको छ ।

गर्मी र वर्षा्तको मौसमको सुरुवातसँगै यहाँ आउने र असोजको अन्तिम सम्ममा फर्कने गरेको प्रत्यक्षदर्शी स्थानीयवासी बताउँछन् । बकुल्लाजस्तै देखिने सेतो रङ्गका यी चरा बकुल्ला प्रजातिको भएको र यी चारा छ महिनासम्म गर्मी र वर्षा हुने स्थानमा बसाइँ सर्ने गरेका छन् । यी चराका लागि अहिले प्रजननको समय भएकाले यस स्थानमा आउने गरेको बताइएको छ ।

विगत सात वर्षदेखि यी चरा यस स्थानमा आउने गरेको भएपनि यस क्षेत्रमा भएका रुख दिनप्रतिदिन पातलिँदै गएपछि यसको बासस्थान संकटमा पर्न लागेको जनगुनासो आएपछि अहिले त्यस क्षेत्रमा वृक्षरोपण पनि शुरु गरिएको छ ।

उक्त चराको वासस्थानलाई संरक्षण गर्न सके यसले वातावरण र पर्यटन प्रवद्र्धन गर्नमा सहयोग पुग्ने विश्वास स्थानीयवासीको छ । रासस

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार