अमेरिका र दक्षिण कोरियाको उत्तरलाई चेतावनी



 

उत्तर कोरियाले अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको प्रतिक्रिया स्वरुप संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेका हुन्।

एकजना अमेरिकी जर्नेलले भनेका छन्- यी दूई एकअर्काका समर्थक देशहरुले संयम रोजेका छन् तर त्यो परिस्थिति परिवर्तन हुन सक्छ।

वाशिङटन र सिओल दुवैले उत्तर कोरियाले मंगलबार गरेको परिक्षण अन्तरमहादेशीय थियो भन्ने पुष्टि गरेका छन्।

प्योङयाङले आफूसँग आणविक युद्ध छेड्न सक्ने क्षमता भएको दावी गरेको छ।

उत्तर कोरियाली राज्य सञ्चालित सञ्चार माध्यमले उनका नेता कीम जोङ उनले अमेरिकालाई व्यंग्य गरेको वाक्य उदृत गरेका छन्।

उनले भनेका छन् 'क्षेप्यास्त्र अमेरिकीहरुलाई उनिहरुको स्वतन्त्रता दिवसको उपहार हो।'

चीन र रुसले उत्तर कोरियालाई अमेरिका र दक्षिण कोरियाको अभ्यास रोक्ने कामको बदला उसका सबै हतियार सम्बद्ध कार्यक्रमहरु स्थगित गर्न आह्वान गरेका छन्।



अमेरिकाले उक्त विषयमा छलफल गर्न संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको आपतकालीन बैठक डाक्न माग गरेको छ।

पन्ध्र सदस्यीय उक्त निकायको बैठक बुधबार अबेर बस्नेछ।



Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार