नेपालले मलेसियालाई ५ विकेटले हरायो

श्रावण ९, २०७४- नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा सोमबार मलेसियालाई ५ विकेटले हराएको छ ।

सोमबार बिहान सिंगापुरको इन्डियन एसोसिएसन ग्राउन्डमा भएको खेलमा टस हारेर व्याटिङमा आएको मलेसियाले ३५.१ ओभरमा सैआ विकेट गुमाउँदै ८९ रन बनायो ।

जवाफी व्याटिङमा आएको नेपालले २२.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका तर्फबाट सन्दीप लामिछानेले ७ विकेट लिए ।

....

खेल जारी छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

....

 

नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा सोमबार मलेसियाको सामना गर्दैछ। सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालले पाँचौं खेल खेल्न लागेको हो। नेपाल ५ खेलमा ४ जित र १ पराजयसाथ डबल राउन्ड लिग प्रतियोगिताको अंक तालिकामा दोस्रो स्थानमा छ।

नेपालले मंगलबार अफगानिस्तानसँग आफ्नो अन्तिम खेल खेल्नेछ। अफगानिस्तान पहिलो चार खेलमै जित हात पारी अर्को वर्ष न्युजिल्यान्डमा हुने यू–१९ विश्वकपको नजिक पुगेको छ। बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको हारपछि नेपालको विश्वकपमा पुग्ने सम्भावना क्षीण भइसकेको छ। प्रतियोगिताको विजेताले मात्र न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ को विश्वकपमा छनोट हुन पाउने प्रावधान छ।

नेपालले प्रतियोगिताको पहिलो चरणमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो। तर नेपालले त्यसका लागि ५९ रनको लक्ष्य पूरा गर्न ५ विकेट गुमाएको थियो। सिंगापुरमा नेपालको मुख्य चिन्ता ब्याटिङमा छ। नेपालले ५ खेल खेल्दा दीपेन्द्र सिंह ऐरीले मात्र अर्धशतक बनाउन सकेका छन्। मलेसियासँगको यसअघिको यू–१९ को प्रतिस्पर्धामा नेपालले १३ मध्येको १२ खेल जितेको छ।


src: Ekantipur

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार