महानगरलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

असार ३०, २०७४- काठमाडौं महानगरले आर्थिक वर्ष २०७४/२०७५ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार सुरु भएको महानगरको पहिलो नगर परिषदले महानगरलाई अन्तर्राष्ट्रिय स्तरको महानगर बनाउन आवश्यक पर्ने पूर्वाधार योजनाबद्ध रूपले विकास गरिने लक्ष्य रहेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले घोषणा गरे ।

यसका लागि २३ बुँदे कार्ययोजना उनले सार्वजनिक गरे । राजधानी सहर रहेको काठमाडौं महानगरपालिकाको प्रतिष्ठा झल्कने स्वरूपको गौरव गर्न लायक केन्द्रीय कार्यालय भवन, त्यस्तै प्रकृतिका वडा कार्यालय भवन बनाउँदै तीन वर्षभित्रमा सबै वडा कार्यालय आफ्नै भवनमा सञ्चालन गर्ने योजना रहेको नीति तथा कार्यक्रममा उल्लेख छ । ‘सुन्दर र जीवन्त महानगर बनाउने परिकल्पनासहित अघि बढेका छौं,’ प्रमुख शाक्यले भने, ‘योजना बनाएर जनउपयोगी निर्णय गरेका छौं । यसलाई महानगर कार्यपालिकाले पारित गरेको छ ।’

नीति तथा योजनामा विभिन्न नारासहितको कार्यक्रम बनाइएको छ । सार्वजनिक गरिएको कार्यक्रममा सामाजिक विकास एवं समाज कल्याण हाम्रो दायित्व, सक्षम युवा, उत्कृष्ट खेलकुद, उपयुक्त रोजगारी हाम्रो जिम्मेवारी,’ जनउपयोगी शिक्षा, सक्षम नागरिक, स्वस्थ नागरिक, स्वस्थ महानगर, स्थानीय सरकार पूर्वाधार विकासको आधार, हाम्रो आवास मौलिक र सुरक्षित आवासजस्ता कार्यक्रम अघि सारिएको छ ।

‘स्वस्थ वातावरणसहितको सुन्दर काठमाडमौं महानगर’ कार्यक्रमअन्तर्गत सार्वजनिक ठाउँमा ५० वटा स्मार्ट सार्वजनिक शौचालय र ५० ठाउँमै इ–ट्वाइलेट निर्माण गरिने उल्लेख छ । सडक सफाइमा आवश्यक उपकरण ब्रुमर, जेट मेसिन तथा रूख रोप्ने र ट्रान्सप्लान्ट गर्ने उपकरण खरिद गरी सहर सफाइ र हरियालीका लागि व्यवस्था मिलाउने, खुला क्षेत्र, नदी किनार, सडक किनार, सार्वजनिक जग्गा, पर्ति जग्गा तथा नदी किनारा क्षेत्रमा वृक्षरोपण गरी ग्रिन सिटीका रूपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ ।

हचुवाका भरमा गरिने विकास निर्माणको कामलाई अन्त्य गरी महानगरको बीस वर्षे विकास योजना तयार पारिने कार्यक्रममा उल्लेख छ । यस बृहत्तर योजनामा ५ वर्षे आवधिक योजनासमेत निर्माण गरिने शाक्यले सार्वजनिक गरेको नीति कार्यक्रममा उल्लेख छ । यही योजनाको आधारमा वडादेखि केन्द्रसम्मका विकास र व्यवस्थापन कार्यहरू अगाडि बढाइने छ । यसका लागि महानगर सहरी योजना आयोग बनाइनेछ । आयोगमा सहरी विज्ञहरू सम्मिलित हुने छन् ।

 

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार