महाकालीले भत्कायो तटबन्ध

असार २३, २०७४- चार वर्षअघिको बाढीको झल्को दिने गरी उर्लिएको महाकालीले निर्माणाधीन तटबन्धको फाउन्डेसन भत्काएपछि स्थानीय त्रस्त छन् । बाढीले महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालिएको पक्की तटबन्धको वाल भत्काएर थप कटान गरिरहेको छ । 

तीन दिनयता नियमितजसो भइरहेको वर्षाले नदीको वहाव ह्वात्तै बढाएपछि बंगाबगड क्षेत्रका स्थानीय त्रासमा छन् । २०७३ कात्तिकमा भारतपट्टि सुख्खा पहिरो गएको थियो । त्यसैका कारण नदीको वहाव नेपालतर्फ मोडिँदा तटबन्धको वाल धस्सिएको प्रशासनले जनाएको छ । फाउन्डेसन नदी सतहभन्दा माथि रहेकाले बाढीले माटो बगाउँदा वाल भत्केको प्राविधिकको भनाइ छ । फेदबाट नदीले कटान गरेकै कारण १० मिटर लम्बाइ, ५ मिटर चौडा र ७ मिटर उचाइको तटबन्ध जमिनबाट छुट्टिन पुगेको छ ।

कटान सुरु गरेपछि सेना, सशस्त्र, नेपाल प्रहरी, निर्माण व्यवसायी र स्थानीय मिलेर जाली भरिरहेका छन् । डोजरमार्फत ढुंगा राख्न सुरु गरिएको छ । पक्की तटबन्ध बनिरहे पनि नदीको वहावले भत्काएपछि गुणस्तरमा प्रश्न उठेको छ । तटबन्धको जग पानीको सतहबाट एक मिटर तल राख्नुपर्ने प्रावधान पूरा गरिएको छैन

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार